जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सापेक्षिक प्रेम

-शुभद्रा दहाल-
उ गरिब थियो । यसैले उ सबैको हेलाको पात्र थियो । क्याम्पसमा पनि उसका अति कम साथी थिए । उसँग न राम्रा लुगा नै थिए न त अरु कुनै आकर्षक विशेषता नै । उसँग थियो त केवल मिहिनेती पढाई । त्यसकै कारण उ छात्रवृतिमा पढ्दै थियो । उ परिश्रम गर्न कति पनि धक मान्दैन थियो । तर पनि उसले मनमा एउटी युवतीलाई सजाउँन थाल्छ । उसको पनि त मन नै हो आखिर । उसलाई पनि ति युवतीको सामिप्यता पाउँन मन लाग्छ । उसले आफ्नो भावी पत्नी तिनै युवतीमा देख्छ । कुनै मौका पारेर एक दिन उसले एउटा पत्र मार्फत आफ्नो मन खोलीदिन्छ, ति युवतीको सामुन्नेमा ।

तर उसको प्रेम प्रस्ताव स्विकार गर्ने साहस कुन युवतीमा होला र ? आधुनिक समाजमा प्रतिष्ठा पाउँने उसँग कुनै साधन थिएन । उसको प्रेमप्रस्ताव लत्तिनु थियो, लत्तियो । यस्तैमा परिक्षा सकिए पछि सबै आफ्नो आफ्नो बाटो लाग्छन् । उ पनि त्यस्तै कुनै लहरमा मिसिएर हराउँछ ।
केहि बर्ष पछि उ सोही ठाउँमा देखा पर्छ । तर उसको परिचय फेरिएर उ अरु नै केहि भइसकेको हुन्छ । उ रोगीको जीवनदाता डक्टर भएको हुन्छ । यस्तैमा एकदिन तिनै युवतीसँग भेट हुन्छ । त्यसपछि युवतीले अरु नियमित भेटहरुलाई अगाडी बढाउँछे । र, एकदिन प्रेमपत्र उसको हातमा थमाईदिन्छे ।
दिन बद्लिएको उसले महसुस गर्छ । उसको प्रेम अस्विकार भएको समयमा उ पुग्छ । आज उसैबाट प्रत्र प्राप्त हुँदा जितेको महसुस गर्छ । उ खुसी हुन्छ । आफ्नो पहिचान र व्याक्तित्वको कारण मात्र पत्र पाएको निष्कर्षमा पुग्न उसलाई बेर लाग्दैन । अनि आफ्नो फ्यालिएको पत्र सम्झिन्छ र, उसै गरेर हातको पत्र मिल्काउँछ । तिनै बिछोडिएका दुई प्रेमपत्रका लागि दुई थोपा आँशु खसाल्छ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।