जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

धन्य मन्त्रीज्यू ! बाँचियो

-दिनानाथ श्रेष्ठ-
म सानै थिएँ । कुन चाहिँ मन्त्री हो की प्रधानमन्त्रीले हो ‘पशुपती आर्यघाटमा लाश जलाउनको लागी अत्याधुनिक उपकरणको ब्यबस्था गर्छु’ भनेर फुकेथे । ती मन्त्री की प्रधानमन्त्री दूरदर्शी रहेछन् । उनलाई २४ घन्टा मध्ये २२/२३ घन्टा लोडसेडिङ्ग हुन्छ भनेर पहिल्यै थाहा रहेछ । त्यसैले त बोले मात्र, केहि गरेनन् । ती मन्त्री/प्रधानमन्त्री शालीन रहेछन् र बचियो । कुनै सन्कि मन्त्री भैदिएको भए, फ्याट्ट उपकरण जोडिहाल्थे, अनि ? लाशहरुको लाईन यतापट्टि कोटेश्वर उतापट्टि गोङ्गबु पुग्थ्यो । “म पहिला आ’को” भनेर लाशहरुको सधैं कुस्ता कुस्ती पथ्र्यो । त्यो रुटमा बाटो खुलाउन ट्रफिकलाई सधैं हम्मे हम्मे पथ्र्यो । ढुङ्गा हान्ने, टायर बाल्ने, रेलिङ्ग भाँच्ने काममा लाशहरुबिच प्रतिस्पर्धा हुन्थ्यो । टेलिभिजन च्यानलहरुले ‘लाईभ’ प्रशारण गर्थे, एफ एमहरुले घन्टै पिच्छे झडपको बारेमा फुकिरहन्थे, पत्रीकाहरुले हेडलाईन लेख्थे, “फलाना फलाना पार्टीका ‘लाश भातृ संगठन’ बिच भएको दोहोरो झडपका कारण कोटेश्वर देखी गोङ्गबु सम्मको क्षेत्र तनाबग्रस्त ।”






अनि, क—कस्ले के के गर्थे ?
-दलीत, जनजाती, महिला, उत्पिडीत, सिमान्तकृत वर्गको लाश जलाउन आरक्षण प्रदान गर्नको लागी एनेकपा ( माओबादी ) ले ‘मुक्ती’ आन्दोलन ग¥थ्यो ।

-‘खनाल पक्षको लाशलाई प्राथमिकता दिने की ओली पक्षको लाई’ भन्ने बिषयमा एमालेमा चर्को मतभेद हुन्थ्यो ।

-‘युवाहरुको लाशलाई प्राथमिकत दिनुपर्छ’ भन्ने बिषयमा काँग्रसका नेताहरुले चर्को दबाब सामना गर्नुप¥थ्यो ।
-मधेशबादी दलहरुले सरकारमा सहभागी हुनु अघी शर्त राख्थे, ‘मधेसीको लाश जलाउन प्राथमिकता दिईनुपर्छ ।’

-महिला संगठनहरुको माग हुन्थ्यो, ‘ महिला आधा आकाश भएकोले महिलाहरुको लाश जलाउन ३३५ होईन ५०५ आरक्षणको ब्यबस्था हुनुपर्छ ।’

-बिद्यार्थीहरुको माग हून्थ्यो, ‘ बिद्यार्थीको लाश जलाउनको लागी परिचय पत्रको आधरमा ५०५ शुल्क कटौती गर्नुपर्छ ।’ अनि बुढाबुढीको खल्तिमा पनि बिद्यार्थी परिचयपत्र भेटिन्थ्यो ।

-सरकारले बर्षमा १७ पटक फुक्थ्यो, ‘थर्मल प्लान्टको ब्यबस्था गरी लाशलाई यथाशिघ्र छिटो जलाउने ब्यबस्था गरिनेछ ।’

-चुनाब अघि राजनैतीक दलहरुको घोषणापत्रमा लेखिन्थ्यो, “लाशलाई दर्ता भएको मितीले एक महिना भित्रै जलाउने ब्यबस्था गरिनेछ ।”



-सबैको ध्यान लाशलाई कसरी छिटो भन्दा छिटो जलाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित हुन्थ्यो तर लोडसेडिङ्ग घटाउने बिषयमा सबै चुप ।

पाठक मित्र यो पढिसकेपछि तपाईं पनि पक्कै भन्नुहुनेछ, ‘‘धन्य मन्त्रीज्यू, केहि गरेनौ ! बचियो ।”

2 comments:

Uttam Magar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice joke. ha ha ha ha

Dhiraj Bogati said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कमेडी राम्रो लाग्यो । नेपालका मन्त्रीले पढ्नु पर्ने लेख रहेछ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।