जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अनमिनलाई पुरानै कार्यदेश


नेपाली लोकतान्त्रिक राजनीतिको एउटा ठुलो बिशेषता छ । यहाँ विवाद असंख्य छन् तिनीहरुको कुनै समाधान आज सम्म देखिएको छैन । नेपाली राजनीतिदलहरु केहि कुरामा पनि सहमती जनाउँन सक्दैनन् । एउटाले ल्याएको प्रस्ताव अर्कोले काट्नै पर्छ । एउटाले गरेको कामलाई अर्काले उल्ट्याउँनै पर्छ । यो असहमतीको दायरा फैलिएर प्रधानमन्त्रीको चुनाव रत्यौलीमा परिणत हुदैछ । तर पनि दलहरु भाका सार्ने काममा चै ठुलै सहमती गर्छन् । संबिधानसभाको भाका आधारातमा भए पनि सरि छाड्यो । भर्खरै मात्र अनमिनको म्याद थप्ने बिषयमा ठुलै बबण्डर मच्चाईयो । अन्तत सदा झै कुरा मिल्यो । अनमिनको म्याद पुरानै कार्यदेश अनुसार चार महिना थपिने भयो ।
यस अघि नै माओवादीको सहमती नै नलिएर सरकारले एक पक्षिय रुपमा सेनालाई अनमिनले छुन पनि नपाउँने भन्दै राष्ट्रसंघमा पत्र पठायो । माओवादीले पनि सरकारको बिरोधमा पत्र उहि पत्र पठायो ।
तर आज दुबै पक्ष मिलेर एउटै पत्र पठाउँने रे । जे होस् ढिलै भए पनि म्याद थप्ने कुरामा चै कुरा मिले छ है ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।