जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जर्मनी अक्टोपसले देखायो, ‘जर्मनी र स्पेनमा कस्ले जित्छ ?’



“भविष्य हेर्दै अक्टोपस (फोटो- सीएनएन)”
हात हेरेर भाग्य बताउँने कु्रामा कतिको विश्वास गर्नुहुन्छ ? ज्योतिषीमा विश्वास गर्ने र नगर्नेको वादविवाद राख्ने हो भने कछुवाको आयूले पनि त्यो प्रतियोगिताको अन्त्य थाहा पाउँन सक्दैन होला । मान्छेमा यो भाग्यवाद विश्वास र अविश्वास दुबै छ । विश्वास गर्नेहरु हदै सम्मन् विश्वास गर्छन् र, नगर्नेहरु त यो कुरा भन्दा अर्को वाहियात केहि छैन भनेर कुर्लन्छन् । तर पनि भाग्यवाद र भविष्य हेर्ने कुरा सँधै चासोको बिषय रहि आएको छ । आज हुने जर्मनी र स्पेनको खेलको पनि भविष्य हेरिएको छ । कस्ले हे¥यो भविष्य सुन्नुहुन्छ ?, समुद्रमा पाउँने अक्टोपसले यो खेलको भविष्य हेरेको छ । अचम्म त यो छ कि आज सम्मन् यसले गरेको भविष्यवाणी सबै मिलेको छ

यो भविष्यवक्ता अक्टोपसको नाम हो पाउल । यसले यस अघि सर्वियासँग हुने खेलको नतिजा पनि ठ्याक्कै मिलाएको थियो । अक्टोपसले नेपाली समय अनुसार अघि दिउँसो ३ बजेतिर गरेको भविष्यवाणी जर्मन टेलिभिजनहरुले लाइभ देखाएका थिए। अनि त्यो भविष्यवाणीले देखायो- जर्मनी हार्छ, स्पेन जित्छ।
पाउल भनेको अहिले जर्मन समुद्रमा रहेको एउटा अक्टोपस हो। यसको जन्म इंगल्यान्डमा भएको थियो। दुई देशका झण्डा भएको बाकस र खानेकुरा पानीभित्र राखेपछि अक्टोपसले कुन देशको झण्डा भएको बाकसको खानेकुरा रोजेर खान्छ, त्यही देशले खेल जित्छ भन्ने मानिँदो रहेछ।
यस पटक पाउलले भविष्यवाणी गर्नुअघि नै नक्कली फोटो इन्टरनेटमा प्रचारमा आएको थियो। तर जर्मन टेलिभिजनले प्रत्यक्ष र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत प्राथमिकता दिएर प्रसारण गरेको समाचारमा पाउलले स्पेनलाई नै रोजेको देखिएको छ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।