जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विश्वेन्द्र पासवानहरुलाई यतिले पुग्ला र ?

लोकतन्त्र स्थापना पछि पहिलोपल्ट सभामुखले मार्सलको प्रयोग गरेका छन् । हिजो बेलुका बसेको संविधानसभाको बैठकमा पदीय आचरण विपरीत काम गरेका कारण दलित जनजातीका विश्वेन्द्र पासवान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र स्वतन्त्र सभासद सदरुल मियाँ हकलाई सात दिन निलम्बन गर्नुका साथै मार्सलद्वारा  बल प्रयोग गरी बैठक कक्षबाट बाहिर निकालिएको हो । प्रधानमन्त्रीको सम्बोधन र आफ्नो अन्तिम चेतावनीलाई समेत बेवास्ता गर्दै स्थानीय विकासमन्त्री उर्मिला अर्याललाई रोस्ट्रममा जानबाट अवरोध गरेपछि सभामुख नेम्वाङले चार सभासद्लाई तत्कालै निलम्बन गरी बैठककक्षबाट मार्सल लगाएर निकालेका थिए । तर पटक पटक पदीय आचरण बिर्सेर जुनसुकै हदमा गिर्न सक्ने उनीहरुका (खासगरि पासवानको) हर्कतहरुले पुर्णविराम पाउलान् भन्न सकिने स्थिती भने छैन ।

                     
के माग्छन् त पासवानहरु ?
दलित, मुसलमान तथा अल्पसंख्यकहरुका बारेमा संविधानमा स्पष्ट व्यावश्था हुनु पर्ने उनीहरुको माग रहेको छ । माग जायज भएको तर यसलाई अहिले पुरा गर्न नसकिने र संविधानमा ति मुद्दाहरु समेटिने भनेर सबै ठुला दलहरुले प्रतिबद्धता जनाईसकेका छन् ।
हिजोमात्र प्रधानमन्त्रीले सो बिषयमा प्रतिबद्धता जनाए पनि आफुले भने भन्दा बढि प्रतिबद्धता आएको भन्दै उनीहरुले बैठकमा होहल्ला गरेका थिए ।



पासवानका हर्कतहरु 
-चैत्र १८ गते संवैधानिक समितिको बैठकमा आफ्नो कुरा नसुनिएको भन्दै चार तला माथिबाट आफु बसेको कुर्सी फ्याकेका थिए । किन यस्तो गर्नु भएको भन्ने पत्रकारको प्रश्नमा परिआए मान्छे पनि फ्यालिदिने धम्की दिएका थिए ।
Photobucket
-त्यसपछि बिभिन्न बहाना र होहल्ला गर्दै निरन्तर बैठक अवरुद्ध गर्दै आएका थिए ।

-जेठ २ मा बसेको संवैधानिक समितिको अर्को बैठकमा सभापतिको नोट च्यात्नुको साथै निर्णय पुस्तिका पनि च्यात्न खोजेका थिए । तर निर्णय पुस्तिका नभेटे पछि आफुले लगाएको सर्ट र भित्रि गञ्जी च्यातेका थिए । बाहिर आएर पत्रकारहरुसँग आफुले दुईवटा माइक भाँचेको र टेबुल ठोकेको गर्वसाथ सुनाएका थिए ।

-जेठ २ कै बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेतालाई व्यक्तिगत आरोप लगाउँदै अपशब्द बोलि होहल्ला मच्चाएका थिए ।

-यसका साथै पटक पटक संसद बैठकमा पनि उनले होहल्ला गर्दै रोष्ट्रम घेर्ने तथा बैठक अबरुद्ध पार्ने कोशिस गरेका थिए ।
Photobucket
किन गर्छन् पासवान यस्तो हर्कत ?
उनले उठाएका मुद्दाहरु जायज भएर पनि तुरुन्त हल हुन सक्दैनन् । भावी संविधानमा उनले उठाएका मुद्दाहरुको उचित व्यवश्थापन हुनुपर्छ । यो कुरामा सबै दलहरु सहमत छन् । मौखिक रुपमा सहमत भएका कुरा नमाने पछि ति मुद्दा लगायतका कुरामा राजनैतिक दलहरु तथा स्वयम् प्रधानमन्त्रीबाट प्रतिबद्धता आइसकेको छ । तर उनी अझै टसकोमस भएका छैनन् । बरु मागे भन्दा बढि दिएको भन्दै होहल्ला मच्चाइरहेका छन् ।



दृष्यहरु नियाल्दा उनले प्रचारका लागि मात्र यी मुद्दाहरु उठाइरहेका हुन् भन्न सकिन्छ । मधेसमा हाँकी नेताका रुपमा छवि बनाउँन  उनले यी हर्कतहरु देखाइरहेका छन् । यसैले उनी नयाँ नयाँ बबण्डर मच्चाउँछन् । आफ्नो पदीय हैसियत बिर्सेर उनी जुन तहमा पनि झर्न तयार हुनुको मुख्य कारण नै तराई मधेसबाट सहानुभुति पाउँने दाउ हो ।

जे भो राम्रै भो 
सभासदहरु पदीय हैसियत बिर्सेर संसद भित्र वा बाहिर जे पनि गरिरहेको बेला सभासद पासवान लगायत माथि मार्सल प्रयोग हुनु त्यस्ता सबै सभासदहरुलाई चुनौति दिनु हो । यसले लोकतन्त्र र अनुशासनको सबैलाई पाठ सिकाउँछ । यसैले गाँठो फुकाउँनु भन्दा अझ कस्न चाहने तथा पदीय हैसियत बिर्सने सभासदहरुलाई सहि बाटो देखाउँछ कि ।


3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पासवानलाई त फाइदै छ नि पब्लिसिटी भकै छ । उनले चाहेको यति नै त हो ।

रश्मी गोले said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्ताले कसरी जित्छन् हौ चुनाव ? मलाई त हामी जनता देखेरै हासो लाग्छ । चुनावमा जितायो अनि पछि पछुतायो । जहिल्यै पो त फेरि ।

शत्रुघ्न विक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अरुले गर्दा चै केहि नहुने एउटा दलितले गर्दा चै मार्सलनै लाउँनु पर्ने ? मार्सल लाउँने भए पहिले कति यस्ता घटना भएका थिए खोइ त ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।