ग्लामरको दुनियाँ र मायानगरी भनेर चिनीने कला क्षेत्रका लागि चर्चा र गसिप नयाँ र अनौठा कुराहरु होइनन् । चर्चाका लागि पश्चिमी दुनियाँ र छिमेकी मुलुक भारतमै पनि जे पनि गर्न तयार हुनेहरुको सुची दिन दुइ गुणा र रात चार गुणा भइरहेको बेला पनि नेपालको मायानगरीमा भने त्यतीको हदसम्म देखिइसकेको छैन । तर पनि सेलिब्रेटीहरुको जीवनशैली नितान्त चर्चा बाहिरको भने हुने गरेको छैन । नेपाली कलाकारहरु पनि केहि न केहि कारानामाका कारण बर्ष भरि नै चर्चामा भने केहि हदसम्म रहिरहे । समाचारको सुचिमा सेलिब्रेटीहरुले पनि केहि योगदान गरिरहे । यसैले २०६७ बर्ष भरिको चर्चाका आधारमा को को बने त, न्युजमेकर सेलिब्रेटीहरु ? हेरौं २०६७ का न्युजमेकर सेलिब्रेटीहरुलाई
मनीषा कोइराला
अभिनेत्री मनीषा कोइराला यस बर्ष सेलिब्रेटी न्युजमेकरको शिखरमा रहिन् । कारण थियो, २०६७ साल असार ५ गते भएको उनको बिबाह । धेरै प्रेम विवादमा मुछिएकी मनीषाले अन्तत सबैलाई आश्चर्य पार्दै आफु भन्दा तीन बर्ष कान्छो नेपाली लाठे सम्राट दाहालसँग बिबाह गरिन् । बीपी कोइरालाकी नातिनीको बिबाह यसै पनि चर्चा त हुने नै भयो अझ न्युजिल्याण्डको हनिमुन, चर्चा अझ चुलियो । बिबाहको लगत्तै आएको डिभोर्सको हल्ला अनि केहि समय पछाडी आएको त्यसको स्पष्टिकरणले पनि उनी चर्चामा तानिइरहिन् । उनलाई थप चर्चामा ल्याउँने काम ग¥यो चलचित्र धर्मा मार्फतको फ्लप कमब्याक । होम टिभीको तीन करोडको बिजनेश डिलले पनि चर्चामा आईन् ।
करिश्मा मानन्धर
बर्ष २०६७ मा खासै केहि सफलता हाशिल गर्न नसकेकी स्टेट ब्याक नायिका करिश्मा मानन्धर सेलिब्रेटी न्युजमेकरको नम्बर २ मा रहिन् । बशमा छैन मेरो मनको एउटा गीतबाट रजतपटमा कमब्याक गरे पनि त्यसले खासै रगांएन उनलाई । बरु उनको बायाँ नितम्ब माथीको रगिंन टाटुले भने उनलाई बर्ष भरि नै चर्चामा ल्याईरह्यो । तर पनि कहिले निर्देशक बन्ने भन्दै र कहिले रेजिना उप्रेतीको फिल्ममा सस्तोमा काम गर्ने भन्दै उनी चर्चा भने रहि रहिन् ।
भुवन केसी
उनलाई सदाबहार नायक भनिन्छ । उनी यो छबिलाई कायम राख्न विभिन्न नायकिय स्टन्टहरु पनि दिइरहन्छन् । मिडियाको ध्यान उनीबाट बरालिएको उनी सहन सक्दैनन् भनिन्छ । यसबर्ष उनी चलचित्र साथी म तिम्रो निर्माण, पत्नी सुस्मितासगँको पारपाचुके आदिको कारणले पनि मिडियामा छाइरहे । तर, त्यो भन्दा पनि गजब त उनले आफ्नो छबिसँग कतै मेल नखाने एमालेमा प्रवेश गरेर सबैलाई चक्मा दिए ।
निखिल उप्रेती सञ्चिता लुइटेल
भद्र र वैचारिक छवि बनाएका निखिल उप्रेती र तुलनात्मक सोझी मानिने सञ्चिता लुइटेलको अफ स्क्रिन रोमान्सले बर्ष भरि नै चर्चा पाईरह्यो । सुरुमा मुम्बई हुँकिदा यो जोडीले बिबाह हो कि होइन भन्ने द्धिविधा कायमै राखे पनि पछि बिबाह स्विकार्न बाध्य भए । यो कार्यले उनीहरुको शिखरमा रहेको करियरलाई तल ओराले पनि उनीहरुले राम्रै चर्चा बटुले । छवि र करिअर दुवैमा धेरै मुल्य चुकाएर गरेको यो हर्कत बिबाह पनि भनिदैछ र, बर्ष दिन नपुग्दै पारपाचुकेमा पनि परिणत भइसक्यो ।
शान्ति मास्के र गोपाल भुटानी
चलचित्र सन्तानको सुटिङ गर्दा ढुगांमा छाती ठोकिएर मुटु रोगी बने पनि २५ बर्ष निरन्तर रजतपटमा रहेकी अभिनेत्री शान्ति मास्केले यो बर्ष संसार छोडिन् । उनको मृत्युसँगै उनको कलाको प्रशंसा र उनको चर्चा अकाशियो । यसै गरि निधनबाट चर्चा चुलिएका अर्का कलाकार हुन् गोपाल भुटानी । इलाममा जन्मेर चार बर्षमा भारत पुगेका भुटानीको गुरुबाट सापट लिएको भुटानी नामका कारण नै नेपाली नागरिकता पाउँन सकेनन् । उनको मृत्युसँगै उनको नेपाली नागरिक बन्ने सपनाको ठुलो चर्चा चल्यो ।
(यो लेख अन्नपुर्ण पोस्टमा प्रकाशित लेखका आधारमा तयार पारिएको हो ।)
0 comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।