जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

देउवा झ्वाँक

देउवाको झ्वाँकलाई मान्नै पर्छ । एकापट्टी जति लचक भएपनि कोइरालाले सुन्ने छनक देखाएनन् । अर्कातिर नौ दिन देखि अनसनमा बसेका आफ्ना कार्यकर्ताको नैतिक जिम्मेवारी । यस्तो अवश्थामा देउवाले झ्वाँक देखाउलान् भन्ने चै लागिरहेकै थियो । तर सोचेभन्दा अर्कै झ्वाँक देखाए उनले । पत्रकार सम्मेलन गरेर कांग्रेसको केन्द्रिय सदस्यबाटै राजिनामा ठोकिदिए । उनको राजिनामासँगै भातृसंगठन विगठनको निर्णय उल्ट्याउँनु पर्ने भन्दै अनसन बसेका अनसनकारीको अनसन पनि उनले जुस पिलाएर तोडाए । देउवाको राजिनामा र अनसनकारीको एकतर्फी अनसन तोडाईले कांग्रेसको रडाकोले नयाँ उचाई पाएको छ । यसै भन्न गाह्रो छ, अब देउवाले के गर्छन् !



भन्नलाई त पार्टी फुटाउँनका लागि राजिनामा दिएको होइन भनेका छन् देउवाले । तर उनको बोलीमा विश्वास गर्ने स्थिती रहेको छैन । उनले पहिले पनि पार्टी फुटाएकै हुन् । कांग्रेसमा उनको समूहलाई अहिलेपनि दोस्रो दर्जाको कांग्रेसीमा राखिएकै छ । यस्तो अवश्थामा उनले फेरि पार्टी फुटाउँनलाई के को आइतबार पर्खनु पर्ला र ?

तर नाटक चै अचम्मै राम्रो थियो
कांग्रेसभित्रको यो रडाको यहाँसम्म आईपुग्नु अगाडीको नाटक भने अचम्मै राम्रो थियो । जब कोइरालाले बहुमतबाट भातृ संगठनहरु विघटन गरे । देउवापक्षधरहरुले आमरण अनसन सुरु गरे । फलामलाई फलामले काट्छ, कोइरालापक्षले पनि भोक नलागुञ्जेल भोकै बस्ने रिले अनसन सुरु गरे । देउवापक्षले आजमात्र अनसन तोडेका भएपनि कोइरालापक्षले भने हिजो नै आफ्नो अनसन सकेर दशैं डाकिसकेका थिए । उनीहरुले दशैँ लागेको भन्दै अनसन स्थगित गरेका हुन् ।


सभापति सुशील कोइरालाको प्रतिनिधिका रुपमा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु– रामशरण महत, नरहरि आचार्य, गोपालराज पहाडी, बलबहादुर के।सी।, दिलबहादुर घर्ती र आनन्दप्रसाद ढुंगाना लगायतले सबै माग पूरा गराउने प्रतिवद्धता व्यक्त गरेर कोइरालापक्षलाई खाएर दशैं मनाउँने बाटो खोलिदिएका थिए । व्यक्तव्यमा यसरी लेखिएको छ ।
२०६८ सालको विजया दशमी भोलिबाट नै प्रारम्भ हुने भएकोले नेताहरुको प्रतिवद्धता र विजया दशमीको प्रारम्भ यी दुवैलाई मध्येनजर गर्दै हाललाई रिले अनशन स्थगन गर्ने निर्णय गरिएको छ। हामी दशैं अगावै महाधिवेशन तयारी समिति गठन लगायत बाँकी मागहरु पूरा गरियोस् भनी जोडदार माग गर्दछौँ। यदि हाम्रा मागहरु आदरणीय नेताहरुले गरेको प्रतिवद्धता अनुरुप पूरा भएनन् भने हामी सशक्त ढंगले पार्टी सुधारका लागि आन्दोलनका थप कार्यक्रमहरु संचालन गर्न वाध्य हुने व्यहोरा यसै विज्ञप्ति मार्फत् जानकारी गराउँदछौँ।
सम्पूर्ण अनसनकारीका तर्फबाट,
विनोद कायस्थ
पूर्व अध्यक्ष, नेपाल तरुण दल

यसरी अनसनको नाटक त सकिएको छ । अब दुबैपक्षका कार्यकर्ताले भोकै बस्नु परेको छैन । तर कुरो र रडाकोले भने नयाँ चरणमा प्रवेश पाएको छ जसलाई मिलाउँन अब थप जटिल देखिएको छ ।

2 comments:

Moti Khaling said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

DEUBAKO JHYAKLAI JANATALENI SYAK SOK MANE6N MANPRYO MALAITA HAINA ABA BUDA NETALE RAJINAMA DINAI PAR6 SATTA 6ODNU PAR6 NAYA HARU LAINI MOUKA DINU PAR6 KATAI DESMA ALI SUDHAR AU6I KATI PURANALETA SAKE DESH LAI ....................

Mission King said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

शेर बहादुर देउवा लाई त पाटी फुटाउन त वाध्य बनाइएको हो नि। कमसेकम कोइराला ले सम्बोधन त गर्नु पर्थ्यो नी अन्सन्कारी हरु लाइ। तर उनले पनि यिनीहरु ले के पो गर्लान र! जस्तो व्यबहार देखाए पछि अन्तत:नेपाली कङ्ग्रेस पाटी फुट्ने लगभग निस्चित छ्। जे सुकै गरुन् हामीलाई तातो न छारो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।