जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

झुम्कामा झुमौं है

नेपाल जस्तो विकासोन्मुख मुलुकमा ईन्टरनेटका प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका छन् । तिनै ईन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नया समाचार वेवसाइट झुम्का डट्कम् सुरु भएको छ ।

अरु सामाजिक सन्जालमा भन्दा थप नया सुबिधाहरु पाईने झुम्का डट्कममा  संसारको जुनसुकै कुनामा बसेर पनि समाचार, तस्विर, अडियो, भिडियो यसमा अपलोड गर्न मिल्ने सुबिधा छ ।




झुम्का डट्कम् को साइटमा छिरेर आफ्नो एकाउन्ट खोलेपछि जो सुकैलाई यो सुबिधा उपलब्ध हुनेछ । कसैलाइ मोडलिङ गर्न मन छ भने त्यो रहर पनि झुम्का डट्कमले निशुल्क रुपमा पूरा गरिदिनेछ ।

साथै ठूला सञ्चार माध्यमहरुले समेट्न नसकेका, ध्यान नदिएका विषयहरु पनि यसले देश विदेशका नेपालीहरुलाई जोड्न पनि मद्धत पुर्‍याउन सक्नेछ ।

धेरैजसो वेवसाइटहरुले बढीजसो नेपालको राजनीति, गरिबी, बेरोजगारीका बारेमा नकारात्मक कुराहरु लेखेकाले सकारात्मक समाचार दिन आफुले नया वेव साइट सुरु गरेको यसका सञ्चालक राम अधिकारीले बताए । ‘संसारभर नेपालका बारेमा सकारात्मक खबर फैलाउन र सूचना, मनोरञ्जन दिन खोजेका छौ ।' उनले भने ।


2 comments:

प्रतिक महर्जन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

वेभसाइटहरुको बाढीमा झुम्का नहराओस्, शुभकामना ।

southwestnepal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

dherai website aye gaye , herum ke ke garchha jhoomka le.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।