जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

टसकोमस भएन मधेसी मोर्चा र आएन आज बजेट

आज संविधानसभा भवनको तामझाम बेग्लै थियो । आर्थिक बर्ष ०६८/०६९ को बजेट आउँने दिन थियो । यसैले पत्रकार तथा सभासदहरु पनि समयमा नै संविधानसभा भवन पुगेका थिए । दिउँसो तिन बजे पढ्नु पर्ने पौने चारखर्बको बजेट कालो सुटकेसमा बोकेर अर्थमन्त्री भरतमोहन अधिकारी पनि संविधानसभा भवन बानेश्वर पुगिसकेका थिए । तर पनि बजेट आउँन सकेन । कारण रह्यो मधेसी मोर्चाको माग । पहिलो चरणमा अर्थमन्त्रीले फकाए । उनको जोर चलेन । त्यसपछि अर्थमन्त्रीले सभामुख मार्फत पनि फकाउँन लगाए । त्यैपनि मधेसी मोर्चा टसको मस भएन । पैसाको कुरो हो, सजिलै कहाँ मन बदलिन्छ र । अन्त्यमा, सूचना टाँस गरेर आजको संसद बैठक स्थगित गरियो । बजेट भाषण स्थगित हुँदासम्म यस्ता गतिबिधीहरु भए ।

बैठक स्थगित अघि भएका गतिविधिहरु



- ५:१३: तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल भन्छन्, 'हामीले आफ्ना माग स्पष्टरुपमा राखेका थियौं तर निर्धारित मितिले एक घण्टाअघिसम्म पनि प्रधानमन्त्री र अर्थमन्त्रीबाट 'रेस्पोन्स' भएन, हामी यथास्थितिमा बजेट ल्याउन दिन्नौं, यथास्थितिमा बजेट स्वीकार्न पनि सकिँदैन ।'

- ४: ५२: दिउँसो ४ बजेका लागि बोलाइएको संसद् बैठक अझै सुरु हुन सकेन । मधेसी मोर्चाले अबरुद्ध पार्ने चेतावनी दिएपछि बैठक सुरु हुन नसकेको हो । तर अधिकांश सभासद् संसद् भवन प्रवेश गरिसकेका छन् ।

- ४:४८: अर्थमन्त्री भरतमोहन अधिकारी र मधेसी मोर्चाबीचको बैठक सहमतिमा पुग्न सकेन । बैठक सहमतिमा नपुगेपछि बजेट प्रस्तुत हुन नदिने मोर्चाका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

- ४:२५: मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सभासद् आशादेवी सरदारले ईकान्तिपुरसित भनिन्, 'मधेसविरोधी सरकारले मधेसका अपेक्षा पूरा गर्ने कुनै गुञ्जायस छैन, हामी ब्रिफकेस नै त खोस्दैनौं तर लोकतान्त्रिक ढंगले बजेट रोक्ने वा विरोध गर्छौं ।'

- ४:२०: अर्थमन्त्री भरतमोहन अधिकारीले दिउँसो ४ बजे नै आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गर्ने भनिए पनि मधेसवादी दलहरुको अवरोध गर्ने चेतावनीले ढिलाई भएको छ । अहिले अर्थमन्त्री भरतमोहन अधिकारीले मधेसी मोर्चासँग संसद् भवनमै छलफल गरिररहेका छन् ।

- ३:३० बजेः आर्थिक वर्ष २०६८/६९ को बजेटबारे नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा अन्तर्क्रिया गरिरहेको छ ।

- ३ बजेः मन्त्रिपरिषद् बैठकले पनि आर्थिक वर्ष २०६८/६९ को बजेट अनुमोदन गरेको छ । बैठकपछि अर्थमन्त्री अधिकारीले भने, 'बजेट चार बजे प्रस्तुत हुन्छ, कर्मचारीको तलव बढ्छ, कति बढ्छ भरे संसद्मै सुनाउनेछु ।'

- २:१९ बजेः राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०६८/६९ को बजेट अनुमोदन गरेको छ ।

- २ बजेः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध दलहरु बजेट रणनीति बनाउँदैछन् । यसबीचमा मोर्चा नेताहरुसँग अर्थमन्त्री भरतमोहन अधिकारीले अनौपचारिक छलफल गरेका छन् ।

- १ बजेः अर्थमन्त्रीले आर्थिक वर्ष २०६८/६९ को बजेट पेस गर्ने भएपछि सभासद्हरु संसद् बैठकमा आउनेक्रम सुरु भएको छ ।
(गतिबिधी साभार ईकान्तिपुरबाट गरिएको हो ।)

मधेसी मोर्चाको मागहरु यस्ता छन्



-बजेटमा पूर्व/पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, मधेस आन्दोलनका सहिदको सम्मान, मधेसमा अन्तर्राष्ट्रिय विमानस्थल, विश्वविद्यालयलगायत विशेष कार्यक्रमसँगै मधेस केन्द्रित कार्यक्रम ल्याउनुपर्ने

-सहिदको जन्मस्थान छेउछाउमा सहिदको नाउँमा विद्यालय निर्माण गर्न ५०/५० लाख अनुदान दिनुपर्ने

-मोर्चाले मधेस आन्दोलन राष्ट्रिय स्मृति प्रतिष्ठान गठन हुनुपर्ने र मधेस आन्दोलनमा अंगभंग भएकाका लागि राहत स्वरूप बजेटबाट २० करोड रुपैयाँ छुट्टयाउनुपर्ने

-चुरिया संरक्षणलाई प्राथमिकता दिएर विशेष योजना ल्याउनुपर्ने, मधेसको पर्यटकीय क्षेत्र विस्तारअन्तर्गत लुम्बिनी, जनकपुर, विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने

-कृषि सिँचाइ, बिउबिजनमा अनुदान र कृषिजन्य सामग्री र यन्त्रमा भन्सार छुट हुनुपर्ने, जनकपुर, वीरगन्ज र नेपालगन्जमा प्रस्तावित विश्वविद्यालय यसै वर्षदेखि सञ्चालन गरी रकम छुट्टयाउनुपर्ने


3 comments:

मात्र नेपाली नागरिक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पैसाको लागि लोकतन्त्र मात्रै होइन, आफ्नो भाषा र मुलुक नै बेच्न तयार भएर राजनीतिमा लागेका छन् यी मोर्चाका घटकहरु । पैसा नलिई कहाँ चुप लाग्छन् र ? यसैले अलिकति हड्डी फालिदेउ कुकुरहरुलाई ।

मोहन कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बजेट आएन । भोली पनि आउँदैन ।

hari adhikari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

f**k them all.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।