जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

२०६७ सालमा जो चर्चामा रहे

सालको समाप्ती भनेको एक बर्ष सकिनु मात्र होइन र, कसैको आयु घट्न मात्र होइन । एक बर्षले व्यक्ति र समाजमा के परिवर्तन आयो अनि गर्न बाकी काम के रहे सबै कुराको समिक्षा गर्दछ । यसैले पानीफोटोले पनि यस्तै समिक्षा अन्तर्गत २०६७ साल भरि चर्चामा रहेका व्याक्तिहरुको नाम प्रकाशित गरेको छ । चर्चामा आउँने कतिपय पात्र स्थान र परिवेशका कारण प्यारा बनेका होलान् भने कतिपय तिरस्कृत । तर यसले कुनै न कुनै रुपमा उनीहरुको समाजमा गहिरो उपस्थिती रहेका प्रमाणित भने गर्दछ । यसैको लेखाजोखा गर्दै प्रस्तुत छ, ति व्यक्तिहरुको छोटो चर्चा जो २०६७ सालमा मिडिया र समाजमा चर्चामा रहे ।


१. प्रचण्ड
बर्ष भरि नै ने.क.पा. एमाओवादीका अध्यक्ष प्रचण्ड चर्चाको शिखरमा रहे । उनको बोली, अन्तवार्ता र व्यवहारले मिडिया र नागरिकको ध्यान खिच्न सफल भए । अझ झलनाथ खनाललाई गोप्य सहमती गराएर प्रधानमन्त्रीमा निर्वाचित गराए पछि उनी किङ्गमेकरका रुपमा देश भित्र र बाहिर चर्चाको बिषय बने । उनको यो कार्यका कारण भारत भित्र पनि एउटा तरङ्ग आएको मानिन्छ ।

२. झलनाथ खनाल
सत्ताको खेल उत्कर्षमा पुगेको यो बर्ष एमाले अध्यक्ष झलनाथ खनाल चर्चाको बिषय बनिरहे । दुईतिहाई बहुमतको राग अलाप्दै पहिले सत्तारोहण अस्विार गरेका खनालकै कारण मुलुकमा सात महिना लामो कामचलाउ सरकार अस्तित्वमा रह्यो । पछि तिनै खनालले सामान्य बहुमतको सरकारको नेतृत्व गरेर  आफ्ना आन्तरिक तथा बाह्य शत्रु र मित्रलाई चकित पारे । झापड काण्डले पनि उनको चर्चा निकै माथि पुग्यो ।


३. माधवकुमार नेपाल
आफ्नो सरकारका मन्त्रीको काण्डै काण्डले होस् या यीनको सरकारमा लिसो टासिए जस्तो टासिने व्यवहारले होस्, यीनी यो बर्ष चर्चाको कारण बनिरहे । राजिनामा दिएर पनि लामो समय सरकारको नेतृत्व गरेर नेपालले मुलुकको इतिहासमा नयाँ कीर्तिमान कायम गरे । बेला बेलामा के पी ओलीको हो हो मा हा हा मिलाउँदै गरेका भाषणबाजीले पनि नेपालको चर्चा भइरह्यो ।

४. रामचन्द्र पौडेल
सत्ताको खेलमा ऐतिहासिक जोकर बनेर चर्चामा रहे नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल । संसदमा बहुमत छैन भन्ने जान्दा जान्दा पनि नजितिने खेलमा होमिएका पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा १७ पटक हारेर नयाँ कीर्तिमान कायम गरे । उनको यही निर्णयका कारण उनलाई र कांग्रेसलाई संविधान निर्माणमा बाधा पु¥याउँन भारतको खेलमा लागेको आरोप लाग्यो ।

५. बाबुराम भट्टराई
आन्तरिक जनवादको वकालत गर्दै पार्टीका निर्णयहरुमा नोट अफ डिसेन्ट लेखेर यीनले नोट अफ डिसेन्टको लामो सुचि तयार पारे । माओवादीको महासमिती बैठकमा तथा अन्य छलफलमा सँधै आफ्नै वकालत गरेको कारणले उनी चर्चामा रहिरहे । प्रधानमन्त्रीका उम्मेद्दवारका रुपमा पार्टी भित्रबाट भन्दा बाहिरबाट बढि सिफारिस गरिएका बाबुरामलाई यसैकारण पार्टी विभाजन गराउँन लागेको भन्ने आरोप सम्म लाग्यो । बेला बेला चलचित्र हलमा पुगेर नेपाली चलचित्र हेर्ने र समिक्षा गर्ने गरेको कारण पनि उनको लोकप्रियता बढ्यो भने पार्टी नीति बाहिर गएको भनेर पार्टीमा विवाद चुलियो ।

६. सुशिल कोइराला र शेर बहादुर देउवा
१२ औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका कोइरालाले कांग्रेसमा कोइराला परिवारको साख बचाएको भनेर चर्चामा आउँन सफल भए । यसका अतिरिक्त मनोमानी ढङले सदस्यहरु निर्वाचित गरेको भनेर पनि कोइरालाको समर्थन र बिरोधमा स्वरहरु सुनिरहे । त्यही अधिवेशनमा सभापतिमा हारेका देउवा घरि माओवादीले मलाई प्रधानमन्त्री बनाउँछ रे भन्दै र घरि गिरिजाको उत्तराधिकारी बताउँदै चर्चामा रहिरहे । महाधिवेशनबाट दुई कांग्रेस एक भएको भनिए पनि देउवाको हर्कतले दुई कांग्रेस कायम रहेको छनक दिइनै रह्यो ।

७. पारस शाह र रुवेल चौधरी 
आफ्नो पुरानो छवि सुध्रिएको भनेर प्रचारबाजीका लागि राजनीतिक भाषण गरि हिडेका तथा मठ मन्दिरको उद्घाटनमा रमाउँन थालेका पुर्व युवराज पारस शाह पनि यो बर्ष चर्चामा रहे । चितवनको एक होटलमा भएको गोली काण्ड पछि उनको चर्चा एकाएक चुलियो । सुजाता कोइरालाका बंगलादेशी ज्वाई रुवेल चौधरीमाथि गोली प्रहार भए पछि शाहलाई पोखराबाट ज्वाई जस्तै गरि हेलिकप्टरमा नै भएपनि हिरासतमा लिईयो । त्यही काण्डको सिलसिलामा आएका बयान र पेशीमा समर्थक सहित पुग्ने शाहका चर्चामा रहन सके । त्यही गोली काण्डबाट चर्चामा आएका चौधरीलाई नयाँ युवराजका रुपमा पनि व्याख्या गरियो भने फेरिएको उनको बयान र उनको भिओआइपी प्रकरण तथा अन्य गैरकानुनी कामका कारण पनि उनी विवादित भइरहे ।

८. रामेश्वर खनाल र रामप्रसाद श्रेष्ठ
निजामती कर्मचारीका रुपमा अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालको राजिनामा पश्चात उनी मिडियाका हटकेक बने । राजिनामा दिएर हराएका खनालको फेसबुक स्टाटसले पनि खुबै चर्चा पायो । ठुला भनिएका मिडियाले जसरी उनको चर्चा गरे त्यो भन्दा बढि चर्चा ब्लग र वेभसाईटमा भयो । अर्थमन्त्रीसँगको विवादका कारण भनिए पनि उनको राजिनामा पछि त्यो सँगै जोडिएर विनोद चौधरी पनि चर्चामा रहे । त्यस्तै सत्तामा रहेका र सत्ता नजिक रहेका व्यक्तिहरुले गरेको भ्रष्ट्राचार अनियन्त्रित हुदै गर्दा प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ त्यसको बिरोधमा उत्रिए । श्रेष्ठले पाँच बर्ष पुरानो मुद्दाको सुनुवाई गर्ने क्रममा पुर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई अढाई बर्ष जेलसजाय एवम् २ करोड रुपैया क्षतिपुर्ति तिराउँने फैसला गरे भने खुमबहादुर खड्का, गोविन्दराज जोशी, मोतिलाल बोहोरा आदिलाई कानुनी कारवाहीमा ल्याए । यीनै प्रकरण र संवैधानिक अदालतको विपक्षमा उभ्याएर यीनले चर्चा पाईरहे ।

९. अनुराधा कोइराला र खगेन्द्र थापा मगर
अनुराधा कोइरालाले यसै बर्ष आफ्नो समाजसेवाका लागि सीएनएन हिरोको उपाधि प्राप्त गरिन् भने संसारकै होचो मानिसका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएर चर्चामा रहे खगेन्द्र थापा मगर ।

१०. देवीप्रसाद रेग्मी र अमिता कपाली
चर्चामै आउँनका लागि सुनसरीका देवीप्रसादले एमाले अध्यक्ष खनाललाई सार्वजानिक रुपमै गालामा थप्पड हाने । उनको झापड प्रतिक बन्यो र, उनी चर्चामा रहे । अझ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएर उनकै झापडका कारण प्रधानमन्त्री बनें भने पनि उनको चर्चा अझ चुलियो । दिवंगत नेता कृष्ण प्रसाद भट्टराईको निष्काम सेवा गरेकी अनिता कपालीको भट्टराईको मृत्यु पछि निकै चर्चा चल्यो । उनले यसै बर्ष भारतको देहरादुनमा पाइलट बाबाबाट महामण्डलेश्वरको उपाधी पाइन् । धार्मिक क्षेत्रमा यो सम्मानित उपाधी मानिन्छ ।

यसरी मेरो नजरमा माथिका व्यक्तिहरु चर्चामा रहे । चर्चामा रहनु भनेको सफल हुनु या महान् हुन होइन । असल या खराब दुबै कार्यका लागि चर्चा हुन्छ । र, यो महानताको मात्र चर्चा होइन ।
यसका अतिरिक्त नेपाली समाजमा भारतिय राजदुत राकेश शुद, गगन थापा, चिरञ्जिवी वाग्ले, केपी ओली आदि पनि छाइरहे ।

तपाईका नजरमा को को भए चर्चा पाउँने व्यक्ति कृपया लेख्नु होस् ।


2 comments:

jivan gurung said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

for me
1. baburam
2. anuradha koirala
3. khagendra thapa magar
and none in 4.

dikshya bk said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

no dude prachanda is no. 1.
he is nepali hero. Why dont you recognize him.
for jivan

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।