जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अमिबा जस्ता मधेसका (मधेसवादी) पार्टीहरु

राजेश केसीको यो कार्टुन नै काफी छ फुटको राजनीति
बुझ्न (फोटो नागरिकन्यूज)
तराई मधेसमा डर लाग्दो रोग छ । जनताको हकहितको संरक्षणका लागि भनेर अनगिन्ती खुल्ला तथा भुमिगत पार्टीहरु छन् तराई मधेसमा । खास गरि मधेसी भन्न रुचाउँनेहरु मधेसी जनताका लागि भन्दै पार्टीहरु खोलिरहेका छन् । पार्टीहरुको संगठन बनिसकेको छैन दलहरुमा फुट सुरु हुन थाल्छ । अमिबा जस्ता विशेषता बोकेका छन् मधेसका दलहरुले । मधेसमा कुनै यस्तो दल छैन जो फुटेको नहोस् । खुल्लामा मात्र होइन, भुमिगत पार्टीहरुमा पनि फुटको ठुलै रोग सल्किएको छ । यही रोगले आक्रान्त बनेको सद्भावना पार्टी फेरि पनि फुटेको छ । अहिलेसम्म सद्‍भावना पार्टी कति पटक फुटिसक्यो सायद उनीहरुलाई पनि थाहा छैन । यसैले संविधानसभामा दलहरुको संख्या ३२ पुगिसकेको छ । यसमा मधेसवादीहरुको जति त योगदान कस्को छ र ?


फुटको श्रृंखलामा थप गर्दै नेपाल सदभावना पार्टी आनन्दीदेवी
नेपाल सद्‍भावना पार्टी आनन्दीदेवी फुटेको छ। दुई सभासद्‍ रहेका यो दलका एक सभासद् मोतिलाल दुगड नवनेपाल निर्माण पार्टी खोलेर अलग्गिएका हुन। यो पार्टीसहित अब संविधान सभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या ३२ पुगेको छ। आनन्दीदेवीमा भने सरिता गिरीमात्र सभासद्‍ रहेकी छिन्।



दुगडले आफूले नयाँ पार्टी निर्माण गरेको सूचना ३ बजेर १० मिनेटमा सभामुख सुवासचन्द्र नेम्वाङलाई गराएका थिए। यसरी नयाँ दल निर्माण गरेपछि सभामुखलाई जानकारी गराउनुपर्ने नियम छ।


2 comments:

अखिलेश यादव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

फुटुन् कुत्ताहरु । भारतका दलालहरु । भारतको इशारामा नाच्ने यस्ता पार्टीहरुको काम छैन ।

Nima said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

astako biswas garne madhesi manchhe kasta hun?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।