जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

दही छैन, चिउरा भए, दहीचिउरा खान हुन्थ्यो


यो शिर्षक राखेको वाक्य मलाई खुब मन पर्छ । मेरो साथी कर्मठ प्रायः यो वाक्यको प्रयोग गरिरहन्छ । मैले सुनेको पनि उहीबाट हो । मानविय सपना, महत्वकांक्षा र परिस्थितीको उत्कृष्ट नमुना झै लाग्छ मलाई यो वाक्य । वाक्य भन्छ, दही छैन अनि सपना छ दहीचिउरा खाने । तर बिडम्बना, चिउरा पनि छैन । यसैले यो वाक्यले शिरक अनुसार खुट्टा फैलाउँनु भन्ने आदर्श भन्दा फरक तर मानविय व्यवहारको चित्रण गर्छ । अहिले त यो वाक्य जस्तै छ, हाम्रो  दैनिक जीवन । व्यक्तिगत आचरणमा मात्र होइन, दैनिक जीवनका हरेक पाटाहरु जस्तैः राजनीतिक, आर्थिक तथा प्राबिधिक मा यही भावका क्रियाकलापहरु देखिन्छन् । यसका केही नमुनाहरु यस्ता छन्




१. टाढाको कुरा के गर्नु ? आफ्नै खल्तीमा हुने मोबाइलमा यो वाक्य निकै उपयोगी छ । नेपालका दुरसञ्चार कम्पनीले जति नै ठोकुवा र ठुला गुड्डी हाँके पनि नेपालमा नेटवर्कको समस्या नयाँ र अस्वभाविक बनेको छैन । लोडसेडिङको समस्याका बारेमा केही भनिरहनु नपर्ला । कतिपय ठाउँहरुमा त मोवाइल चार्ज गर्न पुग्ने समय पनि बत्ति आउँदैन । एक त नेटवर्कको समस्या त्यसमा झन् लोडसेडिङ अनि त के चाहियो । यसैले भन्न मिल्छ, नेटवर्क छैन, चार्ज भए कल गर्न हुन्थ्यो

२. वास्तवमा नेपालको राजनीति स्वयम् राजनीतिका खेलाडीहरुले पनि बुझ्न सक्दैनन् । राम्ररी दिशा पकड्न नसकेको हाम्रो राजनीति यति तरल छ कि एकैछिनमा कताको कहाँ पुगिसक्छ । सरकार बनिसकेको छैन, ढाल्नु पर्ने स्थिती देखाउँन थालिन्छ । अझ हारेकाहरुले सरकारमा हालीमुहाली गरेको देख्दा त झन् सरकारमा पुग्न हार्नु नै पर्ने रहेछ भने जस्तो भइसक्यो । यसैले माथिको वाक्यलाई यसरी परिमार्जन गर्नुपर्ला राजनीतिकका लागि भने, जितेको छैन, सहमति भए सत्तामा पुग्न पाइन्थ्यो



३. नेपालको मुख्य आयस्रोत भनेको रेमिट्यान्स नै हो । तर विदेश जानलाई अनिवार्य पासपोर्ट बनाउँन भने निकै जटिल बनाइयो । कहिले के कहिले के गरेर । गाउँमा सिफारिस गर्नु पर्ने अनि सिफारिसका कागज पेश गर्न चै राजधानी नै धाउँनु पर्ने । पैसा ख्वाउँने हो भने चाँडै, होइन भने डेड दुई महिना पछि आउँनु पर्ने । यो स्थितीमा धेरैले भनेको सुनियो, पासपोर्ट छैन, भिसा आए विदेश जान हुन्थ्यो

यस्ता धेरै नमुनाहरु होलान् । अरु विस्तारै लेखौला । तपाईलाई पनि यो वाक्य कतै सान्दर्भिक लागेको भए तल कमेन्ट बाकसमा लेख्नुहोला ।




3 comments:

Amar Thapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ha ha ha mero chahi पासपोर्ट cha भिसा ayana .....

Achyut Dahal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

kinna jaanu paryo ni ta sir...paaniphoto chalyaera ta aaudaina hola ghar maa.....hehehe

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ya funny and realistic voice of nepal. Hats off boss.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।