जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

डा. बाबुराम भट्टराई आङ कन्याएर छारो उडाउँदै


हाम्रो नेपालीमा एउटा गजबको उखान छ, आङ कन्याएर छारो उडाउँनु । माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई अहिले यही उखानको व्यवहारिक प्रयोग गर्दै छन् । भर्खरै मात्र अनुजाले तह लगाएका मेन स्ट्रिम (Main Stream) का भनिने मिडिया हाउसहरुलाई पुन: अर्को ठुलो बिषय प्राप्त भएको छ, कभर स्टोरी (Cover Story) का लागि । बाबुराम भट्टराईलाई उनकै कार्यकर्ताले मार्न लागे रे, बाबुरामको नजिकको कसैले सुनेको रे । समाचार बनिहाल्यो । पक्ष विपक्ष अन्तवार्ता सबै सुरु । पिपली लाइभको अर्को संस्करण । कुरा सत्य वा असत्य जे भएपनि रे को स्रोतलाई मुख्य समाचारको बिषय बनाउँन बाबुराम सफल भए । तर वास्तविकता यस्तो छ ।



के भएको थियो ?



घटना यस्तो भएको रे । बाबुराम पेरिस डाडा पुगेका थिए रे । माओवादीका कार्यकर्ता जनक बर्तौलाले पार्टी कार्यालयसँगै टासिएको माओवादी मजदुर संगठनको कार्यालयको छतमा बसेर बाबुराम भट्टराई तह लगाउँने कुरा गर्दै थिए रे । बाबुराम भट्टराईका शुभचिन्तकले सुनेको रे । उनीहरुले बाबुराम भट्टराईलाई तत्कालै खबर गरेको रे । अन्यथा जे पनि हुन सक्ने थियो रे । घटना यही हो । स्रोत यो भन्दा बढि पनि छैन । तर यसैलाई हावा लगाएर ठुलो मुद्दा बनाइयो । प्रवक्ता हैसियतका दिनानाथ शर्माले विज्ञप्ती निकाल्नसम्म भ्याए ।
Photobucket
प्रवक्ता दिनानाथ शर्माले निकालेको विज्ञप्ती

त्यसपछि बाबुराम भट्टराई आत्तिएर आफ्नै पार्टीका तर्फबाट गृह मन्त्री भएका कृष्ण बहादुर महरा लगायत पार्टी अध्यक्ष प्रचण्डलाई सुरक्षाका लागि हारगुहार गरे । समाचार आगो झै फैलियो या भनौं फैलाइयो । तर के ति बाबुरामलाई तह लगाउँने भन्ने माओवादीका कार्यकर्ताले बाबुराम भट्टराईलाई तह लगाउँने हैसियत राख्छन् ? सुनेको भरमा होहल्ला मच्चाउँदा बाबुरामलाई फाइदा गर्ला ?

को हुन् धम्क्याउँने भनिएका कार्यकर्ता ?
जनक बर्तौला हयात क्यासिनोमा काम गर्ने माओवादीका सामान्य कार्यकर्ता मात्र हुन् । पार्टीमा पनि उनको ठुलो सम्बन्ध देखिदैन । बाबुरामपक्षका अनुसार मार्ने कुरा गरेको पनि होइन रे । बर्तौला रे स्वयम् बाबुरामलाई फोन गरेर धम्क्याएका पनि होइनन् । तर पनि कुनै रहस्यका कारण बाबुराम यसमा घ्यु थप्ने काम भने गरिरहेका छन् ।

बाबुरामलाई असर
घटनालाई जति उचाले पनि यो एउटा सामान्य घटना मात्र हो । धम्क्याएको हो भन्ने कुनै प्रमाण पनि छैन । धम्क्याउँने व्यक्तिले माओवादीका उपाध्यक्ष बाबुरामलाई तह लगाउँने हैसियत पनि राख्दैनन् । सार्वजनिक भएको विवरण अनुसार बर्तौलाले फोनमा कसैसँग बाबुरामलाई तह लगाउँने मात्र भनेका थिए रे । तर पनि बाबुराम यति विघ्न आत्तिनुको कारण के हो ? किन यो कुरालाई उनी सार्वजनिक बहसमा ल्याउँदैछन् ।



पार्टी भित्र स्थापनाकाल देखि नै बाबुराम विवादित र पार्टी पंक्ति बाहिरबाट माओवादी भित्रका सबैभन्दा राम्रा मान्छे भनेर प्रचण्डको विकल्पमा उचालिएका नेता हुन् । उनलाई माओवादीको नेतृत्व दिदा सबै समस्या समाधान हुने विचार पोख्छन्, मुख्यतया, कांग्रेस र एमालेका नेता कार्यकर्ता । उनमा यो क्षमता छ, या यसमा कुनै रणनीति छ, यो बहसको अर्को विषय हो ।

तर अहिलेको घटनाले बाबुरामको साख पक्कै पनि बढाएन । सबैले मानेका नेताले यस्तो व्यबहार देखाउँदा उनको उचाई घट्ने निश्चित छ । पार्टी भित्र भएका साना भन्दा साना कुरालाई हल्लाका भरमा बाहिर ल्याउँदा आङ कन्याएर छारो उडाउँनु भन्दा अरु मान्न सकिदैन । यो घटना पछि उनी दयाको पात्र भन्दा बढि हासोको पात्र बन्दै गरेका कुरा इन्टरनेटका सोसियल साइटहरुमा देख्न सकिन्छ ।

शान्ति प्रक्रियाको मुख्य अंश र अहिले प्राप्त परिवर्तनको मुख्य हिस्सेदार पार्टीलाई कमजोर बनाउँने षड्यन्त्र भइरहेको अवश्थामा उनको यस्तो क्रियाकलापले ति शक्तिलाई थप बल प्रदान गर्छ । यसैले आङ कन्याएर छारो उडाउँनु भन्दा आफ्नो चेतनाको प्रयोग गरेर कुन समस्यालाई कहाँबाट समाधान गर्ने भन्ने तर्फ विचार गर्दा नै उनलाई र उनको पार्टी माओवादीलाई फाइदा पुग्छ ।


11 comments:

दमन बिष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भट्टराईसरले खोइ के गरेका हुन् । अनुजा हुन त पक्कै मन लागेको होइन होला । किनभने उनी त फेमस नै छन् । पछि मलाई पनि मदन भण्डारी झै गर्न सक्छन् भनेर अहिले नै मार्न सक्ने भन्ने हल्ला फिजाएका हुन् कि न । आखिर केपी ओली र माधवकुमार जस्ता त माओवादीमा पनि त छन् नि ।

sudip kumar neupane said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाबुरामलाई उचालेर माओवादीमा फुट् लेरौन खोज्ने तत्व अहिले मात्र होइन जनयुद्ध काल देखिनै सक्रिय थियो ,हाल आएर यो श्रिंखला हदै सम्म माथि पुगिसकेको छ ,तर बुझ्न जरुरी छ प्रचन्ड र बाबुरामको एकताले मात्र माओवादी र समग्र देशको हित गर्न सक्छ ।

sudip kumar neupane said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाबुरामलाई उचालेर माओवादीमा फुट् लेरौन खोज्ने तत्व अहिले मात्र होइन जनयुद्ध काल देखिनै सक्रिय थियो ,हाल आएर यो श्रिंखला हदै सम्म माथि पुगिसकेको छ ,तर बुझ्न जरुरी छ प्रचन्ड र बाबुरामको एकताले मात्र माओवादी र समग्र देशको हित गर्न सक्छ ।

राम विक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@दमन बिष्टके भन्न खोज्नु भएको दमन सर, मदन भण्डारीको हत्यारा पनि तोक्नु भएछ, तपाईको लेखाई मलाई चै स्वाद लाग्यो है ।

रोशनी महर्जन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धम्काएकै होला । बाबुराम राम्रा मान्छे हुन् । नेपालमा राम्रो मान्छेको भलो हुदैन ।

आकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

माओवादीलाई सिध्याउँने दाउमा छन् सबै । किन दुख गरिरहेका होलान्, यस्तै हो भने माओवादी आफै टोकाटोक गरेर सिद्धिन बेर लाउँदैनन् ।

रमीता राई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

माओवादी भनेको बाबुराम भट्टराई मात्र हो र सकिनलाई । बाबुरामले जे गरे ठिक गरेनन् । पार्टीको कुरा बाहिर फलाक्दै हिड्ने कसरी कम्युनिस्ट हुन सक्छ ।

अभिनव क्षेत्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो लेखका लागि दिपध्वनीजी लाई धन्यवाद । मैले यो तरिकाबाट त सोचेको पनि थिइन । अहिले तपाईको लेख पढे पछि बाबुरामले पक्कै पनि राम्रो गरेनन् भने जस्तो लाग्न थाल्यो । सानो कुरा त्यो पनि अरुले भनेको भरमा हल्ला गर्नु भनेको निम्नस्तरको काम हो । डा. बाबुरामलाई यस्तो काम सुहाउँदैन । पार्टी बाहिरकाले उचाल्दा उचाल्दा उनलाई आफ्नै कारणले मात्र माओवादी यहाँ आइपुगेको भने जस्तो लाग्न थाले जस्तो छ । पार्टीले उनकै कुरामात्र सुन्नु पर्ने होइन भने नोट अफ डिसेन्ट लेखिहाल्ने । उनको यही अहमताले माओवादीमा विवाद मच्चिएको हो ।

रामकला लिम्बु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पहिले अरुलाई मारे अहिले आफै माथि आउँन लागेको हो यो ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो घटना पछि उनी दयाको पात्र भन्दा बढि हासोको पात्र बन्दै गरेका कुरा इन्टरनेटका सोसियल साइटहरुमा देख्न सकिन्छ ।

mausam said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुनै रहस्यका कारण बाबुराम यसमा घ्यु थप्ने काम भने गरिरहेका छन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।