जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सुन तोलाको आधालाख भन्दा बढि, अनि आयात चै ?


दिनदिनै सुनको भाउले नयाँ कीर्तिमान कायम गर्न थालेको छ । यसैले हिजोआज सुनको मुल्य प्रतिको चासो व्यापारी तथा खरिदारका लागि मात्र होइन, सुनको मुल्य सुन्ने मात्रहरुमा पनि बढ्दो छ । बुधबार केही मुल्य घटेपनि बिहिबार सुनको मुल्यले नयाँ उचाई छुन पुग्यो । यसअघि दशैंसम्ममा सुनको मुल्य पचास हजार पुग्ने आंकलन गरिएको थियो । तर सुनले दशैं पर्खिएन । आज बिहिबार सुन प्रतितोला पचास हजार पाँचसयमा किनबेच भयो । प्रतिव्यक्ति बार्षिक आय करिब ४४ हजार भएको देशमा सुनको एकतोला मुल्यले पचास हजार नाघेपछि धेरैलाई लाग्न सक्छ, सुनको मुल्यले नेपालीको क्रयशक्ति नाघीसक्यो । तर, के वास्तविकता पनि त्यस्तै होला त ?


सुनको मुल्य र महत्वको सम्बन्ध 
अर्थशास्त्रको सामान्य नियम अनुसार वस्तु तथा सेवाको मुल्य बढेमा त्यस्तो आपूर्तिमा कमी आउँछ । तर सुन अर्थशास्त्रको यो सामान्य नियमको परिधिभन्दा निकै पर छ । सुनको वास्तविक महत्व भन्नु नै यसको मुल्य हो । सुनमा सजिनेहरुले यसको मुल्यवृदि भएसँगै आफ्नो शानमा पनि वृदि भएको महसुस गर्छन् । यसैले सुनको मुल्य र यसको महत्वको सम्बन्ध प्रत्यक्ष समानुपातिक छ । अर्थात, सुनको मुल्य बढ्दा यसको महत्व पनि बढ्छ र, मुल्य घट्दा यसको महत्व पनि घट्छ । यसैले भन्न सकिन्छ, सुनको महत्व आज नयाँ उचाईमा छ ।

हामी कहाँ गरिब रै'छौ र ?
मैले माथि नै भनिसकें । धेरैलाई लाग्न सक्छ, सुनको मुल्यले नेपालीको क्रयशक्ति नाघीसक्यो । अब सुनको नेपालमा बिक्री घट्नेछ । यस्तो सोच्नुहुँदैछ भने गलत सोचाई हो त्यो । वास्तविकता त यस्तो छ, सुनको मूल्य लगातार बढिरहे पनि त्यसको आयातमा कमी नआई उल्टै बढ्ने क्रम देखिएपछि अर्थतन्त्र समस्यामा पर्ने डरले सरकारले आयात निरुत्साहित गर्ने तयारी गरेको छ। सुनको भाउसँगै आयात पनि बढेपछि अनुत्पादक क्षेत्रमा लगानी धेरै भएर अर्थतन्त्रलाई समस्यामा पार्न सक्ने सरकारको डर छ। एक सातायता सुनको मूल्य बढेर प्रतितोला करिब ५० हजार पुगेपछि आयात निरुत्साहित गर्न सरोकारवाला सरकारी अधिकारीहरुबीच बुधबार छलफल भएको थियो।

यसैले अब छाडिदिउँ, हामी नेपाली गरिब छौ भन्नलाई । आधालाख भन्दा बढि पर्ने सुन सरकारले रोक्ने स्थिती निम्त्याउँने गरि किन्ने हामी नेपाली गरिब हौ र ?


4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी नेपालीहरु गरिब छौ भन्नेहरुका लागि गतिलो झापड हुने भो सुनको व्यापार ।

विक्रम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुन अब चाही साच्चैको सुन जस्तो भयो ।

नलिना said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुनको भाउ बढ्दा के को हल्ला खल्ला ? जति बढोस् सक्नेले लगाउलान् । तर यहाँ त चामलको भाउ सुनको जस्तो हुन लागिसक्यो, चासोको बिषय यो चै हुनु पर्छ ।

आशा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खान लाउँन पो दुख छ त, सुन किन्न नसक्ने त होइन नी । हे हे हे

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।