जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भान्सामा औषधी-टमाटरको नालीबेली


स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य सुधार्न मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । यदि दैनिक जीवनमा थोरै मात्र ध्यान दिन सके स्वास्थ्य निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा खर्च पनि गरिरहनु पर्दैन । हामै्र भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै नियमित रुपमा यस्ता वस्तुहरुको बारेमा छलफल गरिनेछ ।
आजको लागि छलफलको बिषय छ, टमाटर


हामीले सबै ताजा फलफुल तथा सागपातलाई पौष्टिक तत्वका रुपमा मात्र बुझ्ने गरियो भने गलत हुन जान्छ । कतिपय फलफुल तथा सागपातहरुले रोग निवारक औषधीका रुपमा पनि काम गर्ने गर्छन् । यस्तै फलफुलको वर्गमा पर्छ, टमाटर । वास्तवमा, पकाएको टमाटर काँचो टमाटर भन्दा बढि फाईदाजनक हुन्छ । तर सम्झनु पर्ने कुरा यो हो कि टमाटरलाई जुनसुकै तरिकाले खाए पनि यसको विशेषता कायमै रहने गर्छ । खाद्य विज्ञानका वैज्ञानिकहरुले टमाटरको नियमित सेवनले सबै किसिमका क्यान्सरहरु तथा मुटुका रोगहरुको सम्भावना घटाउँने तथा कतिपय अवश्थामा निदान गर्ने तथ्य पत्ता लगाएका छन् । यसको नियमित प्रयोगले छालामा चमक ल्याउँनुका साथै प्राकृतिक चमक दिन्छ ।

वैज्ञानिकहरुले पत्ता लगाए अनुसार ताजा राता फलफुलहरु लाइकोपिन ( lycopene ) को मुख्य स्रोतहरु हुन् । लाइकोपिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । यसको आपुर्ति कार्यमा अरु फलफुलको भन्दा पृथक विशेषता हुन्छ टमाटरमा । अरु राता फलफुलमा जस्तो टमाटर पाके पछि पनि यसमा लाइकोपिनको मात्रामा कमि आउँदैन । वैज्ञानिकहरुले बताए अनुसार लाइकोपिनले मानव शरिरमा संरक्षणात्मक प्रणालीमा काम गर्छ । यसको मुख्य कार्य जलनबाट बचाउँने तथा रगत जम्न नदिने हो । यसको अत्तिरिक्त टमाटरले मानव हड्डिमा पनि बिशेष रेखदेख पुर्याउँछ ।

टमाटर तथा टमाटरजन्य पदार्थहरु मानिसमा फलफुलबाट आपुर्ति हुने पदार्थ प्राप्त गर्न विकल्पका रुपमा काम गर्न सक्छ । जसले मानिसहरुमा सन्तुलित खानाको आपुर्तिमा त सहयोग गर्छ नै यसका कारण मानव स्वास्थ्य पनि राम्रो बन्छ ।



टमाटरको इतिहास

टमाटरहरु मुख्यतया इटालियन खाना र अहिले सबैजसो ठाउँमा प्रयोग हुने भए पनि यसको प्रयोग दक्षिण अमेरिकाको पश्चिमी क्षेत्रको गालापागोस टापुबाट सुरु भएको मानिन्छ । सर्वप्रथम साना आकारका टमाटरहरु प्रयोगमा ल्याईएको थियो । वास्तवमा टमाटर दक्षिण अमेरिकामा भने रोपीएको थिएन । म्याक्सिकोबाट यसलाई त्यहाँ पुर्याइएको थियो । यसलाई मेक्सिकनहरु बोटबाट सिधै खाने गर्दथे । कोलम्बसले अमेरिका पत्ता लगाए पछि मेक्सिको आएका स्पेनिस यात्रीहरुले टमाटरको खानामा प्रयोग पत्ता लगाएका हुन् । त्यस पछि यसको प्रचलन बिस्तारै युरोप भरि नै फैलिदै गयो ।

सुरुमा युरोपमा यसलाई बिषालु बिरुवा मानेर यस्को प्रयोग गरिएन । अहिले पनि कतिपय युरोपेली समुदायमा यसको पातमा अल्कालोइड्स नामक बिषालु हुन्छ भनेर यसलाई घरमा रोप्ने गर्दैनन् । तर पछि बिस्तारै टमाटरले विश्व भरी चर्चा,प्रयोग र व्यापकता पाउँदै गयो । आज संसार भरि नै प्रयोग हुने टमाटरका मुख्य उत्पादक मुलुकहरु अमेरिका, रुस, इटाली, स्पेन, चिन र टर्की हुन् ।

राम्रो टमाटर कसरी छान्ने र संग्रह गर्ने ?

एकदम गाढा रङ भएको टमाटरलाई खानका लागि उत्तम मानिन्छ । खानका लागि स्वादिलो मात्र नभएर गाढा रङका टमाटरहरुमा पौष्टिकता पनि बढि पाईन्छ । टमाटर चिल्लो तथा आकार मिलेको र चिरिएको तथा फुस्रो हुनु हुदैन । सकेसम्म प्रारागांरिक रुपमा उत्पादन भएको टमाटर स्वास्थ्यका लागि फाईदाजनक हुन्छ ।
टमाटरलाई संग्रह गर्दा सामान्य तापक्रममा सुर्यको प्रत्यक्ष किरण नपुग्ने ठाउँमा राख्नु पर्छ । यसो गर्न सके यसलाई लामो समय सुरक्षित राख्न सकिन्छ ।

यदि तपाई टमाटरलाई फ्रिजमा राख्ने गर्नु हुन्छ भने यसको प्रयोग गर्नु भन्दा आधा घण्टा पहिले बाहिर निकाल्नुहोस् । यसले टमाटरको प्राकृतिक अवश्था फर्किन मद्दत गर्छ ।

टमाटर सजिलै उपलब्ध हुने गर्छ । यसैले टमाटरको प्रयोग बढाएर मानव स्वास्थ्यमा सकारात्मक असर पुर्याउँन सकिन्छ भने किन यसको नियमित प्रयोग नगर्ने ?


यदि तपाईसँग पनि कुनै यस्तै बिषयमा जानकारी छ भने कृपया पठाउँनु होला ।


6 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी आफ्नै बारीमा भएको कुरा चिनेर त्यसको प्रयोग गर्न सक्दैनौं । गोरो छालाले त्यहीलाई औषधी भन्नु पर्छ । यो हाम्रो ठुलो दुर्दशा हो ।

roshani tamang said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice information thank you paniphoto

जीवन कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जानकारीको लागि धन्यवाद । आगामी अकंमा यसको निरन्तरता दिनु होला है ।

मीना पाण्डे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

टमाटर त औषधी नभए पनि खाईन्छ । औषधी भएर अनि सजिलै पाइए पनि नखाईने हेला गरेको फलफुलको बारेमा लेख्नु न ।

असन्तोष said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो बैगुनमा चै के गुन होला । एक पल्ट जानकारी पाइन्थ्यो कि ।

khumananda paudel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

tamatar ta nikai po phaidao raichha... ahile ta bhau pani ghateko chha...Samaimai bichar puryaunu hai sabaile....

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।