जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'अस्कल घटनामा क्रान्तिकारी संलग्न छैन', अनेरास्ववियु उपाध्यक्ष


मंगलबार काठमाण्डौंका अमृत साइन्स क्याम्पसमा सप्ताहव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागतको कार्यक्रम भइरहेको थियो । पमुख अतिथिका रुपमा थिए, एमालेका नेता प्रदिप  ज्ञवाली । कार्यक्रम भइरहदा एक्कासी विद्यार्थीहरुमा झडपको स्थिती श्रृजना भयो । प्रमुख अतिथि ज्ञवाली माथि पनि कुर्सीको आक्रमण भयो । उनलाई उनका अंगरक्षकले जोगाए । तर उनी आएको गाडीमा तोडफोड कसैले जोगाउँन सकेन । टाँठबाँठका साथ आफ्ना पक्षका विद्यार्थीलाई जितको अनुभव गराउँन आएका उनी भागेर ट्याक्सीमा चढेर फर्कन बाध्य भए ।

हतारमा वा गलत सूचनालाई आधार मानेर ठुला भनिएका मिडियाहरुले क्रान्तिकारीले अनेरास्ववियुको कार्यक्रम बिथोलेका जस्ता समाचार सम्प्रेषण गरे (तर केहि समय पछाडि सोहि दिन नै वेभसाइटबाट सो समाचार हटाइयो ।) । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सो समाचारको खण्डन गरे पनि तर एक पक्षका एमाले नेता तथा कार्यकर्ताले सो आक्रमण क्रान्तिकारीले गरेको बताइरहे ।

अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष नवीना लामाले सो घटना बारेमा जानकारी गराएकी छन् । उनको पत्र पढ्न भित्र आउँनुहोस्





मंगलबार अस्कलमा आयोजित नवआगन्तुक विद्यार्थीको स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा भएको झडपलाई  लिएर बुधबारका छापामा आएका समाचार बारे अनेरास्ववियुको जिम्मेवार नेता र त्यो घटनापछि त्यहाँ पुगेको नाताले थप स्पष्ट गर्न यो पत्र लेख्दैछु ।

केन्द्रिय कमिटिमा बिधानलाई अन्तिम रुप दिएर उक्त बिधानअनुसार कार्य विभाजन गर्ने विवाद थाती रहेको थियो । सो विवाद नटुंगिदै म आफ्नी आमाको उपचारका लागि देशबाहिर रहेको अवसर छोपेर अध्यक्ष माधव ढुंगेलले निर्णय गरेका थिए । सोही विवादको प्रभाव नै स्ववियु र अनेरास्ववियु क्याम्पस कमिटिबीच धेरै पहिले देखि जारी विवाद अहिले प्रकट भएको हो । मैले उक्त कार्यक्रम केन्द्रिय समितिको विवाद समाधान नभएसम्म स्थगित गर्न अनुरोध गरेकी थिएँ । साथै उक्त कार्यक्रममा नेता प्रदिप ज्ञवालीलाई सहभागी नबन्न पहिले नै अस्कल स्ववियु सभापति कमल बस्नेतले फोनमा जानकारी गराएका थिए । र, एमाले विद्यार्थी इन्चार्ज भानुभक्त ढकालसमेतले ज्ञवालीलाई अनुरोध गरेका थिए ।

तर, आफ्नो गुटका विद्यार्थीलाई जितेको भान पार्न हाम्रो आग्रहका बाबजुद पनि उहाँ सहभागी बन्न खोजेको कारण सो घटना भएको हो । नेता ज्ञवालीमाथि भएको व्यवहार प्रति मलाई पनि दुख लागेको छ । उक्त घटनामा घाइते भएका वीरवहादुर राउत, वसन्त शाही, कमल शाही, पुष्प मगर र ऐन महरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचारको जिम्मेवारी पार्टीले लिन माग गर्दछु । साथै उक्त घटनामा संलग्न गुण्डा र अपराधिक तत्वलाई कानुनको दायरामा ल्याउँन माग गर्दछु ।

सो घटनामा अखिल क्रान्तिकारीको संलग्नता रहेको भनिए पनि म त्यसको खण्डन गर्दछु । उक्त घटनामा अरु कुनै संगठनको संलग्नता छैन । यो घटनामा हाम्रै पार्टीमा हुर्काइएको र नेताहरुद्धारा नै संरक्षित राजनीतिक अपराध र गुण्डागर्दीको संलग्नता छ । आफु पार्टीमा गलत प्रवृति भित्र्याउँने र दोष अरुलाई थोपरेर कोही पनि स्वच्छ बन्न सक्दैन ।




यो तत्कालको घटना भन्दा पनि एमालेमा धेरै समयदेखिको निरन्तर वैचारिक र सांगठनिक विचलनको परिणाम हो । पार्टीले जनतामा विश्वास गर्ने र अनेरास्ववियुले विद्यार्थीमा विश्वास गरेर संगठनलाई लैजाने, आफ्ना नीति र कार्यक्रमले जनता र विद्यार्थीलाई प्रभावित गर्ने भन्दा पनि छलछाम, गुन्डागर्दीका भरमा राजनीति टिकाउँने चरम दक्षिणपन्थी र बाहिरी चलखेलको सहयोगमा जनता र कार्यकर्ताद्धारा बहिष्कृत वरिष्ठ र प्रभावशाली भनाइएका व्यक्तिहरु राजनीतिमा टिकिरहने चालबाजीको पटापेक्षका रुपमा लिएकी छु । पार्टीकै नेताको गुटको संरक्षणमा संगठनभित्र मौलाउँदै गएको अराजकता र गुण्डागर्दीको पछिल्लो कडी हो अस्कल घटना । साथै, यो घटना नेता सुरेन्द्र पाण्डेले केहि समयअघि पार्टीमा दर्ता गरेको अभियोगपत्रको पुस्ट्याई पनि हो । (अभियोग पत्र घटनाबारे थाहा पाउँन यहाँ क्लिक गर्नुस् ।)

गुन्डागर्दी छोडेर अब पनि राजनीतिक चरित्र देखाउँन सकिएन भने एमालेको भविष्य नै सकिने सम्भावना छ । त्यसकारण संगठनलाई बचाउँनका लागि यस्ता उच्छृंखल तत्वलाई पार्टीमा परास्त गर्न सबैलाई संगठित भएर लाग्न अनुरोध गर्दछु ।
नवीना लामा
उपाध्यक्ष
अनेरास्ववियु केन्द्रिय कमिटि


2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

काम आफु बिगार्ने अनि दोष जति अरुलाई थोपर्ने ? यो ओली प्रवृति हो । तर अहिले सबैमा यो प्रवृति व्याप्त छ ।

Rita Karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पार्टीकै नेताको गुटको संरक्षणमा संगठनभित्र मौलाउँदै गएको अराजकता र गुण्डागर्दीको पछिल्लो कडी हो अस्कल घटना । साथै, यो घटना नेता सुरेन्द्र पाण्डेले केहि समयअघि पार्टीमा दर्ता गरेको अभियोगपत्रको पुस्ट्याई पनि हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।