"अब कान्तिपुरले नै छापिसकेपछि गर्नु प्रशंसा गरियो नि । साला ! मुर्गा पो भइएछ ।" चियापसलमा यस्तै गफ हुँदै थिए । उनी थिइन्, अनुजा बानियाँ । अघिल्लो दिनसम्म कतै नसुनिएको नाम भोलीपल्ट देखि यसरी सुनियो कि अब बिर्षन नै अफ्ठ्यारो छ । त्यतीखेर प्रशंसा गरे पनि अहिले ऐना हेर्दा लाज भए जस्तो लाग्न थालेको छ । हुन पनि हामी कति हतारिएका । हो/होइन मतलब छैन । सुरु गरियो भजन गाउँन । हुन त पत्रिकामा आ'को राष्ट्रपतिसम्मले भजन गा'को अनि हामी के नहतारिनु । बाटामा भेटिएको खाली कागजमा पनि झण्डै लेखियो नि, 'धन्य अनुजा' भनेर । लौ हामी त यस्तै भयौं । त्यो कान्तिपुरलाई र राष्ट्रपतिलाई के भाको । अझ अचम्म त त्यतिबेला पो लाग्यो जब
पुर्वप्रधानन्यायाधिश रामप्रसाद श्रेष्ठले पनि फोन गरेर तारिफ गरे भन्ने सुनियो । ए बाबा यी त प्रधानन्यायाधिश पो भइसकेका मान्छे हुन् त, कुरै नबुझी फोन गर्न भ्याएछन् तिनले पनि । जागिर छोडेको एक महिना भएको छैन, सबै कुरा बिर्षीए जस्तो नि ।
तेत्रो तारिफ कुकुरको कोनिकेमा नै गयो नि । अहिले पो जति सम्झ्यो, उति होइन जस्तो लाग्छ । एक दिन निस्कदा पत्रिकामा अर्कैको फोटो अनि फेरि अर्को दिन अर्कैको फोटो रै'छ । त्यै पनि थाहा पाइएन । कहिले पौडेल रे, कहिले पोखरेल रे । त्यै पनि हो कि भनियो ।
अब धेरै के कुरा गर्नु । लास्टमा त्यै हो मुर्गा भइयो गतिलै । अहिले त रिस पो उठिराखेको छ । लगेर जेलमा कोचिदिए पनि हुने । तर पुलिसलाई कसैले उजुरी दे'को छैन रे । उजुरी बिना केहि गर्न मिल्दैन हजुर भन्छन् । अपराधीलाई कारवाही गर्न पनि उजुरी चाहिने ? कही नभएका अल्छि मोराहरु ।
अब हामी बरा त सँधै मुर्गा भएकै हौ । सहेकै हौ । यो पनि सहन्छौ । ए ! राष्ट्रपतिज्यू तपाई चै हाल्नुहोस हओ उजुरी !
5 comments:
Ha Ha, hallai halla ko des ho bhanthe ho raichha.
सारै खत्तम भो नी यार
उठान गरिएको विषयवस्तु र प्रस्तुतीकरणको सरसता मन पर्यो ।
hahahah
बक्रा पनि दामी भइयो यार ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।