जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

‘पबित्र कुरान’ बाल्ने रे अमेरिकामा


फलामले फलाम काट्छ भने जस्तो होइन गल्ती । एउटा गल्तीले अघिल्लो गल्तीलाई न ढाकछोप गर्छ न बचावट नै । एउटा अतिवादलाई रोक्न भनेर अर्को अतिवाद भित्रीनु कदापि जायज मान्न सकिन्न । होला, कतिपय ठाउँमा हाम्रा मुसलमान दाजुभाईहरुले अतिवादको सहारा लिएका होलान् । तर यसको निवारण अर्को अतिवाद होइन । कारण खोजौं । बिना कारण मान्छे पशु बन्दैन । विश्वभर मुसलमान र क्रिश्चियन बिचको दुरी बढिरहेको अबश्थामा अमेरिकाको एउटा चर्चले एउटा कार्यक्रममा मुसलमानलाई पाठ सिकाउँन भन्दै मुसलमानहरुको पबित्र ग्रन्थ कुरान जलाउँने भएको छ । यो कदम मलाई चै पटक्कै मन परेको छैन । तपाईलाई कस्तो लाग्यो ? यो जायज हो त ? आफ्नो बिचार राख्नुहोस् ।

मुस्लिम धर्मलाई राक्षसहरुको धर्म भन्दै अमेरिकाको फ्लोरिडा राज्यको एउटा चर्चका धर्म गुरु टेरि जोन्सले कुरान जलाउँने भएका हुन् । उनले सेप्टेम्बर ११ को नवौ सम्झना दिवशका दिन बिहान ६ बजे देखि ९ बजे सम्म निरन्तर कुरानका हजारौ प्रति जलाउँने कार्यक्रम बनाएका हुन् । उनले सामाजिक इन्टरनेट सञ्जाल फेसबुक र ट्विटर मार्फत अरुलाई पनि यो काममा सरिक हुन आमन्त्रण गरेका छन् ।
अफगानिस्तानमा रहेका अमेरिकी सेनाका प्रमुखहरुले यो कार्यक्रमको बिरोध गर्दै सरकारलाई यो कार्यक्रममा रोक लगाउँन अनुरोध गरिसकेको छ । तथा अन्तराष्ट्रिय व्याक्तित्वहरुले पनि यसको बिरोध र समर्थन गरिरहेका छन् । तर अमेरिकी सरकार यसबारेमा मौनता साँधेर बसेको छ ।
अमेरिकी चर्चको यो कदमबाट विश्वभर धर्म बिचको सहिष्णुता हुनेमा शंका छैन । एउटा धर्मले अर्को धर्मलाई नियन्त्रण र सखाप पार्न सुरु गरेको खण्डमा विश्वमा पुनः धर्म कै लागि अर्को युद्ध नहोला भन्न सकिन्न । सबैलाई आफ्नो धर्म मान्ने छुट छ । तर यसले अरुको जीवनमा असर पार्न हुदैन । आशा छ अमेरिका जो आफुलाई संसारकै प्रजातान्त्रिक मुलुक भनेर चिनाउँछ यसले प्रजातान्त्रिक मुल्य र मान्यता भित्र रहेर कार्यहरु गर्न लगाउँने छ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।