जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

माओवादी नेता जमरकट्टेलमाथि आक्रमण

काठमाण्डौको बबरमहल अगाडि फोनमा कुरा गरेर हिडिरहेका माओवादीका सभासद तथा मजदुर नेता शालिकराम जमरकट्टेलमाथि आज साँझमा आक्रमण भएको छ । धादिङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका मजदुर नेता जमरकट्टेललाई हिडिरहेको अवश्थामा पछाडिबाट आक्रमण भएको थियो ।

सुरुमा उनलाई गोली लागेको बताईएको थियो । तर चिकित्सकहरुले गोली नभएर धारिलो हतियार प्रहार भएको अनुमान गरेका छन् । उनीमाथि रड प्रहार भएको हुन सक्ने पनि अस्पताल स्रोतले बताएको छ । अहिले उनको थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

चोट अलिक गहिरै भएको तर उनको अवश्था खतरामुक्त रहेको जानकारी अस्पतालले गराएको छ ।

टाउको भित्रको हड्डी फ्र्याक्चर भएको जानकारी चिकित्सकहरुले दिएको पोष्टबहादुर बोगटीले बताए।




माओवादी भित्रको मुख्य शक्तिको रुपमा रहेको मजदुर संगठनमा विवादहरु केही अगाडी देखि बाहिर आउँन थालेका छन् । सोही सन्दर्भमा फरक फरक पक्षका व्यक्तिहरु माथि आक्रमण हुने घटना भइरहेका सन्दर्भमा यसलाई पनि सोही आक्रमण श्रृंखलाको पछिल्लो कडिका रुपमा पनि हुन सक्छ । मजदुर संगठनको विवाद मिलाउँन भन्दै माओवादीको मजदुर संगठनको अध्यक्षबाट जमरकट्टेललाई हटाईएको थियो । जमरकट्टेल प्रचण्डपक्षका नेताका रुपमा प्रचार गरिएका नेता हुन् ।

केही अगाडी एमाले नेता तथा मन्त्री गोकर्ण बिष्टमाथि पनि खुकुरी प्रहार भएको थियो । त्यसका दोषी अहिलेसम्म पत्ता लागेका छैनन् । माओवादीकै गृहमन्त्री भएकाले यो घटनाका दोषीहरु चै कानुनी फन्दामा पर्छन् कि । आशा गरौं ।





2 comments:

Nirman said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepalko security asto chha ki yahan thula netako pani surakchhya hudaina. hamro ta k kura vo ra

ritima said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

lau, k vako asto?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।