जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

“के महात्मा गान्धी ‘गे’ थिए ?”


महात्मा गान्धी सबैभन्दा बायाँ र उन्को ‘गे’ सम्वन्ध
भएको भनिएका हरमन दायाँ ।

भारतका राष्ट्रपिता मानिने महात्मा गान्धीका विषयमा अहिलेसम्म थुप्रै यौनचर्चा भैसकेका छन् । गान्धीका विषयमा हुने अधिकांश यौनचर्चामा उनी ब्रम्हचार्य हुँदाहुँदै पनि कसरी महिलामित्रसँग यौन क्रियाकलापमा सहभागी हुन्थे भन्ने उल्लेख हुने गरेका थिए । तर अहिले एक जना विदेशी पत्रकारले गान्धीको रुची महिलासँग नभई पुरुषसँग थियो भन्ने दावी गरेका छन् । उनले गान्धी ‘गे’ भएको र जातीयता विरोधी नभई पक्षधर भएको दावी पनि गरेका छन् ।

न्युयोर्क टाइम्सका पूर्वकार्यकारी सम्पादक जोसेफ लेलिवेल्डले लेखेको किताव ‘ग्रेट सोल ः महात्मा गान्धी एण्ड हिज स्ट्रगल विथ इण्डिया’मा महात्मा गान्धी ‘बाइसेक्सुल’ भएको दावी गरेका हुन् । उनले त्यो दावीलाई पुष्टी गर्न थुप्रै प्रमाणहरु पनि पेश गरेका छन् ।
लेखक जोसेफका अनुसार गान्धीले बडिविल्डर तथा जर्मन यहुदी आर्किटेक्ट हरमन कैलनबाकसँग सम्वन्ध बनाएका थिए, यही सम्वन्धका कारण उनले आफ्नी श्रीमती छोडेको दावी पनि लेखकको छ ।
लेखकका अनुसार गान्धी दक्षिण अफ्रिकामा हुँदा हरमनको घरमा दुई वर्षसम्म बसेका थिए, यहीवीचनमा दुई जनावीच प्रेम सम्वन्ध विकसित भएको थियो । लेखकका अनुसार हरमन र गान्धीले एकअर्कावीच प्रतिज्ञा पनि गरेका थिए, एक अर्कालाई यति धेरै माया गर्नेछौं, त्यति माया अहिलेसम्म कसैले कसैलाई गरेको छैन । लेखकको दावी छ, गान्धीले एकपटक हरमनलाई भनेका थिए, हरमन तिमीले मेरो शरिर पुरै नियन्त्रणमा लियौ, यो गुलामी मलाई निक्कै मिठो लाग्छ ।’
पुस्तक लेखक जोसेफको दावीपछि गान्धीको व्याक्तिगत जीवन र यौनका विषयमा निक्कै गम्भीर प्रश्नहरु पनि खडा भएका छन् । पुस्तकमा लेखिएको छ, १३ वर्षको उमेरमा १४ वर्षकी कस्तुरीबाईसँग विवाह गरेका गान्धीले चार बच्चा जन्माएपछि सन् १९०८ मा किन श्रीमती छाडे ? कारण गान्धी त्यतिवेला हरमनसँग बस्न सकुन ।
जोसेफ लेख्छन्, अहिलेसम्म यो प्रष्ट हुन सकेको छैन कि, गान्धीले किन हरमन र वैसलिनको संधै याद आउँछ भनेर लेखे ? लेखकको दावी छ, गान्धी आफैले आफूलाई ‘अपर हाउस’ र हरमनलाई ‘लोअर हाउस’ भन्थे । उनले हरमनलाई वचन पनि दिएका थिए, अब म कहिल्यै पनि महिलालाई लोभी नजरले हेर्ने छैन ।
जोसेफका अनुसार पछि गान्धीले भनेका थिए, मैले कहिल्यै पनि कल्पना गर्न सक्दिन कि पुरुष र महिलावीचको यौन समागम यति धेरै फोहोरी हुन्छ भनेर । गान्धी र हरमन १९१४ मा छुट्टएिका थिए । लेखकका अनुसार १९१४ मा गान्धी भारत आए तर यतिवेला चलिरहेको पहिलो विश्वयुद्धका कारण हरमनलाई भारत आउन अनुमति मिलेन । तर पनि यी दुईवीच पत्र मार्फत सम्पर्क भैरहेको दावी भने लेखकको छ ।
पुस्तकका अनुसार सन् १९३३ मा गान्धीले हरमनलाई लेखेको एउटा पत्रमा आफ्नी पूर्वश्रीमती सबैभन्दा विषालु महिला भएको बताएका थिए । पुस्तकका अनुसार ७० वर्षको उमेरमा गान्धी नियमित रुपमा १७ सालकी भतिजी मनु तथा अरु महिलासँग सुत्ने गर्दथे । उनीहरुका वीच नाङ्गै सुत्दा पनि गान्धीले उत्तेजित नुहनका लागि प्रयास गर्दथे । एक पल्ट गान्धीले एक महिलासँग भनेका थिए, मलाई आश्चर्य लाग्छ कि मैले यति धेरै कोशिश गर्दा पनि मेरो गुप्ताङ्ग उत्तेजित भैराख्छ ।
यही कितावमा अर्को एउटा सनसनीपूर्ण खुलाशा गर्दै लेखक जोसेफ लेख्छन्, गान्धी जातीयता पक्षधर थिए । उनले दक्षिण अफ्रिकाका कालाहरुप्रति भेदभाव पनि गर्दथे । पुस्तकमा गान्धीलाई उल्लेख गर्दै लेखिएको छ, हामी काला जातीका लागि जेल गयौं तर हामीले सम्झनुपर्दथ्यो कि उनीहरु जन्मजातै असभ्य छन् ।

2 comments:

ra said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गान्दिको यो नया जानकारीले थप अध्ययन गर्न हौसला त दिन्छ तर मलाई खासै विश्वास लागेन । मैले गांदी जीको आत्मा वृतान्तमा के पाएको छु भने उनले आफुलाई जतिनै ब्रम्हचारि हु र शाहाकारी हु भने पनि उनको कुरा मा उनि आफै कहिउ ठाउमा चुकेका छन् र उनि केटा संग भन्दा पनि केटिहरु संग नै धेरै नजिक भएको पाइन्छ त्यसको लागि उनको बेलायत र अफ्रिका बसेताका का प्रसङ्ग पढे मात्र पनि थाहा हुन्छ । यो समानता मैले नेपालका बि पी कोइरालामा पनि पाएको छु जस्तो उनले पनि आफ्नो आत्मा वृतान्तमा महिलाको प्रसङ्ग उठ्ना साथ बढो गजप कि थिइन् भने वाक्य र धेरै माया गर्थिन भन्ने कुरा पटक पटक उठाएको पाइन्छ । भनिन्छ नि चामल हेर्न बोरा खोलेर पल्टाउनु पर्दैन एक मुठी निकालेर हेरे पुग्छ कि कसो त ?

Rajib khatry said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गान्दिको यो नया जानकारीले थप अध्ययन गर्न हौसला त दिन्छ तर मलाई खासै विश्वास लागेन । मैले गांदी जीको आत्मा वृतान्तमा के पाएको छु भने उनले आफुलाई जतिनै ब्रम्हचारि हु र शाहाकारी हु भने पनि उनको कुरा मा उनि आफै कहिउ ठाउमा चुकेका छन् र उनि केटा संग भन्दा पनि केटिहरु संग नै धेरै नजिक भएको पाइन्छ त्यसको लागि उनको बेलायत र अफ्रिका बसेताका का प्रसङ्ग पढे मात्र पनि थाहा हुन्छ । यो समानता मैले नेपालका बि पी कोइरालामा पनि पाएको छु जस्तो उनले पनि आफ्नो आत्मा वृतान्तमा महिलाको प्रसङ्ग उठ्ना साथ बढो गजप कि थिइन् भने वाक्य र धेरै माया गर्थिन भन्ने कुरा पटक पटक उठाएको पाइन्छ । भनिन्छ नि चामल हेर्न बोरा खोलेर पल्टाउनु पर्दैन एक मुठी निकालेर हेरे पुग्छ कि कसो त ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।