जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भत्किने भए काठमाण्डौमा नियम मिचेर बनाईएका घरहरु (केही नमुना तस्विर हेर्नुहोस्)

'सबै नेपालीको रहर राजधानीमा एउटा घर', केही समय अगाडी एउटा विज्ञापनले यो वाक्य नाराको रुपमा प्रयोग गरेको थियो । र, यसमा वास्तविकता छ पनि । राजधानीमा बनेका एक आने र दुई आने अग्ला घरहरु देख्दा लाग्छ, मानिसहरुलाई जस्तो र जसरी भएपनि काठमाण्डौमा एउटा घरको सपनालाई साकार पार्नुछ । कमजोर कानुनी निरिक्षण र भ्रष्टाचारले गर्दा यस्ता साना अग्ला र भत्किन लागेका खण्डहरजस्ता घरहरुले काठमाण्डौको सौन्दर्यमात्र बिगारेका छैनन् । ठुलो जनधनको क्षतिको जोखिम पनि बढाईरहेका छन् । महानगरका अनुसार हाल महानगर क्षेत्रमा करिब १ लाख ९० हजार घर रहेका र ती मध्ये ८० प्रतिशत अनधिकृत रहेका छन् । यसैले यही असार २६ गते जारी भएको काठमाण्डौ घोषणापत्रको कार्यान्वयन गर्दै महानगरपालिकाले आज देखि यस्ता घरहरु भत्काउँन सुरु गरेको छ । यस्ता घरका केही नमुनाहरुको तस्विर हेर्नुहोस्















यी घरहरुले निम्त्याउँने जेखिमका बारेमा थप कुराहरु  भनिरहन केही आवश्यकता छैन, यी तस्विरहरुले आफै आफै बोलरहेछन् । होइन त !


13 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

काठमाण्डौं एउटा ऐतिहासिक शहर हो । यसको गरिमा र सुन्दरता हेर्न संसारबाट मानिसहरु आउँछन् । यसैले यसको सुन्दरता र गरिमा कायम गर्न यस्ता कदमहरु अपरिहार्य हुन्छन् । महानगरपालिकाको कदम प्रति नैतिक समर्थन ।

अनिल पोख्रेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भनेपछि काठमाण्डौ अलिक चंगा देखिने भयो होइन त ? लौ बधाई छ ।

रीमा श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पुराना घरहरु भत्काएपछि ति घरबाट जिविका चलाउँनेको हकमा के हुने ? तिनीहरुले क्षतिपूर्ति कति पाउँछन् ? यो तर्फ पनि ध्यान जाओस् । ति पनि नेपाली नागरिक हुन् ।

एकराज अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो काम ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

फोटो कुन कुन साइटबाट चोरेको हो त्यो पनि लेखे राम्रो हुन्थ्यो कि अर्काको मेहनतलाई यत्तिकै चोरेर मोज नगरौँ न

रोमन शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ठमेल, असन र भक्तपुरका घरहरु त ९० प्रतिशत भत्किन्छन् होला । त्यहाँ त बाटोमा हिड्दा घर देखियो भने पनि डर लाग्छ, अहिले लडेर किच्ला भनेर ।

आस्था महर्जन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

के कसले बिरोध गर्छ अनि बन्द भइहाल्छ । बिचरा सुरुमा जसको घर लड्छ त्यसको मात्र बेहाल हुने भयो । कि पुरा गर्नु पर्छ यो अभियान, होइन भने सुरु नै गर्न हुन्न ।

रितेश गौतम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

परिणाम अवश्य राम्रो आउँछ ।

आर्यन विश्वकर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सही काम हो । जसको घर लड्छ, तिनीहरुलाई के को क्षतिपूर्ति ? कानुन मिच्दा पनि क्षतिपूर्ति दिनु पर्छ ?

अभिनव पौडेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लडाउला र ? मलाई त विश्वास नै छैन ।

किसन लामा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब नगरपालीकाका कर्मचारीले कमाउँने भए । यति पैसा दे नत्र तेरो घरमा डोजर चलाइदिउँला भन्दै । धन्य छ नियम बनाउँने मानिस ।

गौरव बस्नेत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तस्विरहरु प्रतिनिधिमुलक छन् ।

दिपध्वनी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@Anonymous

लुकेर नै भएपनि प्रतिक्रिया दिनु भएकोमा धन्यवाद । । तपाईहरुको सकारात्मक प्रतिक्रिया मेरो लागि सँधै मार्गदर्शक बन्ने छ । यो लेखमा प्रयोग भएका धेरै तस्विरहरु मैले गुगल गरेर प्राप्त गरेका हुन् । स्रोत नखुलाएकोमा माफी चाहान्छु । अबका दिनहरुमा सकेसम्म स्रोतको प्रयोग गर्नेछु । फेरि पनि सुझाबका लागि धन्यवाद दिदै । थप सकारात्मक सुझाबको अपेक्षा गर्दछु ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।