जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

छ्या ! यस्तो पो खाँदा रै'छौ

आज एकजना साथीले यो फोटो मलाई ट्याग गरिदिएछ । कसले कहाँबाट खिचेको हो, थाहा भएन । फोटो हेरेर क्याप्सन पढ्ने बित्तिकै अस्ति देखि स्वाद मानी मानी खाएका बफ मम, चाउमिन, थुक्पा आदि भैसे परिकार प्रति दिङ्दिङ् लागेर आयो । हामीले खाने खाद्यपदार्थमा कति मिसावट छ भन्ने त दशैँ अगाडी छर्लङ्ग भएको थियो । आज यो फोटो हेरे पछि आफु प्रति झन् दया लागेर आयो । यस्ता थाहा पाउँदा पाउँदै चुप लागेर यसकै परिकार खाने हामी कस्ता ? छ्या !

तपाईलाई यो फोटो हेरे पछि कस्तो लाग्यो । यदि यसलाई रोक्नु पर्छ भन्ने लाग्छ भने एक पटक अल्छि नगरी प्रधानमन्त्रीज्युले चौबिसै घण्टा गुनासो सुन्न भनेर सुरु गरेको सेवा हेलो सरकारको इमेल 1111@opmcm.gov.np मा इमेल वा फोन नम्बर 1111 मा एक कल फोन गरेर प्रधानमन्त्रीज्यु हामी त यस्तो पो खाँदा रैछौ भन्ने हो कि ! के को खाँचो मलाई भनेर तर्किनु भयो भने त कुरै सिद्धियो तर सचेत भएर गुनासो गर्नु भयो भने जानकारीका लागि तलको कमेन्ट बक्समा गरेको गुनासोको बारेमा जानकारी दिनु है ।


4 comments:

वीनीता शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो एकदमै नराम्रो कुरा हो । हामीले यसको बिरोध गर्नै पर्छ । यसैले मैले हेलो सरकारको इमेलमा गुनासो गरेको छु । यसरी काटिएका र ओसारिएका मासु सिनो जस्ता छन् । हामी सिनो खान अझै कति बाध्य हुनु पर्छ ?

हेरौ के हुन्छ ?

Nabin said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

i called

Meena said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

chhi chhi chhi, we should go for veg item.

Birajmani said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आफू त शाकाहारी परियो ,यो तस्विर हेरेपछि मासू नभई खाना नरूच्नेहरूलाई भने सबक हुनसक्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।