जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विदेश काम गर्न जानेले जानी राखौं

रेमिट्यान्सले धानेको मुलुक हो नेपाल । तर पनि बैदेशिक रोजगारीमा राज्यले विशेष सतर्कता अपनाएको पाईदैन । मुलुकमा काम नपाएर विदेश पसिना बगाउँन जानेहरुका लागि विदेश त्यसै पनि सजिलो रहदैन । अझ राज्यको वेवास्ताले थप जटिलता र अफ्ठ्याराहरु आउँछन् । यसका उदाहरणहरु प्रशस्तै देखिएका छन् तर पनि रोकिने छाँट आएको छैन ।

विदेशी भुमीमा पुगे पछिको अफ्ठ्यारो मात्र होइन, देशभित्रैबाट सुरु भईसक्छ शोषण र अफ्ठ्यारा परिस्थितीहरु । यसैले चनाखो हुन जरुरी छ । शोषण र जालझेलबाट कसरी जोगिने ? आफुलाई अफ्ठ्यारो परेको तथा अन्याय परेको कुरा कहाँ गएर सुनाउँने ? कानुनी उपचार के हुन्छ ? यस्ता कुराहरु जानीराख्नु पर्छ । आज मात्र श्रम तथा यातायात मन्त्रालयले बैदेशिक रोजगारीमा जानेहरुका लागि कानूनी उपचारसमन्धी जानकारी भनेर सूचना निकालेको छ, हेर्न भित्र आउँनुहोस् ।


विदेशमा हुनुहुन्छ भने तपाईका तिता मिठा अनुभव बाड्नुहोस् । थाहा छ नि, खुसी बाँडे दोब्बर, दुख बाँडे आधा ।



3 comments:

ammar thapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

thanks....

Unknown said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाल सरकारले दिएको जानकारी मा धन्यवाद हाम्रो नेपाली दाजुभाइ हरु लाइ शुबिधा दिएको मा

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो । विदेश स्वर्ग होइन र, विदेश लैजाने देवदुत होइनन् । सबैकुरा बुझेर जानु राम्रो हो । नत्र दुख पाईन्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।