जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

फेसबुक घाँटीको हाड नबनोस्

-बीना कार्की-
फेसबुकले कतिको जिन्दगीमा गर्नु गर्‍यो । फेसबुकमा गरिएका निजी कुराले राजादेखि रंकसम्म विवादमा मुसिए । नक्कली 'एकाउन्ट'को बिगबिगीले पनि इन्टरनेटमा नयाँ इतिहास रच्यो । नक्कली 'एकाउन्ट' बनाएर अरुलाई फसाउँन त मज्जै हुन्छ तर अरुले फसाउँदा चै फेसबुक 'एकाउन्ट' नै किन खोलिएछ जस्तो । 'बालै भएन नी' भनेर लेखिएका कुराहरु फेसबुकका 'वाल'भरि आउँदा कति नमज्जा लाग्छ, फस्नेलाई मात्र थाहा हुन्छ । 'सोसियल साइट' साथी बनाउँने त हो नी भन्दै आएजति 'रिक्वेस्ट एसेप्ट' गर्दा पछि तिनै साथीहरुले, रमाइलोका लागि अनि साथी र आफन्तसँग 'सेयर' गर्न भनि राखिएका फोटोहरु तानेर अर्कैको जीउमा टाउकोमा राखी अश्लिल र लाजमर्दो पारी 'ट्याग' पनि गरिदिए । यसैले कतिलाई 'रिपोर्ट' हानियो, कतिलाई 'ब्लक', हिसाब छैन । कति दिनसम्म फेसबुक खोल्न नै बन्द गरियो । सुन्दैछु, नोभेम्बर ५ मा फेसबुक ध्वस्त हुन्छ रे, या पार्छन् रे ।


तर किन किन मनमा किन ध्वस्त पार्नु र, भन्ने कुरा आईरहेको छ । सायद, दैनिकी नै फेसबुकमय भईसकेको छ ।

अस्तित्वमा आएको छोटो समयमा उत्पातै मच्चाएर अति शक्तिशाली साईट बनेको छ, फेसबुक । फेसबुकले मानिसको जिन्दगीमा एउटा रस भरिदिएको छ । नेपाल जस्ता गरिब मुलुकका जनता जो इन्टरनेटबाट टाढा थिए, तिनलाई पनि फेसबुककै कारण इन्टरनेट सिक्ने बनाएको छ । तर कतिका लागि त इन्टरनेट भनेकै फेसबुक जस्तो पनि भएको छ । दैनिकीमा यति भिजेको छ कि फेसबुक, त्यहीबाट मानिसको दैनिकी थाहा हुन्छ । फेसबुक बिनाको जिन्दगी सोच्न अफ्ठ्यारो छ धेरै मानिसहरुलाई ।

स्टाटसमा केही छुट्दैनन् । भान्सामा तरकारी नमिठो भएपनि फेसबुकमा । भात अलिकति पुगेन, फेसबुकमा स्टाटस । कतै जाँदा, पहिले फेसबुकमा अपडेट । हरेक कुरा फेसबुकमा लेख्न थालियो । फेसबुकमा सेयर नगरि त कुनै कामले पुर्णता नै नपाए जस्तो । थाहै नपाई फेसबुकलाई आफ्नो निजी जिवनको डायरी जस्तो बनाईसकिएछ । अहिले सुन्दैछु, फेसबुकले हाम्रो जानकारी संग्रह गरेर बेच्छ रे । तर मजस्तीको जानकारी किन्ने को होला र ? तर फेसबुक चलाउँने मजस्ता मात्र पनि त हुदैनन् नि है । बेच्छ पनि कि ।

तर यसमा म फेसबुकको दोष देख्दिन । हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष त हुन्छ नै । कुन पक्षको पल्ला भारी बनाउँने त्यो त तपाईको व्यवहार र सोचमा हुन्छ । यसैले फेसबुकको नकारात्मक पक्षलाई नै तपाईले वा हामीले बढी प्रयोग गरेका छौ भने त्योबाट कसरी सकारात्मक नतिजा निस्कन्छ । सोसियल साईट हो भन्दैमा कुकर बिरामी भयो देखि लिएर भन्न हुने र नहुने सबै कुरा किन लेख्ने ? नदेखिने भर्चुअल नै भए पनि त्यसको रियल जिन्दगीसँग केही कतै सम्बन्ध हुन्छ भनेर किन बिर्सने ? यस्तैको परिणाम हो । आज धेरैलाई फेसबुक, घाँटीको हाड भएको छ । फेसबुकलाई न प्रयोग गरेर तारिफ गर्न सक्छन्, नत छोड्न नै । यसैले फेसबुकको अस्तित्वसँगै रिसाएका हुन् ।


भनिन्छ नि कसको सरापले गाई मर्दैन । आफुलाई आजको स्तरसम्म ल्याएको फेसबुकले यस्ता खतराहरु तिर ध्यान दिएको छैन होला त । जति आक्रमण गर्छ त्यसको बचावट गर्ने ल्याकत निर्माण गरेको छैन होला त ? यसैले फेसबुक ध्वस्त हुन्छ भन्ने कुरा चै म मान्दिन । फेसबुक ध्वस्त हुन्छ भने आफ्नै कारणले हुन्छ । तर जे होस्, फेसबुक ध्वस्त पार्ने खबर सुनेर मनमा रमाईलो भने पक्कै लागेको छैन ।


4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सबै कुराको राम्रो र नराम्रो हुन्छ । फेसबुक पनि त्यस्तै हो । यसलाई उपयोग गरौं तर यसको कुलतमा नफसौं ।

अनल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

फेसबुक बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।

प्रीया अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तपाई जस्तो फेसबुक त्यस्तै । आखिर फेसबुक तपाईकै अनुहारको प्रतिबिम्ब त हो नि ।

tara subba said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

use garna najanneko lagi facebook bardan ho najanneko lagi avisap

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।