जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

लादेनलाई मारेको ओबामाले लाइभ यसरी हेरे

laden and wife
द सनले आज निकालेको एनिमेटेड तस्विर
अमेरिकाका लागि लादेनको मृत्युको महत्व कति थियो भन्ने कुरा अब थप प्रस्ट हुँदै छ । संसारभरका मिडियाहरु लादेनको मृत्युको नयाँ नयाँ कोणबाट अध्ययन गरिरहेका छन् । आजै मात्र द सन् ले जनाए अनुसार ओबामाले लादेनलाई मार्न गरिएको आक्रमणको लाईभ भिडियो हेरेका थिए । लादेनलाई मार्न गएको अमेरिकी सेनाको विशेष समूहले आफ्नो टाउकोमा क्यामेरा जडान गरेका थिए, त्यही क्यामेराबाट प्रत्यक्ष प्रसारण भएको दृश्य ओबामा र उनका निकट सहयोगीहरुले हेरेका रहेछन् । यसरी हेरेका थिए ओबामा र उनका सहयोगीहरुले मृत्युको त्यो दर्दनाक दृष्य



द सनले सन्दर्भमा आधारित भएर आज निकालेको थप केहि एनिमेटेड तस्विरहरु
obama watched
ओबामा र उनका सहयोगी भिडियो हेर्दै, हिलारी त्रसित
laden killed full images
यसरी भएको थियो आक्रमण
पाकिस्तानको अब्बोत्ताबादमा १० लाख अमेरिकी डलरको लगानीमा बनेको एउटा तीन तल्ले घर थियो। निकै सुरक्षा अपनाइएको। अमेरिकी जासुसी एजेन्सी सीआइएलाई चार वर्षअघि नै त्यो घरबारे शंका लागेको थियो।
त्यो घरमा फोन र इन्टरनेटको लिङ्क छैन भन्ने थाहा पाएपछि त सीआइए झनै शंकालु बन्यो। आफू कहाँ बसेको हो स्याटेलाइटले ट्र्याक गर्छ भनेर होला बिन लादेनले यस्ता विद्युतीय सञ्चार चलाउँदैन थिए।
घरमा बस्ने बिन लादेनै हो भन्ने निधो भएपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ आक्रमण गर्ने निर्देशन दिए। सुरुमा त त्यहाँ बम खसाउने कि भन्ने कुरा भएको थियो। तर बम हान्दा बस्तीका अरु पनि मर्न सक्ने भएकोले स्थल कारबाही गर्ने निर्णय भएको रहेछ।



आक्रमणको आदेश पाएपछि चार वटा नाइटभिजन हेलिकप्टर उडे बिन लादेन बसेको घरमाथि। दुई दर्जन अमेरिकी एलिट स्पेसल फोर्सका सैनिक हेलिकप्टरको डोरीबाट घरको छतमा झरे। भिडन्त भयो। उनीहरु लादेन बसेकै कोठामा पुगे। एक अरबी भाषा जान्ने सैनिकले आत्मसमर्पण गर्न भने, तर उनले मानेनन्। उनी आफ्नी पत्‍नीको पछाडि गए, मानव ढाल बनाउने प्रयास थियो त्यो उनको। उनी थिइन् लादेनकी कान्छी स्वास्नी २७ वर्षकी यमनमा जन्मिएकी अमल अहमद अल सदाह।
एक सैनिकले प्वाइन्ट ब्ल्याङ्क रेन्जमा दुई आँखाको बीचमा गोली हाने। अर्को गोली उनको छातीमा लाग्यो।
सब दृश्य हेरिरहेका थिए ओबामाले ह्वाइट हाउसमा ती सैनिकको हेल्मेटमा भएको क्यामेराबाट। लादेन मारिएपछि ओबामाले ‘वि गट हिम’ भनेछन्।
४० मिनेटमा काम तमाम गरेर लादेनको शव लिएर उनीहरु फर्किए।
शव लादेनको प्रमाणित भएपछि ओबामाले राष्ट्रको नाममा सम्बोधन गरे।
लादेनको शवमा गह्रुँगा ब्याग बाँधियो र समुद्रमा छाडियो। अन्त्येष्टि सम्पन्न। र, लादेनलाई समाप्त गर्ने जेरोनिमो कोड नाम दिइएको अपरेसन पनि सकियो।






5 comments:

Roman Bajracharya said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

It still might be a fake. Just like The Royal massacre in Nepal, common people don’t know who was the actual killer. In the similar manner, why the body of Osama had to be destroyed so early. Whole world might have been looking forward to see his dead body, at least for the shake to believe that “Yes, he is really dead”. Here we just hear from US President about the news.What if he is just lying and truth might be something different. Osama himself is a doubtful character, as if he was a chess piece. Its after Osama that all these against terrorism war began and parallely the hunt for the oil sources. Lots of controversy. World leaders can put a curtain in front of MANGO PEOPLE(Aam Aadmi).

saroj said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुरुमा त विश्वास लागेको थिएन , यो ओबामाको चुनाब जित्ने मुद्दा हो जस्तो लागेको थियो / तर जब रिपब्लिकन पार्टीका नेताहरुले पनि ओबामा लाई बधाई दिदै हिरो भनेर संज्ञा दिए , यो साचिकै रहेछ जस्तो लाग्यो / पछी महसुस भयो, नेपाली त हु, संकालु बानी न हो, न त आफु घर बनाउन सकेको छु न त अरुले बनाएको नै देख्न /

sanjeev said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लिबियामा प्रसासक का सन्तानको हत्या गरेर गिरेको शान लाइ उचो बनाउने र संसारको ध्यान आफूतिर खिच्ने प्रपंचा हो यो
लादेन जिउदो होस् या मरेको यदि मरेकै हो भने यस भन्दा अगाडिको कुनै समयमा मरेको होला तर यसपाली ओबामाले मारेको चै खै गफ नै हो

karmath said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Saddam Hussain and now Osama Bin laden...Nobody is allowed to fight their identity with these so called democratic giants...!!

Aakash said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो फोटोमा: प्रेसिडेन्ट जस्तो मान्छे को हातमा कम्प्युटर छैन, अनि सानो कुर्सिमा कुना मा बसेको छ… कतै यो फोटो पनि फोटोसप को कमाल त होइन ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।