जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यसरी गरिन्छ विदेशमा नेपालको प्रर्बद्धन

-राजन प्रधानाङ-
मलाई थाहा छैन, के चीजले मलाई यी कुराहरु तपाईमाझ सेयर गर्ने अबस्थामा पुर्‍यायो । नेपाली राजदूतावास र नेपाली कन्सुलेट जनरल ओशाकाको आयोजनामा शुक्रबार ओशाकामा भएको नेपाल पर्यटन बर्ष प्रर्बद्धन कार्यक्रममा भाग लिन म, मित्र हरिराज ढकालसहित केही सम्मानित ब्यक्तित्वहरुलाई आमन्त्रित गरिएको थियो ।

स्वागत, सत्कार र खानाको स्वाद निःसन्देह सदाझैं राम्रो थियो । आगन्तुकहरुलाई दूतावास र कन्सुलर जनरलका कर्मचारीले राम्रो सत्कार गरे, त्यसका लागि उहाँहरुलाई धन्यवाद दिनै पर्छ । तर, कार्यक्रम भइरहँदा मलाई धेरै कुरा खड्किएको लाग्यो । जुन ढंगले नेपाल पर्यटन बर्ष प्रर्बद्धनको कार्यक्रम गरियो यो पूर्णतया गलत तरिकाले गरियो । करिव १ सय ५० जनाको समूहमा रहेका मानिसवीच एउटा सानो हलमा नेपालको पर्यटन प्रर्बद्धनको कार्यक्रम आयोजना गरिएको थियो ।


त्यहाँ कार्यक्रम त थियो तर भ्रमण बर्षका दौरान जापानबाट लैजान चाहेको पर्यटकको संख्या र त्यसबाट प्राप्त हुने फाइदाबारे जानकारी दिन गैरआवासीय नेपाली संघ जापान र नेपाल पर्यटन बोर्डका कुनैपनि प्रतिनिधि उपस्थीत थिएनन ।

तीन बर्षअघि जुन तरिकाले जसरी कार्यक्रम गरिएको थियो, अहिले पनि त्यही तरिका थियो, आगन्तुक पनि लगभग अघिल्लो साल निम्त्याइएकै र सहभागी भएकै थिए । अनि त्यहाँ भाषण गर्नेहरुले पनि उही भाषा दोहोर्‍याए- 'बिश्वका दश अग्ला हिमालमध्ये ९ वटा हामीकहाँ नै छन, ट्रेकिङ शुल्कमा आधा सस्तो छ, अनि भिसा फि पनि लाग्दैन् ।’ अनि बोल्न पालो पाएका वक्ताहरुले भन्न छुटाएनन- ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेर शान्तिलाई बिश्वभर फैलाउँ ।’

मलाई लाग्छ, नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डले जापानमा नेपाली पर्यटन प्रर्बद्धनको यो ढर्रा तत्कालै परिवर्तन गर्नुपर्छ । यदि हामीले नेपालको पर्यटन उद्योगमा खास परिवर्तन गर्न चाहेका हौं भने हामीले तत्कालै आजैका मितिदेखि पर्यटन प्रर्बद्धनका पुरातन तरिकाहरुमा तत्कालै परिवर्तन गर्नुपर्छ । हामीले जापानीहरुलाई नयाँ नयाँ सूचनाहरु दिन सक्नुपर्छ र दिनुपर्छ । हामीले सयौंपटक एउटै कुरा जापानीहरु मित्रहरुलाई भनिसक्यौं, अब फेरि त्यही तरिका अपनाउँदा पटक्कै प्रभावकारी हुँदैन् ।

यस्ता प्रर्बद्धन योजनाहरु वर्ष सकिन लाग्दा वा बर्षको मध्यतिर गरेर पटक्कै हुँदैन, बर्षको सुरुमै जापानमा पर्यटन प्रर्बद्धनका लागि कहाँ कहाँ के के कार्यक्रम गर्ने भन्ने योजना बनाउनुपर्छ र सोही योजनाअनुसार नेपाली समुदायलाई सूचित गरेर नेपाली समूदायको सहभागितामा प्रर्बद्धनका कार्यक्रमहरु गरिनुपर्छ ।

अनि, नेपाली पर्यटन प्रर्बद्धनको कार्यक्रमहरु सेमिनार वा गोष्ठी जस्तो सानो हलमा एक डेढ सय मानिस भेला पारेर हैन, ठूलो ठाउँमा नयाँ नयाँ नेपाली संस्कृति देखाउँदै र नयाँ नयाँ भ्रमण प्याकेजका साथ गरिनुपर्छ । हामीसँग अग्ला हिमश्रृङ्खलाबाहेक बिदेशीलाई देखाउने कुनै चिजै छैन र ? उन्नत नेपाली संस्कृति, बदलिदो नेपाली समाज, रोमाञ्चक खेलहरु, प्रख्यात नेपाली खानाहरुबारे किन हामी प्रचार गरिरहेका छैनौं ? हो त्यसका लागि हामीले सुरक्षामा सुधार गर्नुपर्छ र भन्नुपर्छ- अब ‘नो बन्द ।’

नेपालको पर्यटन प्रर्बद्धनका कार्यक्रम बनाइरहँदा हामीले नेपालका स्पोन्सरहरु, यहाँका लोकल ट्राभल तथा टुर अपरेटहरुसँग पनि सहकार्य गर्दे उनीहरुलाई सहभागी बनाउनुपर्छ । ताकि नेपाल भ्रमणमा जान चाहानेलाई बिस्तृतमा सही सूचना पाउन सकोस् । यस्ता धेरै एअरलाइन्सहरु पनि छन जो एक जापानी पर्यटकलाई पुरै नेपाल बस्नभन्दा धेरै पैसा नेपालसम्म पुर्‍याउन लिन्छन, के उनीहरुलाई यस्ता प्रर्बद्धनमा स्पोन्सरका रुपमा राख्न सकिदैन ?

यी बिषयमा आजैदेखि नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डले सोच्नु जरुरी छ । नेपाली राजदूतावास र नेपाली कन्सुलेट जनरललाई मेरो बिनम्र अनुरोध छ कि कृपया शुक्रबार ओशाकामा भएजस्तो थप एउटा कोठे प्रर्बद्धनका कार्यक्रम त्यो पनि बर्षको अन्त्यरित गर्न तत्कालै बन्द गर्नुस् । तपाईले भुलिरहनुभएको छ कि तपाई मुलुकको राष्ट्रिय पर्यटन प्रर्बद्धन अभियान गर्दै हुनुहुन्छ भन्ने कुरा । तीन बर्षअघि दिएको उही पुरानो सूचना, उही क्याटलग, उही भाषण, उही अनुरोध दोहोराइरहेको देख्दा यहाँका स्थानीय ट्राभल तथा टूर अपरेटहरु तपाईप्रति हाँसिरहेका छन् । कृपया अव थप हाँसोको पात्र नबन्नुस् ।

म आशा गर्छु कि अर्को बर्षको पर्यटन प्रर्बद्धनको कार्यक्रम पुरानै शैलीमा हुने छैन् । ठूलो र खुला ठाउँमा कार्यक्रमको आयोजना गरिने छ, धेरै रोमाञ्चक र नयाँ सूचनाले भरिपूर्ण हुनेछ र त्यसबारेमा नेपाली तथा जापानी पर्यटकहरुलाई पनि बेलैमा सूचना हुनेछ ।

तपाईहरुले चाहानुभयो भने गैरआवासीय नेपाली संघ लगायतका नेपाली संघ संस्थालाई पनि सहयोग माग्न सक्नुहुन्छ कि यस्तो बृहत पर्यटन प्रर्बद्धन योजनालाई कसरी सवैले थाहा पाउने गरि आयोजना गर्ने कसरी सहकार्य गर्ने र कसरी सफल बनाउने भन्नेबारेमा । त्यसो भएको खण्डमा कान्साई र ओशामात्र हैन सम्पूर्ण जापानबासीहरुले नेपालको पर्यटन उद्योगबारे जानकारी लिन पाउनेछन र अन्ततः नेपाल जाने जापानीहरुको संख्यामा बृद्धि हुने छ ।

मित्रहरु, मलाई थाहा छैन तपाइहरुका क्षेत्रमा नेपाल पर्यटन बर्ष २०११ को प्रर्बद्धन कसरी भइरहेको छ । मैले माथि जे भनें यो जापानको मुख्य शहर ओशाकामा बिगत बर्षदेखि हुँदै आएको कार्यक्रमको तौरतरिका हो ।
म आशा गर्छु कि हामी सवै मिलेर नेपालको पर्यटन उद्योग र गन्तब्यहरुबारे जानकारी दिएर त्यसको बिकाशका लागि सघाउन सक्नेछौं । त्यसो भएको खण्डमा नेपालको पर्यटन उद्योग बृद्धि हुनेछ, त्यहाँ बढिभन्दा बढि रोजगारीका अबसर सिर्जना हुनेछन र नेपालको अर्थतन्त्रमा सघाउ पुग्नेछ ।

हामी सवै मिलेरमात्र यस्तो अभियानलाई सफल बनाउन सक्छौं ।
धन्यवाद ।
(साभार : अनलाईनखबर)

4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कार्यक्रम गरे जस्तो पनि भयो । आउँनेलाई पनि आफु गन्नेमान्ने भएजस्तो भयो । कुराकानी पनि भयो । एकछिन देशका लागि सोचियो पनि । त्यो भन्दा बढि के चाहियो र कार्यक्रममा ? यसैले त यस्ता कार्यक्रमहरु बढि हुन्छन् । सरकारी पैसा पनि यस्तैलाई त आउँने हो नि ।

umesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

This is our originality. We nepali people designed this type of program.

मन्दिरा शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो पर्यटन बर्ष भनेकै कमाईका लागि हो । कार्यक्रम गरेर कमाए के फरक पर्छ र, होइन ? कतिछाडाहरु ।

रोमन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धन्न यति भएपनि गरेछन् । गर्नेलाई आलोचनामात्र गर्ने होइन, प्रशंसा पनि गर्नुपर्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।