जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विश्वकप : कसले के जित्यो ?


विश्वकप फुटबलको १९ औ संस्करण आयोजना गर्न जब दक्षिण अफ्रिकालाई जिम्मेवारी दिइयो तब धेरैले फिफाको आलोचनात्मक समर्थन गरेको कुराले विश्वस्तरमा चर्चा पायो । तर विश्वकपको यो संस्करण सफलता पुर्वक सम्पन्न भएको छ । यसको जस फिफा र दक्षिण अफ्रिकालाई नदिरहन सकिदैन । एकदमै तामझाम साथ गरिएको समापन कार्यक्रममा अफ्रिकाको संस्कृती र विकाश दुबै देख्न पाइयो । तिनीहरुको संस्कृति हेरिरहदा मैले पनि मनमनमा विश्वकपको समापनको दिन मैदानमा हजारौको उपस्थितीमा सनाइ, मादल र लोकगीतका बाजा बजेको कल्पना गरिरहेथें । तपाईले पनि त हेर्नु भयो होला नी, तपाईलाई चाँही कस्तो लाग्यो ? यही विश्वकपमा निकै खेलाडीको भाग्य चम्किएको छ । यस मध्ये आधिकारिक रुपमा कसले के अवार्ड पाए त ?

विश्वकप विजेता : स्पेन
विश्वकप उपविजेता : नेदरल्याण्डस
तृतिय उपविजेता : जर्मनी
चौथो उपविजेता : उरुग्वे
पुरा थाहा पाउँन भित्र आउँनुहोस्


कसले पायो एडिडास गोल्डेन बल
स्पेनका डेभिड भिल्ला र नेदरल्याण्डसका वेस्ले स्नाइडरलाई उछिन्दै उरुग्वेका डिएगो फोर्लानले पाए यसपालीको एडिडास गोल्डेन बल ।

डिएगो फोर्लानको बारेमा थाहा पाउँन भित्र आउँनुहोस्
एडिडास गोल्डेन बुट
स्पेनका डेभिड भिल्ला र नेदरल्याण्डसका वेस्ले स्नाइडरले समान पाँच गोल गरे पनि तिन वटा सपोटिङ पासका कारण जर्मनीका थोमस मुलेरले एडिडास गोल्डेन बुट हात पारे ।

थोमस मुलेरको बारेमा थाहा पाउँन भित्र आउँनुहोस्
एडिडास गोल्डेन ग्लोभ्स्
खेल अबधीभरमा जम्मा दुइ गोल मात्र रोक्न नसकेका स्पेनका आइकेर क्यासिलासले एडिडास गोल्डेन ग्लोभ्स् पाएका छन् ।

आइकेर क्यासिलासको बारेमा थाहा पाउँन भित्र आउँनुहोस्
फिफा फेयर प्ले 
यस पटकको फिफा फेयर प्ले अवार्ड विश्वकप विजेता स्पेनले पाएको छ ।
बेस्ट योङ प्लेयर 
आफ्नो टिमलाई विश्वकपको तेस्रो उपविजेतासम्म पु¥याएका जर्मनीका थोमस मुलेरले विश्वकपको बेस्ट योङ प्लेयर अवार्ड पाएका छन् ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।