जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

रामप्रसाद श्रेष्ठ पछि कस्तो हुने सर्वोच्च

भन्नलाई त न्यायीक निर्णयहरुमा व्याक्तिगत भावनाको स्थान पाउँदैन भनिन्छ । यसैले आँखामा पट्टि बाँधेको महिलाको मुर्तिलाई न्यायको संकेतका रुपमा मानिन्छ । तर यो सिद्धान्त आदर्श न्यायमा मात्र सिमीत रहन्छ । वास्तविकता त यो हो कि न्याय प्रणाली र न्यायीक फैसलामा व्याक्तिगत अनुभव र भावनाले प्रत्यक्ष असर देखाउँछ । अझ नेपाल जस्तो गरिब र भष्ट्राचारले गाँजेको देशमा त व्याक्तिगत चाहनामा निर्णयहरु फेरिन सक्छन् । उदाहरणका लागि चिरञ्जीवी वाग्लेको मुद्दामा बिशेष अदालतका केही न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीश रामप्रसाद श्रेष्ठले गरेको निर्णयलाई लिन सकिन्छ । अत बुझ्नु पर्ने कुरा यो हो कि जसरी सुर्यनाथ उपाध्यायको कार्यवाहीको कारण अख्तियारको उपस्थिती आमनागरिकले थाहा पाए त्यसरी नै एउटा कोशेढुगांका रुपमा सर्वोच्चको वाग्ले प्रकरणद्धारा रामप्रसाद श्रेष्ठले पहिचान बनाए । तिनै प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले उमेर हदका कारण यही बैशाख २३ देखि अवकाश लिदै छन् ।

गत बर्ष चैत्र १५ गते प्रधानन्यायाधीशमा नियुक्त भएका रामप्रसादले ६५ बर्षे उमेर हदका कारण अवकाश लिन लाग्दैछन् । उनले अब यही चैत्र २२ गते देखि मुद्दा हेर्ने छैनन् । यसैले सर्वोच्चका मुद्दामा उनको अवकाशले असर नपुगोस् भनेर उनले नयाँ प्रधानन्यायाधीशको बारेमा टुगों लगाउँन उनले सरकारलाई पत्र पठाइसकेको बताएका छन् । उनले न्याय परिषदमा न्यायाधीसविरुद्ध परेका उजुरीमा भने निर्णय गर्ने बताएका छन् । नयाँ प्रधानन्यायाधीशका लागि वरिष्ठता क्रममा न्यायाधीश खिलराज रेग्मी रहेका छन् ।

श्रेष्ठको अवकाश पछि सर्वोच्चले कस्तो उपस्थिती जनाउँने छ ? यो चासोको बिषय बनेको छ । सर्वोच्चमा हुने ढिलाई र सुस्ततालाई आममानिसले भष्ट्राचारकै उपज मानिरहेको अवश्थामा श्रेष्ठको कार्यकालमा यसमा केहि सुधार देखिएको थियो । केहि न्यायाधीश माथीको कारबाही होस् या कतिपय भष्ट्राचारका मुद्दामा लिएको फैसला यसले न्याय प्रतिको विश्वास बढाउँन मद्दत गरेको थियो । अब पनि सर्वोच्चले ति कार्यवाहीहरु कायम राखोस् हामीले चाहने त्यती हो ।

3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जो आओस् हामीलाई नामसँग कुनै सरोकार छैन । तर नयाँ प्रधानन्यायाधीशले रामप्रसाद मात्र एक्ला बृहस्पती होइनन् भनेर सिद्ध गर्ने काम चै गर्नु पर्छ । नत्र त के अर्थ र ?

रितु आचार्य said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मैले त थालेका काम नसकी जालान् भन्ने सोचेको थिइन ।

jivan baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

रामप्रसाद श्रेष्ठ नेपालका हिरा हुन् हिरा ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।