जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

चोरीको रिपोर्ट

-हरिप्रसाद भण्डारी-
उसको प्रमुख पेशा चोरी थियो । चोरीको काम दिन, रात, साँझ, बिहान जतिखेर पनि हुन्थ्यो तर पनि उसले रातिको समयलाई नै अनुकुल ठान्थ्यो । अरु समयमा सम्भाव्यता अध्ययन गर्थ्यो । अनुकूल स्थान भेटेपछि राति गएर झ्याप पार्थ्यो । चोरीको काम सामूहिक वा साँमूहिक रुपमा पनि हुन्थ्यो । तर त्यो काम अलि झण्झटिलो हुने, पछि बाँडफाँड गर्दा विवाद हुने हुँदा व्यक्तिगत रुपमै व्यवसाय चलाउन रुची राख्थ्यो ।


राम्रो आम्दानी थियो । सुबिधासम्पन्न तरिकाले बस्थ्यो । हिड्दा डुल्दा पनि चिटिक्क परेर हिड्थ्यो । बाटामा हिड्दा ऊ चोर वा पाकेटमार हो भनेर अनुमान गर्न सकिदैनथ्यो । अरुसँग जागीरे भएको बताउँथ्यो । सहर बजारमा कसले के काम गर्छ कसैलाई केही चासो हुदैनथ्यो । एकरात चोरी गरेर बिहानीपख घरमा फर्कियो । थाकेको थियो, बल्लतल्ल ढोका खोलेर भित्र पस्यो । साथमा ल्याएको सामान थन्काएर आराम गर्ने विचार गर्दै थियो, त्यस्तैमा घरभित्रको दृष्य देखेर ऊ चकित भयो । चकित के भन्नु झण्डै मुर्छा परेन । छाँगाबाट खसेजस्तै भयो । कञ्चटमा हात राखेर चिन्ता गर्न थाल्यो । कारण ऊ नभएको मौका पारेर उसको घरको सारा सम्पत्ति चोरी भएको थियो । घर प्राय खाली थियो ।

‘कुन पापीले चोरेछ । त्यसको सत्यनास होस् । भोलिको सूर्य देख्न नपाऒस् । अधर्मी मोरो, कोही नभएको मौका पारेर झ्याप पारेछ । हे दैव ! यसरी अर्काको मन रुवाएर खानु भन्दा त पुक्लुक्क मर्नु नि बरु ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌..........।’ यसो भन्दै निकै बेर एक्लै रोइकराई गर्‌यो । यसो उसो गर्दा गर्दै उज्यालो भइसकेको थियो । उसले छरछिमेकमा खवर गर्‌यो । हारगुहार गर्‌यो । त्यति गर्दा पनि उसको पोलेको मन शान्त भएन । त्यसपछि ऊ प्रहरी चौकीमा गयो र चोरीको रिपोट लेखायो ।


1 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

चोरलाई पनि त सम्पतीको लोभ लाग्छ नी । कम परिश्रम गरेर कमाको हो त ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।