जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

गाईजात्रा बिग्रदैछ, तस्विर हेर्नुहोस्


फोटो : मेचीकाली
मल्लकालिन राजा प्रताप मल्लका छोरा चक्रवतीको अल्पायुमै निधन भएछ । आफ्नो छोराको अल्पायुको मृत्युका कारण प्रताप मल्लकी रानी शोकमा डुबिछिन् । त्यसपछि राजाले उर्दी जारी गरेछन् । यो बर्षभरी जसको परिवारमा कुनै सदस्यहरुको मृत्यु भएको छ, तिनले श्रावण कृष्ण प्रतिपदा अर्थात आजकै दिन गाईजात्रा निकाल्ने भनेर । त्यही उर्दीका कारण गाईजात्रा सुरु भयो र, रानीले पनि यती धेरैका पनि आफन्त मरेका रहेछन् भनेर मन बुझाउँन थालिछन् । त्यसैकारण एक वर्षभरि दिवंगत आत्माको मोक्ष प्राप्तिको कामनासहित हरेक वर्ष श्रावण कृष्ण प्रतिपदाका दिनदेखि अष्ठमी सम्म आठ दिन यो पर्व मनाउँने गरिन्छ ।
तर आजभोली यसको रुपमा निकै भिन्नता आएको छ । तस्विर हेर्नुहोस्





परम्परागतरुपमा गाईजात्रा दुख बिर्षने पर्वका रुपमा मनाईन्छ । हिन्दुहरुका लागि पवित्र जनवार गाईलाई अघि लगाएर मनाईने यो जात्रामा मानिसलाई नै गाईका रुपमा श्रृंगारेर पनि सहर परिक्रमा गराईन्छ । परम्परागत गाईजात्राको नमूना हेर्न माथिको तस्विर हेर्नुहोला ।

अब यो तस्विर हेर्नुहोस्
फोटो : माइसंसार
यो अघिल्लो बर्षको तस्विर हो । काठमाण्डौमा समलिंगीहरुले गाईजात्रालाई गेजात्राका रुपमा मनाएका थिए । अधिकारका लागि भने पनि उनीहरुको भड्किलो पोसाक र गतिबिधीलाई देख्नेहरुले असहज बनाएको थियो । यसलाई मैले पोहोरको गाईजात्राको सबै भन्दा विकृत रुपका रुपमा लिएको छु ।



यसरी पर्वहरुलाई तोडमोड गरेर अश्लिलता फैलाएर पक्कै पनि गाईजात्रा मनाएको मान्न सकिन्न । गाईजात्राका अवसरमा देशैभरि हुने प्रहसनहरुमा गरिन्छ । यस्ता प्रहसनहरुमा अश्लिलता तथा दोहोरो अर्थका वाक्यहरु प्रयोग नगरियास् । गाईजात्राका प्रहसन तथा जात्राहरु परिवारसँगै रहेर हेर्न सकिने होस् ।

रमाईलोको लागि गाईजात्राको यो प्रहसन हेर्नुहोला । यसलाई युट्यूवमा हेर्नु भयो भने थप सम्बन्धित प्रहसनका भिडियोहरु पनि हेर्न सक्नु हुनेछ ।






4 comments:

Pratik said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

its not a kind of gaijatra. It is the spitfull nonsense comedy.

Indira said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो केटो होइन कि केटो नै हो ? के लाको यस्ले ? लाज पचेको मोरो ।

भरत सिवाकोटी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो गाईजात्रा होइन, यो मगज खुस्केकाहरुको गे जात्रा हो । सालाहरुले यति राम्रो गाईजात्राको बदनामै गरे नि ।

भावना said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गाईजात्रै त हो, गाईजात्रै गरे नि ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।