जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

दलहरुको राजनीतिक स्खलन


अब दिनहुँ सर्वसाधारण कुटिनु, लुटिनु र मारिनु देशमा नयाँ कुरा रहेन । फरक यति मात्र हो, पत्रकार खिलानाथ कुटिएको घटनाले चर्चा पायो । अब प्रश्न उठ्नु स्वभाविक छ, राज्यको एउटा प्रमुख व्यापारिक शहर बिराटनगरमा गुण्डाराज गरेर करोडौंको सम्पती थुपारेका पर्शुरामबारे यसअगाडि सञ्चारमाध्यम मौन रहे । खुलेआम जनता ठग्ने यस्तासँग राष्ट्रियस्तरका सञ्चारमाध्यम किन बेखबर रहे ? पर्शुराम अहिलेको पर्शुराम बनुञ्जेल भुमिगत थिएनन् होला । उनी त त्यहाँका सक्रिय नेता थिए ।

लोकतन्त्रका कुरा गरेर नथाक्ने, प्रेस स्वतन्त्रताका हिमायति ठानिने, प्रखर वक्ता, प्रभावशाली नेता केपी ओली भन्छन्, महेश बस्नेतले बहादुरी देखाए, सच्चा एमाले बनेर देखाए । त्यस्तै एमालेका नेता दयालबहादुर शाहीले त पर्शुराम र महेश बस्नेतलाई पुष्पगुच्छा चढाउँदै एक दैनिकमा लेख लेखे ।




जनताको बहुदलिय जनवादको प्रसंग कहाँबाट कसरी जनता कुट्नेलाई सुहायो, म यो बुझ्दिन । उनले असार २ गते काठमाण्डौंमा मच्चाएको विध्वंशलाई एमालेको सडकमा पकड फर्किएको भनि बयान गर्न भ्याए । अनौठो तर सत्य के हो भने तिनका प्रमुख व्यक्तिहरु प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरु हुन् । त्यसैले होला देशमा गुण्डाराज छ । अथवा भनौं, नेताहरु नै गुण्डा भएका छन् । त्यसैले गुहमन्त्री कृष्ण बहादुर महरा भन्छन्, दण्डहिनताका लागि सय जना डन र सय जना नेता पकड्नु पर्छ । ति सय नेता प्रमुख तिन पार्टी र मधेसी दलका होलान् ।

पत्रकारले दोषीमाथि कारवाहीका लागि चलाएको अभियानले सफलता पाए गुण्डाहरुलाई लाग्न सक्छ, अरुलाई जे गरे पनि पत्रकारहरुलाई कुट्न हुने रहेनछ । असफल भएमा उनीहरुलाई लाग्न सक्छ, कानुन हाम्रा अगाडि भुत्ते छ । यसैले पत्रकारहरुले यो मुद्दालाई यतिमा मात्र होइन, गुण्डाराजविरुद्ध व्यापक जनअभियानको थालनी गर्नु पर्छ । यस्ता कुकृत्य एकपछि अर्को गर्दै जनतामाझ ल्याउँने हिम्मत पत्रकारले गर्नेपर्छ । नत्र अरु पत्रकारहरु पनि कुटिन सक्छन् ।

केही समयअघि राजधानीका प्रख्यात डनहरुसँग एमालेका केपी ओलीसहित इश्वर पोख्रेल र प्रदिप नेपाल, त्यस्तै नेपाली कांग्रेसका अर्जुननरसिहं केसी, फोरमका गच्छेदारको नाउँ जोडिएको थियो । यससम्बन्धमा बिबिसीका नारायण श्रेष्ठको प्रश्नमा प्रधानमन्त्री झलनाथ खनाल नाजवाफ भएका थिए । माओवादीमा झन् पार्टीकै नेताको ज्यानलिन सक्ने शक्तिशाली गुण्डाको पालनपोषण भएको भेद खुलेको धेरै भएको छैन ।



शाहीले लेखेका छन्, कालीबहादुर खामलाई संरक्षण दिने महरालाई कानुनी राज्यको वकालत गर्न सुहाउँदैन । महरालाई सुहाओस्, नसुहाओस् आपराधिक मानसिकता बोकेका दलका नेता, कार्यकर्ताको विरुद्धमा लेख्न, बोल्न मिल्छ कि मिल्दैन ? आज किन जनतामा व्यापक आक्रोस र घृणा पैदा भएको छ भन्ने कुरा कथित जबजको वकालत गर्ने शाहीहरुलाई के थाहा ?

अभाव, गरिबी र भोकमरीसँग जुध्ने गरिब नेपालीको पीडा बोल्ने, उनीहरुको निम्ति योजना बनाउँने पर्ने र देशको राष्ट्रियतालाई अक्षुण्ण राख्न सदा चेन्तनशिल रहनु पर्ने राजनीतिक नेतृत्व आज अपराधी लुकाउँन, हत्यारा बचाउँन र जनता धम्क्याउँने राजनीतिक शक्ति प्राप्त गर्न योजनामा व्यस्त रहेको देख्दा दिक्क लाग्छ ।
दिवस पौडेल 


7 comments:

गोविन्द अवश्थी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गुण्डागर्दी त नेपालमा संस्थागत भईसक्यो । केपी ओलीहरु नेपालका संस्थापक गुण्डागर्दीका नाइकेहरु हुन् ।

नुमा बस्याल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मुख्य कुरा कुनै एउटा पार्टीका बारेमा गलत बोलियो भने त्यो बोल्नेलाई सकारात्मक रुपमा लिइदैन । त्यसलाई अर्को पार्टीको कार्यकर्ताका रुपमा हेरिन्छ र, आफ्नो दुश्मनका रुपमा लिइन्छ । यस्तो परिपाटी रहुञ्जेल यस्तै हो । डराई डराई बाच्नु पर्छ ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जब सम्म राजनीतिक दलहरुले गुण्डा पाल्न छाड्दैनन् । यो कहिले पनि अन्त्य हुदैन । यहाँ विचारले भन्दा तर्साएर राजनीति चलेको छ । यही कुरा त्याग्न नसक्दा दलहरु स्खलित भएका हुन् ।

Ram 'Binod" said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

f*** politics

ज्ञानबहादुर गौतम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दलहरु किन पनि स्खलित छन् भने तिनीहरु माफिया जस्ता छन् । विचार रक्षाका लागि भन्दा पद र पैसा रक्षाका लागि जे पनि गर्न तयार । यसरी देशको सबै कुरा बिर्सिएर खाली पैसा र पदका पछाडी नकुदे सम्म नेपालका राजनीतिक दलहरु यसरी नै स्खलित भइरहन्छन् । हाम्रो दुर्भाग्य यस्तो छ कि हामीसँग कुनै अर्को विकल्प छैन । यी दलहरुलाई त्यागेर, मन नपराएर पनि यीनीहरुकै भरोसा गर्नु पर्छ । हाम्रो मजबुरीको राम्रै फाइदा उठाइरहेका छन् दलहरुले ।

पञ्चनारायण श्रेष्ठ, गोदावरी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दलहरु जनताको नजरबाट माथि उठ्नलाई तलका कामहरु गर्नु पर्छ
१ अपराधलाई राजनीतिसँग छुट्याउँनु ।
२ विचारको बहस गर्नु पर्छ न कि मन लाग्दा तर्कहरु ।
३ जे पायो त्यही बोल्ने परिपाटी त्याग्नु पर्छ ।
४ नसक्ने र नभएको नभन्ने गर्नु पर्छ ।

उषा पौडेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेता भनेका यस्तै हुन् । अनि राजनीतिक दलहरु भनेका ढल सोर्ने भन्दा फोहोरी । दल सोर्ने त दिनभरी ढल सोहोरेर बेलुका नुहाएर सुत्छ तर दलहरु र तिनका नेता आफु भन्दा अर्को फोहोर छ भनेर आफु चोखिन चाहान्छन् । यही कारण जनताको नजरमा दलहरु र तिनका नेताहरु स्खलित हुन्छन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।