जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

किन कम पास हुन्छन् एसएलसीमा छात्राहरु ? #Girls education


-रजनी कालिका -
भर्खरै प्रकाशित एसएलसीको नतिजामा पास हुने छात्राको संख्या घटेको छ । उसै त पढेलेखेका छात्राको संख्या कम छ भने यसरी छात्राको प्रतिशत घट्नु राम्रो कुरा होइन । अघिल्लो बर्ष ६०.५९ प्रतिशत छात्राहरु उत्तीर्णभएकामा यो पटक ५१.४४ प्रतिशतमा ओर्लनुले उनीहरुको स्थिती दर्शाएको छ । यस स्थितीमा सुधार गरिएन भने छात्राको संख्या अझै घट्नेमा शंका छैन । एकातिर छोरालाई निजी विद्यालयमा पठाएर छोरीलाई चै गुणस्तर कम भएको सरकारी विद्यालयमा पढाउँने चलन कायमै छ । अर्कोतिर छोरीले घरको काम भ्याइवरी विद्यालय जानुपर्ने वाध्यताले पनि उनीहरुको पढाईमा अवरोध श्रृजना हुँदै आएको छ । यस्तो अवश्थामा छोरीलाई पठनपाठनमा विशेष ध्यान दिनु पर्नेमा उल्टै पास प्रतिशत ओरालो लाग्दै जानुले सबैलाई चिन्तित तुल्याउँनु पर्ने हो ।


अझ यसमा पनि सरकारी विद्यालयको उत्तीर्णप्रतिशत त अझै कम हुने गर्छ । त्यसमा पनि यस्ता विद्यालयको छात्राको उत्तीर्णप्रतिशत त झन् दयनिय छ । सरकारी विद्यालयमा ४३.०६ प्रतिशत मात्र छात्रा उत्तीर्णहुन सक्नुले नेपालमा छोरीहरुको पढाई कति कमजोर छ भन्ने देखाउँछ । यसो हुनुको कारण भने कसैले खोतल्न पनि आवश्यक ठानेको देखिदैन ।

अरु त अरु निजी विद्यालयमा उत्तीर्णदर धेरै भएपनि छात्राको भने कम नै देखिन्छ । निजी विद्यालयमा पनि यस्तो किन भइरहेछ भन्ने कुराको खोजी हुनु जरुरी छ । एसएलसीमा बर्षौदेखि छात्रा उतिर्णदर कम भइरहेको छ । यसबारे खासै चर्चा भने कतै भएको सुनिन्न । न त यसको कारण नै पत्ता लाग्न सकेको छ । छोरीको साक्षरतादर कम भइरहेको अवश्थामा कम छात्रा उत्तीर्णहुनुले सकारात्मक संकेत भने पक्कै देखाउँदैन ।

बिग्रेको घरको भत्केको चाला भने जस्तो एक्जाम्टेडतर्फ पास हुनेको संख्या त झन् दयनिय नै छ । पछिल्लो बर्षको एक्जाम्टेड तर्फ १६.३८ प्रतिशत मात्र छात्राहरु उत्तीर्णभएका थिए । यसले छात्राको शिक्षा प्रति थप संवेदनशिल बनाउँनु पर्ने हो । प्राइभेट तर्फ पनि बिजोक उस्तै छ । त्यसैले यस्तो अवश्थामा छात्राहरुलाई गाली नगरि उनीहरु कम उत्तीर्णहुनुको कारण खोज्नु पर्छ । पक्कै पनि हाम्रो सामाजिक तथा सांस्कृतिक कारणहरु यसका जिम्मेवार छन् । अनि गर्भ देखि नै छोरा र छोरीमा हुने भेदभावको संस्कार जिम्मेवार छ । संस्कृतिका नाममा हुने यस्ता भेदभाव नहटुञ्जेल सम्म यस्तो अवश्था कायम रहिरहने छ । यसैले छोरीलाई पनि छोरा सरह पढ्ने वातावरण मिलाउँन आवश्यक छ । यो नै यो समस्याको मुक्तिको सबैभन्दा उत्तम उपाय हो ।


1 comments:

pragya raut said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

it is due to our culture. Bcoz girls have to finished all the things of house but a boy dont help her.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।