-बिष्णु गौतम-
परापूर्व कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महावदेव पति पाउँ भनि ब्रत बसेर महादेव नै पति पाएकाले सोही सिको गर्दै त्यसरी नै हिन्दु महिलाहरु श्रीस्वस्थानीको व्रत बस्ने गर्छन् । आज देखि एक महिने श्रीस्वस्थानी सुरु भएको छ । हिन्दुहरुका हजारौं चाडपर्वहरुमा यो सबैभन्दा लामो पर्व मानिन्छ । यसमा महिलाहरु बिहानै नुवाईधुवाई गरेर एक छाक मात्र खाई बिहान बेलुका दुई पटक श्रीस्वस्थानीको कथा सुन्ने र सुनाउँने गर्छन् । यो क्रम पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णीमासम्म चल्ने गर्छ ।
यो त भयो हामी सबैले बुझी आएको श्रीस्वस्थानी पर्वको परिचय र व्रतका बारेमा जानकारी । म सानै रहदा देखि नै मेरो घरमा हजुरआमा, आमा, भाउजु अनि दिदीहरु यसरी नै श्रीस्वस्थानीको व्रत बस्थे । दिनमा दुई पटक कथा पढ्थे । प्रसाद र मिठो पञ्चामृतको लोभमा म पनि सँधै सँगै । मेरो उमेर बढ्दै गयो । सबैजना उसैगरि व्रत बस्न थाले । उही किताब, उही कथा घरिघरि लाजमान्दै, घरिघरि हासो छोड्दै अनि घरिघरि निराश हुँदै बर्षैपिच्छे पढिन थाल्यो ।
आज पनि आमा, भाउजु र दिदीहरु उस्तै रोमाञ्चमा कथाहरु पढ्न थाले । तर सदा झै मेरो मनमा श्रीस्वस्थानीका कथाले प्रश्नहरु उब्जाउँछन् । समाजशास्त्रमा स्नातकोत्तर सकेकी मेरी दिदी र अर्थशास्त्रमा स्नातकसम्म पढेकी मेरी भाउजुले रोमाञ्चक भई कथा पढेको देखेर छक्क लाग्छ । यीनीहरुले कथा पढ्दा किन केही सोच्दैनन् ? दिदीलाई सोधे दिदीले भन्नुभयो, दिमाग साईडमा राखेर पढ्ने हो श्रीस्वस्थानी, मज्जा हुन्छ । हो पनि यस्ता हावादारी प्रसंगहरु छन् कि कथामा दिमाग प्रयोग गर्न थाल्यो भने बहुलाउँन बेर छैन । मलाई त लाग्छ, यस्तै हावादारी कथाहरुमा प्रश्न नउभ्याउँने र देउता हुन् सकिहाल्छन् नि भन्ने सोचेर नै हामीले विज्ञानमा हुने प्रगतिलाई रोक्यौं । अब तपाई नै भन्नुस् न, यस्ता हावा कथा बर्षैपिच्छे पढेर बस्नेले केही विज्ञानमा उन्नती गर्लान् भनेर सोच्ने ठाउँ नै कहाँ रहन्छ र ? श्रीस्वस्थानी कथाका हावादारी प्रसंगका केही उदाहरणहरु हेरौं न ।
-स्वस्थानीमा उल्लेख भए अनुसार मधुकैटब नामका राक्षसको बोसो पानीमा जमेर पृथ्वी बन्यो । मासुले पर्वत बन्यो । अनि हाडले ढुंगा बन्यो । तपाईलाई सही नसक्नु भएर भन्नुहोला कहाँ पृथ्वी त सूर्यको चोइटो हो, सेलाएर पृथ्वी बनेको । नभन्नु होला, दिमाग साइडमा राखेर कथा भन्ने सुन्नेले भन्लान्, कहाँ सूर्य चोइटिनु ति त सूर्यदेव पो हुन् त ।
-दक्षप्रजापतिकी पन्ती विरणीले तेत्तीस कोटी छोरी जन्माइन् रे । एक कोटीमा सवा करोड हुन्छ रे । हिसाब गर्दा विरणी एक्लैले ४१ करोड २५ लाख छोरी जन्माइछिन् । यो कुरो पत्याउँन त दिमाग साइडमा मात्र होइन, छिमेकीकैमा राख्नु पर्ला ।
-नवराजकी आमा गोमाले श्रीस्वस्थानीको कथा पढेकै कारण नवराज लावण्य देशका राजा भए । नवराज राजा हुने वित्तिकै हतार हतार कामदारलाई श्रीमती लिन पठाए । तर स्वस्थानीको प्रसादलाई दुत्कारेकै कारण लावण्य देश जाँदै गर्दा शालीनदिको पुलमा उनी चढेको डोली शालीनदीमा खस्यो । डोलेहरु चै मरे । उनी चै त्यही पानी भित्र बर्षौसम्म रहिन् । कथामा कतै लेखिएको छैन कि नवराजकी श्रीमतीले पानीमा खस्दा अक्सिजनको सिलिण्डर नै लिएर खसेकी थिइन् । तर अचम्म छ उनी पानी भित्र बर्षौ मुच्छित अबश्थामा रहिरहिन् ।
यतिमात्र कहाँ हो र ? त्यही कारणले देशमा खडेरी परेछ । शालीनदीमै केही खराबी भयो भनेर राजा नवराजले शालीनदी सफा गराएछन् । जालमा अड्किएर नवराजकी श्रीमती किनारमा आईछिन् । अनि कहिले होसमा आउँदै कहिले बेहोस् हुँदै बर्षौं किनारमै बसिरहिछन् । एकदिन बाहुनहरुको अर्ति मानेर तिनले पनि स्वस्थानीको कथा पढिछिन् । व्रतको प्रभावले अन्तमा उनका श्रीमान् राजा नवराजकहाँ पुगिछिन् । तब पो राजाले भनेछन्, मैले त कामले गर्दा श्रीमती थिइन् भन्ने नै बिर्सिएछु । लौ लोग्नेले स्वास्नी बिर्सिने कथा त एकता कपुरको हिन्दी सिरियलमा मात्र कहाँ हुँदोरहेछ त ?
-स्वास्थानी कथामा देउताहरुलाई जे गर्न पनि छुट छ । महादेवले आठ बर्षकी गोमालाई मात्र नछोडेका होइनन् । उनले मृगिनी र हाँसलाई पनि छल गरेका कथा छन् । बिष्णु त झन् कुरै बेग्लै वृन्दा पवित्र भई भनेर सतित्व डकिदिए । इन्द्रले पनि झन्डै पार्वतीको सतित्व डकिदिएको कुरा आउँछ । जबकि इन्द्राणी स्वर्गमा नै थिइन् । देउताकै ताल गर्ने हो भने कति पटक जेल बस्नु पर्छ कथा पढ्ने सुन्नेले के सुन्थे ।
-शिवको विर्य खाएका अग्नीले ओकलेको शिवजीको विर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरुको गर्भ रहृयो रे । विर्य बल्ने र आगो ताप्नै मिल्ने भए तराईमा शितलहरमा मान्छे किन मर्थे । सामूहिक बिर्यदान गरेर बालेर बस्थे होलान् । हुँदै नहुने कुरा पनि पत्याउँने बाबै ।
-शिवजीले आफ्नै पुत्र गणेशको टाउको छिनाएका, पछि पार्वतीले बिलौना गरेपनि हात्तीको टाउको जोडेर जीवित तुल्याएका । महाकाली र विरभद्रले दक्षप्रजापतिको टाउको काटेर होम गरेको, पछि विरणीको आग्रहमा बोकाको शीर जोडी दक्षलाई बिउँताएको कुरा कतिसम्म साँचो होला ? चिकित्सा विज्ञानमा बल्लतल्ल अंगप्रत्यारोपण सफल हुन थालेको बेला ऊबेलाको युगमा यस्तो हुन्थ्यो भन्ने रमाईलो कथा मात्रै हो । अझ उदेकलाग्दो कुरा त हात्तीको टाउको जोडेर पुत्र गणेशलाई बचाउन सक्ने महादेवले सतीदेवीलाई चाहिं किन नबचाएर कुहिएको अंग बोक्दै बौलाएर हिंडेछन् कुन्नि ? यस्ता कुरा अझै खोजीनिती गर्दै जाने हो भने उल्टै आफू बौलाउन बेर छैन ।
यस्ता कुरा त कति छन् कति श्रीस्वस्थानीमा । मयलबाट पनि मान्छे बनेका छन् । गोबरबाट पनि मान्छे बनेका छन् । पुत्लाबाट पनि मान्छे बनेका छन् । होइन, कथा लेख्नेलाई मान्छे कसरी बनाईन्छ भन्ने नै थाहा थिएन कि क्या हो ?
फेरि महिलालाई त मान्छे नै गनेको छैन । अहिलेका महिलाअधिकारवादी नभएर होला नत्र त जुलुस ठुलै लाउँथे होला । कथामा प्रस्टै भनिएको छ, पतिलाई रीस गर्ने स्त्री डेरी हुन्छे, पतिको वचन नमाने पापी हुन्छे, पतिसित मुख लागे वा गाली गरे लाटी हुन्छे, लुकाई खाए कुकुर्नी हुन्छे । अनि, फेरि प्रसाद भनेर बनाईएको १०८ रोटीमा पनि उस्तै विभेद छ । सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितछोरालाई दिनु, मितछोरा नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाईदिनु भन्ने स्वस्थानीमा उल्लेख छ । खोलामा बगाउनुको सट्टा छोरी भए उनलाई दिनु चाहिं किन नभनिएको होला ?
यसैले अबका एक महिना दिमाग साइडमा राखेर श्रीस्वस्थानीको कथा पढौं । कसैले भनेको सुनेको थिएँ, धर्ममा किन र कसरी भन्ने प्रश्न गरे धर्म मर्छ रे । साँच्चै हो रहेछ ।
तपाईलाई हावा लागेका कुनै प्रसंग छन् भने तल कमेन्टमा लेख्नुहोस् है ।

7 comments:
तपाइलाई थाहा रहेछ नि त धर्ममा किन र कसरि भन्ने नास्तिक हो भनेर । धर्म भनेको आध्यात्मिक चिन्तन हो भौतिकबाद होइन यहाँ सुत्र र तथ्य होइन मात्र बिश्वास चल्छ । श्री स्वस्थानी माता को कथामा शब्द केलाएर तथ्य खोज्ने होइन समग्रमा के भन्न खोजिएको हो त्यो बुझ्नु र बिश्वास गर्नु जरुरि हुन्छ जुन तपाइँ जस्ता समाजशास्त्री हरुको बसमा नहोला तर हिन्दु धर्ममा आस्था राख्नेहरु लाइ बुझ्न गाह्रो छैन । हिन्दु धर्म मा श्रीमती को निम्ति पति परमेश्वर हुन्छ र पति संग समर्पित, इमान्दार र आदर्श श्रीमती बन्नु नै एउटा सफल र सुखी परिवारको निम्ति नितान्त आवश्यकता भएको शिक्षा दिन खोजिएको छ । श्रीस्वस्थानी महिला हरुको पर्व हुनाले पुरुषहरुको महत्व दिइएको हुन सक्छ किन कि हिन्दु दर्शन मै नारी लाइ लक्ष्मी को र दुर्गाको स्वरूप पनि मानिन्छ । नारीको सम्मान गर्दा इश्वर खुसि हुने कुरा गरिन्छ ।दिदि बहिनि लाइ पूजा गरिन्छ र कन्याहरूको दर्शन हुनु शुभ लक्षण मानिन्छ जुन संसारमा कुनै पनि धर्म र दर्शन ले मानेको छैन । समग्रमा मा के भन्छु भने हाम्रो धर्म जस्तो उत्कृष्ट धर्म अरु छैन तर संसारमा मानिस ( अरु धर्ममा बिश्वास गर्ने हरु ) हामीलाई ढुंगा, पशु र रुख बिरुवा पुज्ने हरु भनेर होच्याउन थालेका छन् कारण हामी नै आफ्नो आश्थामा आश्था गर्न छोड्दै छौ । हामी ढुंगा, माटो रुख बिरुवा र पशुमा पनि इश्वर देख्छौ मान गर्छौ । हामी हरेक मनुष्य लाइ इश्वरको देन सम्झिन्छौ र भाइचारा राख्छौ । हामी शान्ति प्रिय छौ र हामीलाई शान्ति प्रिय हुन यहि ढुंगा माटो पशु पन्छी र रुख बिरुवा पुजन ले सिकाउछ भनेर संसार लाइ सिकाउनु छ न कि हामी आफ्नै छारो कन्याउन तिर लाग्ने ।
malai ta yo article nai hawa lagyo
Jesus Christ mareko 3 din pachi phere biuthiyo re ????????? Science ko generation ma pani America jasto desh ko manche haru ehi kura patyaeraai baseko chan. Kasko po dharmagrantha ma satya kura lekhiyeko cha ra ???
Christmas ko din ma yo kura pani uthako bhaye aaja yo post sandharvik hunthiyo . Hoina bhane paschimi parba ko andhabiswas ma chupchap lagne tara haamro aafno parba ko khulli udaunu uchit kadapi hoina.
Again,
Mareko 3 din pachi Jesus Christ kasari biutiyo ?????
बिस्वमा सबैभन्दा बिकशित देस अमेरिका हो त्यहाका मानिसहरु किन आफ्नो धर्म मान्छन किन चर्च जान्छन ?? के अरब मुलुकका मानिसहरु हामी भन्दा लाटा होलान र ... अल्लाह कुन हो ?? भनेर सोध्नुस तपाइको गर्धन चट् ..| हाम्रो शास्त्र नैतिक बिचारले सभ्य समाजको सिर्जना गर्नको लागी लेखिएको उपन्यास हो | यसलाई बदल्ने अधिकार लेखकलाई मात्र छ तपाइलाई होइन | जस्तो की मुनामदनको मदनलाई काले बनाउन सकिदैन की त तपाई बेद्ब्यास बन्नु पर्छ | की त देबकोटा नैतिक धर्मलाई पाखा छाडेर कुन आधारले हेर्नुहुन्छ तपाई आफ्नो बुबा आमालाई ..????
स्वस्थानिमा लेखिएको कुराहरु असम्भव छैनन आज पनि ती कुरा हरु सम्भव छन तर त्यस्तो कार्य गर्ने मनिश हरु हाम्रो अगाडी हुन्नन र हामी पत्याउन पनि खोज्दैनौ त्यस्त कुराहरु । केहि यस्ता कुरहरु भए भने हामी जादुगर रैछ भन्ने गर्छौ । हामीले हाम्रो धर्म शास्त्रमा भएका कुराहरु लाई सोच्न सकेनौ । पत्याउन सकेनौ नत्र बिमान बनाउने कुनै बिदेशी नभै नेपाली हुन्थ्यो होला । स्वस्थानिमा बिमान (हवाइजहाँज्) को बारेमा प्रसस्त बर्णन गरिएको छ । आज पनि यदी हामीले प्लेन नदेखेको भए यो पनि हामीलाई हावा कुरा लाग्थ्यो । हामी २१ औ शताब्दिका कुरा गर्छौ । बिज्ञानका कुरा गर्छौ तर हामी यो कुरा सोच्दैनौ कि बैज्ञानिक हरुले एस्ता कुराहरु कतै हाम्रै धर्मशास्त्र कै उपयोग गरी पत्ता लगाएका पो थिए कि, किन भने बैज्ञानिक ले बनाउनु भन्द धेरै अगाडी यी कुराहरु लेखिएका थिए हाम्रो धर्म शास्त्रमा ।
@syanghasahitaya ज्यादै सहि कुरा गर्नु भयो बस्ताब मा म् पनि यहि कुरा लेखना खोज्दै थिए!!!! धार्मिक ग्रन्थमा यसरि औला उठाउने हाम्रो लेखकज्यु कतिवटा सास्त्र अध्ययन गरेको विद्वान हुनुहुन्छ जान्न मन लाग्यो!!!! अंग्रेजी मा उखान छ -'Little Knowledge is dangerous', धर्म सास्त्रमा बयान गरिएका सबै कुराले सांकेतिक रुपमा हाम्रो दैनिक जीवनमा प्रभाब पारिरहेको हुन्छ!! आफुलाई बिस्वास लाग्दैन भने पनि यसरि खिल्ली उडाउनु चाहिँ पक्कै पनि राम्रो होइन :((
सशवास्थानीको कर्थाले मलाई चाहि पहिला नै अघाएको। हावाकुराको कमेन्ट लेखेर समय खेर खिन खेर फाल्ने। धन्यवाद।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।