एक पल्ट रसिया र भारतको कुकुरको भेट भएछ । भारतको कुकुर दुब्लो, ख्याउटे र रसियाको कुकुर निकै मोटो रहेछ । केही छिनको चिनजान पछि भारतको कुकुरले सोधेछ, होइन हौ साथी ज्यान त दामी बनाइएछ । तब रसियाको कुकुरले उत्तर दियो, के गर्नु साथी खानमात्र पाईन्छ, भुक्न पाईदैन । तब भारतिय कुकुरले निराश हुँदै भनेछ, साथी हाम्रो त भुक्न मात्र पाईन्छ, खानै पाईदैन । कुनै समयमा रसियाको कम्युनिष्ट शासन र भारतको लोकतन्त्रलाई यसरी तुलना गरिन्थ्यो । तर समय फेरियो । भारतले लोकतन्त्रमा मात्र होइन, समृदिमा पनि धक्कु लगाउँन थाल्यो । चाहे त्यसलाई भारत बाहिर र भित्र नै धेरैले बोक्रे भनुन् । तर समयक्रममा भारतको ढोंगी लोकतन्त्रको पर्दाफास क्रमशः हुँदैछ । आफुलाई सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक बताउँने भारतले आफ्नो अनुहारमा आफैले लोप्पा लगाएको छ, कारण पढ्नुहोस्
के कारण लगायो भारतले आफ्नै अनुहारमा लोप्पा
अन्ना हजारेले भारतमा बढ्दो भ्रष्टाचार रोक्न कडा कानुन बनाउँनका लागि केही समय अगाडी आमरण अनसन बसे । भारत भरि उनको समर्थन भयो । अन्तमा सरकारले भ्रष्टाचारीलाई कारबाहीका लागि कडा कानुन बनाउँन समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि उनले अनसन तोडे । तर भ्रष्टाचारीलाई कारबाही गर्न बनाइएको लोकपाल विधेयकमा प्रधानमन्त्रीका गतिबिधीलाई भने कानुनी दायरामा नल्याउँने नीति बनाईयो । अन्ना हजारे प्रधानमन्त्री पनि दायरामा आउँनुपर्ने भन्दै पुनः अनसनमा बस्ने तयारीमा थिए । तर उनलाई घरैबाट प्रहरी हिरासतमा लियो ।
नागरिकको बोल्न पाउँने स्वतन्त्रताको लागि वकालत गर्ने भारतले अहिंसात्मक रुपमा अनसनमा बस्ने हजारेको त्यो अधिकार र स्वतन्त्रता देखेन । विश्वलाई लोकतन्त्रको पाठ पढाउँने भारत स्वयम्मा कति अलोकतान्त्रिक छ भन्ने पनि यो घटनाबाट पुष्टि भयो ।
भारतको जस्तो लोकतन्त्र चाहिएन
नेपाल संविधान निर्माणको प्रक्रियामा छ । यसैले नेपालमा कस्तो शासकिय स्वरुप बनाउँने यसको विवाद समाधान भएको छैन । कांग्रेस लगायतका दलहरु जसले आफुलाई लोकतान्त्रिक भन्न रुचाउँछन्, ले भारतको जस्तो लोकतन्त्रको वकालत गर्छन् । सबैकुरा भारतबाट सिक्दै आएका भारतजिवीहरुलाई यो अनुरोध छ कि भारतको जस्तो लोकतन्त्र नेपालमा चाहिएको छैन । जहाँ बोलीमा र कागजमा लोकतन्त्र जताततै पोखिएका छन् तर सरकारको गलत क्रियाकलापको बिरोध गर्न पाईदैन । सरकारको गलत क्रियाकलापको अहिंसात्मक बिरोध गर्न पाउँनु नागरिकको जन्मसिद्ध अधिकार हो । यसैले कृपया, भारतको जस्तो लोकतन्त्रको वकालत नेपालमा नगर्नुहोला ।
तर जित्दैन भ्रष्ट र जनबिरोधी सरकार
केही अगाडी योगगुरु रामदेबले गरेको बिरोध कार्यक्रम भने भारतिय सरकारले निर्दयतापुर्वक दबाएको थियो । र, रामदेबलाई नै विभिन्न आक्षेप लगाउँदै सरकारले रामदेबमाथि जितेको थियो । तर अहिले हजारेलाई जेल चलान गरेको २४ घण्टा नबित्दै सरकार बिरोधी प्रदर्शन देशव्यापीरुपमा भएको छ । आफुले भनेको ठाँउमा निशर्त अनसन बस्न नदिएमा अन्ना जेल भित्रै अनसन बस्ने तयारीमा छन् । सरकार प्रहरी मार्फत नयाँ नयाँ शर्तको दलाली गरिरहेको छ । र, भारतिय सरकार जनतासँग हार्दै अन्नालाई छाड्ने निर्णय भने गरिसकेको छ ।
अन्ना हजारेको बारेमा थाहा पाउँन भित्र आउँनुहोस् ।

5 comments:
This is the real face of India. India has been taken height with this type of non democratic way.
अन्ना हजारेको सन्दर्भमा मात्र होइन, भारत अरु धेरै कुराहरुमा लोकतन्त्र देखाउँछ मात्रै । रामदेबको आन्दोलन भारतले अलोकतान्त्रिक कदमबाटै दबाएको थियो ।
हाम्रा नेताहरुले भारतिय नेताको समर्थनमा जुलुस निकाल्न बेर लाउँदैनन् । के को सिक्ने मात्र नि ।
लोकतन्त्रमा कहिलेकाँही यस्तो हुन्छ तर पनि सर, लोकतन्त्र नै राम्रो हो ।
Politics is the dirty game.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।