जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अनि, दशैँ कस्तो भयो ?

दशैँ सकिसक्यो । अब त दशैँका लागि बिदा लिएर घर तिर या घुम्न तिर लाग्नु भएकाहरु  पनि पुरानै रुटिनमा फर्किसक्नु भईसक्यो होला । यसैले सोध्दै छु, दशैँ कस्तो भयो ? मेरो सोध्नु हुन्छ भने दशैँ नै चाँही रमाईलो भयो । घर गईयो । टिका लगाईयो । भेटघाट । मज्जा भयो । तर घर जाँदाको अनुभव भने निकै मन नपर्दो भयो । काठमाण्डौँबाट अष्टमीको दिन बिहानको ६ बजे हिडेको गाडी हेटौडा पुग्दैमा रातको ९ बजेको थियो । गाडी बाटोमा बिग्रेर १० घण्टा जति जंगल रुँगेर बसियो । १० घण्टामा घर पुग्नु पर्ने लाग्यो लगभग २८ घण्टा । गाडी शहर तथा चोकमा बिग्रेको भएपनि केही सहज हुन्थ्यो । तर बिग्रियो जंगलको बिचमा । अष्टमीको दिनमा भनेजति पानीसम्म नपिएर बस्नु पर्‍यो । हामी ठुलालाई त निकै गार्‍हो भयो भने साना केटाकेटीहरुको त झन् कुरै नगरौँ । बिचराहरु अर्काले पानी पिएको पनि लोभिएर हेर्ने भईसकेका थिए । बल्ल बल्ल हेटौडा पुगेर यसो केही खान भने पाईयो ।

तर बाटोमा जति पिडा भएपनि सबैको ब्याजसहित असुल भयो घरमा । घरको रमाईलोले बाटोको पिरलो सबै पछाडी पारिदियो । परिवारको माया, आत्मियता अनि स्नेहले सबै दुख भुलाईदियो । यसैले निष्कर्षमा यसपालीको दशैँ पनि खुब रमाईलो भयो । फेरि पनि सोध्दैछु, बरु तपाईको कस्तो भयो ? कुनै नयाँ अनुभव भयो कि ? अल्छि नगरिकन लेख्नुहोस् है । तपाईलाई दशैँको रमाईलोको कसम ।




5 comments:

Roshan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Oho! Dashaiko time ma ati purana gadiharu hal6an ki vani sadhye chhaina.ani yatrule dukha pauchhan bekaarma.

मदन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दशैँ रमाइलो भयो । यसपाली मामाघरमा बुढी हजुरआमाको हातबाट टिका थापियो । नयाँ कुरा र राम्रो कुरा नै यही भयो यसपाली । किनकी म निकै बर्ष विदेशमा रहेको थिएँ ।

आनन्द said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दशैँको रमाइलोको कसम दिनु भएछ । यसैले लेख्दैछु, दशैँ राम्रो भयो ।

गौतम बिष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ओहो गाडीको कुरा नै नगरम् । लास्टको सिटाँ उफार्नु उफारेर आधा ज्यान बनायो । घरको खसी जति खाए नि जिउमा सञ्चो भएन । कान्छीकोमा चिरिप्प नपारी जिउ दुखेको दुख्खै ।

mohan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

great yar

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।