जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भान्सामा औषधी- अदुवाको नालीबेली

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुनस् सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।
आजको लागि छलफलको बिषय छ, अदुवा ।



अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपाल मा सल्यानको अदुवा त्यस अर्थ मा उत्कृष्ट मानिन्छ ।

मुख्यतया मसलाका रुपमा प्रयोग हुने अदुवाले मानिसमा हुने ग्यास्ट्रिकमा कमि ल्याउँदछ भने यसले ग्यास्ट्रिकका कारणले भएको जलनलाई पनि हटाउँन मद्दत गर्छ । रिसर्चबाट पत्ता लगाए अनुसार अदुवा धेरै प्रकारका उपचारक गुणहरु बोकेको हुन्छ । यसले एन्टिअक्सिडेन्ट असर देखाउँछ भने यसले मानव शरिरमा जलन पैदा गर्ने पदार्थको उत्पादन पनि रोक्छ । त्यस्तै यसमा भएको गिगोंरोलका कारण अदुवालाई पोलेको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।

गर्भवती महिलामा हुने वान्ताको समस्या हटाउँन पनि यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै गाडीमा चढ्दा वान्ता हुनेहरुले वान्ता रोक्ने औषधीको साटो यसलाई प्रयोग गर्न सक्छन् । धेरै खोकी लागेको समयमा पोलेको अदुवाले फाइदा पु¥याउँछ ।



अदुवाको नियमित प्रयोगले ढाड दुख्ने तथा कम्मर दुख्ने रोगलाई घटाउँछ । यसका अतिरिक्त अदुवाको प्रयोगले धेरै प्रकारका क्यान्सरको संक्रमणबाट जोगाउँछ । साथै यसले शरिरमा रोग प्रतिरोधक क्षमता पनि बढाउँछ ।
Photobucket
इतिहास
दक्षिणपुर्वी एसियाका आदिवासीहरुले अदुवाको सवैभन्दा पहिले प्रयोग गरेको मानिन्छ । अझ पनि यो क्षेत्रमा अदुवालाई मुख्य मसलाका रुपमा प्रयोग गरिन्छ । यसलाई प्राचिनकाल देखि नै औषधीका रुपमा पनि प्रयोग गरिदै आइएको हो । त्यसपछि प्राचिन रोममा चीनबाट यसको आयात गरिन्थ्यो । त्यसपछि क्रमश यसको युरोपमा प्रयोग बढ्दै गएको देखिन्छ । यसका प्रमुख निर्यातकर्ता एसियाली मुलुक नै हुन् । नेपाल अदुवाको चौथो ठुलो उत्पादक हो ।

अदुवामा हुने पौष्टिक तत्वको बारेमा थप थाहा पाउँनुहोस्

अदुवाको मिठो परिकारहरु यसरी बनाइन्छ । क्लिक गर्नुहोस्

2 comments:

Rohit Sapkota said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

informatic

sarika limboo said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice article. It is useful.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।