जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बोली नफुटेका बालकको फूलमाला सहित पार्टी प्रवेश


Photobucket
तस्विर : पर्वत पोर्तेल/कान्तिपुर

नागरिकता पाउँन, मतदान गर्न, विवाह गर्न सबै कुरालाई उमेरको हदबन्दी छ । तर कुनै पार्टीमा प्रवेश गर्न न्युनतम कति बर्षको हुनुपर्छ ? त्यसको कुनै हदबन्दी भने नेपाली राजनीतिक दलमा रहेनछ । जसले जतिबर्षको उमेरमा पार्टी प्रवेशको फूलमाला भिरे पनि भो । यसैले सकेसम्म छिटो आफ्ना कार्यकर्ताको रुपमा रिजर्भमा राख्ने चलन मौलाउँदैछ । यही क्रममा नयाँ किर्तिमान कायम गराउँदै हिजो मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले पार्टी प्रवेश गराएछन् । झापाको भद्रपुरमा आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले पाँच बर्षका बालकलाई पनि फूलमाला र अबिर लगाएर पार्टीमा प्रवेश गराएछन् । पार्टी भनेको के हो भन्ने सम्म थाहा नपाएका बालकहरुलाई पार्टी प्रवेश गराएर आगामी चुनावमा आफु सबै भन्दा ठुलो दल बन्ने गुड्डीसम्म हान्न भ्याएछन् ।




समाचार स्रोतका अनुसार लगभग डेढ सयजना पार्टी प्रवेश गरेकामा अधिकांश १६ बर्ष मुनिका थिए । पार्टी प्रवेश गर्नेमा पाँचबर्षका प्रिन्स राजबंशी सबैभन्दा साना थिए । उनी विर्तामोड निवासी हुन् । उनीसँगै पार्टी प्रवेश गरेका झापा बजारका सोह्र बर्षे ब्रम्हदेव गणेश(माथि तस्विरमा)ले पार्टी भनेको आफुलाई थाहा नभए पनि साथी र दाजुहरुले भनेपछि पार्टीमा प्रवेश गरेको बताए ।

गच्छेदार साँच्चै राजनीतिको भेउ पाएका नेता रहेछन्
नेपाली राजनीतिलाई राम्ररी चिनेका नेताका रुपमा दरिएका गच्छेदार पुर्वकांग्रेसी हुन् । कांग्रेसमा रहदा पनि उनी शक्तिशाली नेताका रुपमा चिनिन्थे । तर संविधानसभाको मुखैमा आएर मधेसी जनअधिकार फोरममा प्रवेश गरे । त्यो समयमा तराई मधेस भित्र एउटा फोरममात्र त्यहाँका जनताको ब्रान्ड बनेको थियो । यतिसम्म कि तराई मधेसका मानिसहरुलाई पनि फोरम भन्ने गरिन्थ्यो । फोरमको बढ्दो लोकप्रियता बुझेका कांग्रेसका 'दिब्यपुरुष' गिरिजाप्रसाद कोइरालाको सल्लाह बमोजिम उनी फोरम प्रवेश गरेका थिए भन्नेको जमात निकै ठुलो छ । यसैकारण कांग्रेसका हस्तिहरु नराम्ररी पछारिदा पनि उनी भने संविधानसभाका दुइटै क्षेत्रबाट मज्जाले विजयी भए । र, आफ्नो मुल पार्टीलाई आवश्यकता परेको बेला फोरम टुक्राउँन सफल भए । यो कर्मले उनी साँच्चै दाउपेच जानेका राजनीतिक खेलाडीका रुपमा झन् कहलिए ।




अहिले आगामी चुनावमा सबैभन्दा ठुलो पार्टी हुनेछौ भन्दै पाँच, दश बर्षका कार्यकर्ता जम्मा पार्न लागिरहेका छन् । साँच्चै नै अहिले कै गतिमा सहमति हुँदै जानेहो र अहिलेकै गतिमा संविधान लेखिने हो भने ति पाँच बर्षका बालक मस्त जवानीका साथ अबको चुनावमा मतदान गर्न ठिक्क हुनेछन् । यसैले गच्छेदारको यो कार्यकर्ताको जोहोलाई पनि मान्नै पर्छ ।

विजयकुमार गच्छेदार राजनीतिक भेउ पाएका, शक्तिशाली राजनीतिक खेलाडी मात्र होइनन् । उनी दुरदर्शी पनि छन् भन्ने कुरा चै यसले पुष्टि गर्छ ।


4 comments:

आकाश रिमाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मधेसका नेता हुन् । मधेसमा जन्मिने बित्तिकै बिहेको टुंगो लाग्छ ।यीनले त ढिला पो गरे छन् ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गच्छेदारको कार्यकर्ताको जोहोलाई मान्नै पर्छ ।

rabin mahato said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

its a dirty politics only.

bikram said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

chhi chhi asta pani neta hamra . jau babu padha vanera pathaunu ta kata kata ultai partyma lagaaune. gachchhedar chor

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।