जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

झिङ्गा भन्केको जस्तो आवाज किन?


विश्वकपका खेलहरु हेर्ने गर्नुभएको छ भने पक्कै याद गर्नुभएको हुनुपर्छ, खेल हुँदै गर्दा झिङ्गा भन्केको जस्तो भुँSSSS आवाज आएको आयै गर्छ। कतिपय बेला त कमेन्ट्री पनि सुन्न पाइन्न। मैदानको आवाजको त कुरै छाडौँ, कमेन्टेटरको आवाजलाई समेत दबाई दिन्छ यो आवाजले। एकोहोरो भूँSSSS भूँSSSS!!!
तपाईलाई आफ्नो केबललाइन बिग्रीएको जस्तो त लागेको छैन ? यो आवाज केबलको खराबीले गर्दा सुनिएको होइन है । यो अर्कै कारणले हुन्छ । के हो त यो ? यो भुभुजेला रहेछ। एक मिटर जति लामो बाजा दक्षिण अफ्रिकामा फुटबल हुँदा फ्यानहरुले बजाउँदा रैछन्।
गत वर्ष दक्षिण अफ्रिकामा कन्फिडिरेसन कप हुँदादेखि यसको आवाज अन्तर्राष्ट्रिय दर्शकहरुले सुन्न थालेका हुन्। हामी जस्ता कयौँले भने यही विश्वकपमा यो आवाज सुनेका हौँ। टेलिभिजन प्रसारकहरुले स्टेडियमको प्राकृतिक आवाज सुन्नका लागि राखेका माइकमा भुभुजेलाको आवाज मात्र सुनेको भनी गुनासो गरेका छन्। केही खेलाडीहरुले पनि गुनासो गरेका छन्। तर फिफाका बोस सेप ब्लाटर भने स्थानीय परम्परा भन्दै यसमाथि प्रतिबन्ध लगाउनु पर्ने आवाजलाई बेवास्ता गरिरहेका छन्। तपाईँलाई कस्तो लागिरहेको छ यो आवाज ? के यसमा प्रतिबन्ध लगाउनु पर्छ जस्तो लाग्छ तपाईँलाई ?

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।