जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विश्वकपमा बोतलको जर्सी


तपाईलाई थाहा छ, विश्वकपमा खेलाडिहरुले कस्तो कस्तो जर्सी लगाउँछन् ? विगतमा विश्वकपले देखाईसकेको छ यो मात्र फुटबलको पर्व होइन । यसले फेसनको संसारमा पनि निकै ठुलो अर्थ बोक्छ । अब बिस्तारै हाम्रो गाउँ शहरमा पनि विश्वकपको ज्वरो पस्नेछ । अनि विश्वकपमा सहभागी आफ्ना रोजाईका मुलुकको जर्सी लगाएर हिड्नेको संख्या ह्वात्तै बढ्नेछ । तपाईलाई पक्कै पनि थाहा हुनुपर्दछ, कुन देशको जर्सी कस्तो छ ।

यो कु्रा जर्सीको रङ्गको कु्रा होइन । यसपाली ब्राजिल, नेदरल्याण्ड र पोर्चुगलका खेलाडीहरु पुराना पानीको बोतललाई पुनःप्रसोधन गरेर बनाईएको जर्सी लगाएर मैदानमा देखिनेछन् । सरदर आठ बोतलबाट बनेको यो जर्सी अरु जर्सी भन्दा १३% बढि पसिना सोस्न सक्ने बताईको छ । यसलाई बनाउँने काम गरेको छ, एसियाली मुलुक ताइवानले ।
ताइवानको यो कदमलार्ई हामीले खुलेर सर्मथन गर्ने होइन त ? बरु मिल्छ भने हाम्रो पुरानो पानीको बोतल पनि ताइवान लगिदिने हो कि ? हामीलाई ८० वटा बोतलको एउटा जर्सी दिए पनि हुन्छ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।