जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बजेट 'ललिपप': हेर्न मात्र हो कि चुस्न मिल्ने पनि

अर्थमन्त्री भरतमोहन अधिकारी संसद्‍मा ०६८/६९  बजेट प्रस्तुत गर्दै।
अन्ततः २०६८/०६९को बजेट घोषणा भएको छ । अनेकौं बाधा (बजेट भाषण अघि बजेट पाउँनु पर्ने भन्दै मधेसी मोर्चा र बजेट भाषण हुँदै गर्दा कांग्रेसबाट) भएपनि अर्थमन्त्री भरतमोहन अधिकारीले तिनसय चौरासी अर्ब नब्बे करोडको बजेट सुनाएरै छाडे । बजेटको प्रथम मूल्याकंन गर्ने हो भने बजेटलाई परम्परागत 'नयाँ बोतलमा पुरानो रक्सी' भन्दा केही माथिल्लो कोटीमा भने राख्न सकिन्छ । निजी-सार्वजनिक साझेदारीका कार्यक्रम र उर्जाका क्षेत्रमा बजेट केही महत्वकांक्षी जस्तो देखिए पनि सामान्य राजनीतिक अवश्था र दिगो सरकार रहेमा पुरा गर्न नसकिने किसिमका भने छैनन् । राजनीतिक तथा निजी क्षेत्रबाट पनि प्रारम्भिक प्रतिक्रिया सन्तोषजनक नै आएको छ । यसरी केलाउँने हो भने बजेटले सबैक्षेत्रमा मिठो 'ललिपप' बाँडेको छ । बिशेष राजनीतिक स्थितीमा रहेको नेपालका लागि यो बजेट 'ललिपप' हेर्नका लागि मात्र हुने हो कि चुसेर मिठास पनि लिन पाइने हो, यो आउँने समयले देखाउँने नै छ । बजेटका केही मिठा ललिपप भने यस्ता छन्


बजेटमा देखाईएका ललिपपहरु यस्ता छन्



"गाउँगाउँमा ब्रोडब्याण्ड सबै शहरमा फोन अन डिमाण्ड"
"आफ्नो गाउँ आफै बनाउँ"
"राष्ट्रको समृद्धि—युवाको रोजगारी"
"विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं"
"सबै गाउँ उज्यालो बनाउँ"
"एक गाउँ एक उत्पादन"
"उत्पादन वृद्धि गरौं आत्मनिर्भर बनौं"
"एक परिवार एक रोजगार"
“गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी”
"जनताको रहर उज्यालो शहर"
“गाउँलाई माया गरौं: आधारभूत सेवा सुविधा गाउँमै पुर्‍याऔं ”
"दिगो वन, समृद्ध जीवन"
"एक गाउँ एक नर्सरी"
“नयाँ नेपालको आवश्यकता स्वास्थ्यमा सहकारीता”
“बंकरबाट ब्यारेक”

अन्य केही थप ललिपपहरु
-मदिरा, बियर र चुरोट उद्योग र तिनका विक्रेताहरुले कुनै पनि प्रकारका उपहार कार्यक्रमहरु संचालन गर्न नपाइने र त्यस्ता उद्योगहरुले मूल्य अभिवृद्धि करमा दर्ता भएका वाहेक अन्य बिक्रेतालाई त्यस्तो उत्पादन बिक्री गर्दा छुट समेत दिन नपाइने व्यवस्था।

-झुठा एवं नक्कली विल विजकको प्रयोग गरी कर छल्ने प्रवृत्ति बढ्दै गएको पाइएकोले यस्तो कार्यमा संलग्न हुने र सघाऊ पुर्‍याउने दुवै पक्षलाई कारवाही गर्ने गरी विद्यमान कानूनी व्यवस्थामा परिमार्जन गरेको छु। झुठा तथा नक्कली विल विजक सम्बन्धी अनुसन्धान प्रक्रियामा रहेका बाँकी करदाताहरुको अनुसन्धान शीघ्र सम्पन्न गरिनेछ।

-काठमाडौं उपत्यका भित्र सवारी आवागमन र ट्राफिक सूचना सम्प्रेषणका लागि महानगरीय ट्राफिक प्रहरी एफ एम स्टेशनको स्थापना र सञ्चालन गर्न आवश्यक बजेट छुट्याएको छु ।

-सवै नेपाली नागरिकलाई विभिन्न सेवा तथा सुविधामा प्रयोग गर्न सकिने फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड तयार गर्ने कार्यको शुरुवात गरिनेछ। प्रथम चरणमा आगामी आर्थिक वर्षभित्र ४ लाख कार्ड वितरण गरिनेछ।

-सामाजिक सुरक्षा भत्ता पाउने एकल महिलाको उमेरको हद हटाइ विधवा भएकै दिनदेखि भत्ता पाउने ब्यवस्था मिलाएको छु ।

-वर्तमान तलवमानमा ३०.३९ प्रतिशत देखि ४२.८६ प्रतिशतसम्म बृद्धि गरेको छु। हालको महंगीभत्तालाई तलबमा गाभिएको छ ।
बजेटको पूर्ण विवरण पहिल्यै पत्रिकामा सावर्जनिक भएकामा नियमापत्ति जनाउँदै नेता रामशरण महत।
-भ्रष्टाचार विरुद्धको रणनीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको विकास गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ।

-लुम्बिनी क्षेत्रको समग्र विकासलाई टेवा पुर्‍याउन बुटवलमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सभाहलको निर्माण कार्य शुरु गरिने ।

-युवावर्गलाई यौन विकृति विरुद्ध लड्न प्रोत्साहित गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।

-भावी समृद्ध नेपालको रुपरेखा देखिने गरी काठमाडौं उपत्यकामा गणतन्त्र स्मारक (मोनुमेन्ट) निर्माण गरिनेछ ।

-सम्पत्ति खरिद गर्दा आयस्रोत खुलाउनु पर्ने विद्यमान ब्यवस्थालाई परिवर्तन गरी रु. ५० लाखसम्मको सवारी साधन र एक करोड रुपैयाँ सम्मको घर जग्गा खरिद गर्दा स्रोत खुलाउनु नपर्ने ब्यवस्था गरेको छु ।

-काठमाडौंका विभिन्न स्थानहरुमा उत्खनन गरिएको प्राकृतिक ग्यास परीक्षण गरी उपयोगको कार्ययोजना बनाई सञ्चालनमा ल्याइनेछ ।

-बाघ र गैडाको हालको संख्यालाई आगामी १० वर्ष भित्रमा दोब्बर बनाउने लक्ष्यका साथ संरक्षण कार्य अघि बढाइनेछ ।

-यस आर्थिक वर्षमा ३ करोड विरुवा रोपिने लक्ष्य लिएको छु ।

-पोखरालाई चलचित्र नगरीको रुपमा प्रवर्द्धन गरिनेछ ।

-आगामी १५ वर्षभित्र नेपाललाई उत्कृष्ट गन्तब्यको रुपमा विकास गरी विश्वको नमूना पर्यटन देशको रुपमा स्थापित गरिने ।

-काठमाडौं उपत्यकामा मेट्रो/मोनोरेल सेवा सञ्चालनका लागि सम्भाब्यता अध्ययन कार्य शुरु गरिने ।

बजेटको संक्षिप्त विवरण



आर्थिक वृद्धिदर ५ प्रतिशत हासिल गर्ने लक्ष्यका साथ सरकारले शुक्रबार आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६८/६९ मा चालूतर्फ २ खर्ब ६६ अर्ब ६१ करोडसहित कुल ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको आय-व्यय विवरण उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले सार्वजनिक गरेका हुन् । मन्त्रालयले ७२ अर्ब ६१ करोड पुँजीगत र वित्तीय व्यवस्थाअन्तर्गत २५ अर्ब ७२ करोड विनियोजन गरेको छ । प्रस्तावित खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तलुनामा २५.६७ प्रतिशतले बढी छ ।

खर्च जुटाउने स्रोतका रूपमा राजस्वबाट २ खर्ब ४१ अर्ब, वैदेशिक अनुदानबाट ७० अर्ब १३ करोड र वैदेशिक ऋणबाट २९ अर्ब ६५ करोड रुपैयाँ उठाउने योजना सरकारको छ । त्यो सबै गर्दा पनि न्यून हुने ३७ अर्ब ४१ करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति गरिने छ । मूल्य वृद्धिदर ७ प्रतिशतमै सीमित गर्ने महत्त्वाकांक्षी योजना सरकारको छ ।

क्षेत्रगत विनियोजनतर्फ शिक्षामा सबैभन्दा बढी ६३ अर्ब ९१ करोड, भौतिक योजना/सडक व्यवस्थापनमा ३७ अर्ब १६ करोड, सामाजिक सुरक्षामा ११ अर्ब ३४ करोड, रक्षामा २० अर्ब र प्रहरीका लागि १८ अर्ब ६४ करोड छुट्याइएको स्रोतले बतायो । खानेपानीमा ९ अर्ब रुपैयाँ छुट्याइएको छ ।

बजेटमा उच्च तहका कर्मचारीलाई ३१ र निम्न तहका लागि ४२ दशमलव ८६ प्रतिशत तलबवृद्धि प्रस्ताव गरिएको छ । 'हालको महंगीलाई समेत दृष्टिगत गरी निजामती, जंगी, प्रहरी, शिक्षक लगायतका राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राखी सदाचार प्रवर्द्धन गर्न नेपाल सरकारको मुख्य सचिवको संयोजकत्वमा गठित समितिको सिफारिस समेतका आधारमा वर्तमान तलवमानमा ३०.३९ प्रतिशत देखि ४२.८६ प्रतिशतसम्म बृद्धि गरेको छु,' बजेट बक्तब्यमा भनिएको छ, 'हालको महंगीभत्तालाई तलबमा गाभिएको छ ।'

बजेटको पुर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्



4 comments:

umesh shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

If history is repeated, it will be only for see.

Nepal treks said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

i never heard like this system which i can see in nepal:s Parliament

शक्ति थपलिया said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बजेटमा राम्रा कुराहरु पनि निकै नै छन् । यदि सबैमा इच्छा शक्ति हुने हो भने बजेट सफल हुन्छ । आखिर कुनै न कुनै बजेटमा सबै मिल्नै पर्छ । नत्र नेपाल कहिले विकाश हुने हो ?

विक्रम क्षत्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होइन हौ साथी ललिपप कि लालीपप कि लोलीपप हौ ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।