जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रमोसन गरिनस् भनेर मेरो गीत अर्कैको नाममा राखियो

-शिव पँलास, गीतकार-
गीत मानविय संवेदना र अनुभुतिको कोमल र लयात्मक प्रस्तुति हो । जीवनलाई निकै नजिकबाट चियाउँन सक्ने भएकाले मैले सानैदेखि गीत लेख्न सुरु गरेको हुँ । मेरा एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । शिशिर योगीको स्वर तथा बीबी अनुरागीको संगीतमा रेकर्ड भएको माया गर्नुको अर्थ सिउँदो भर्नु होइन ले चार बर्ष अगाडी नै मलाई गीतकारका रुपमा चिनायो । यसबाहेक आधुनिक गीती एल्बम सप्तक, तिमी, निष्पट्ट र आउँदै गरेको खेम गुरुङको एल्बममा पनि मेरा केही गीतहरु समावेश गरिएका छन् ।

यसले अरु गीतकारहरुलाई झै मलाई पनि परिचय दिएको छ । भाइब्स् क्रियसनले बजारमा ल्याएको सन्तोष कोन्मेको पहिलो एल्बम मृत्युपछि ले भने मलाई पीडा दियो । यस एल्बममा कोमल हातमा र सुटुक्क मन गरी मेरा दुई गीतहरु छन् । विडम्बना, कोमल हातमा गीतको अडियोमा गीतकार शिव पँलास र भिडियोमा गीतकार भनेर गायक स्वयमको नाम उल्लेख गरिएको छ ।



अडियो कभरमा मेरै नाम उल्लेख भएपनि भिडियोमा भने उनले जानीजानी उनको नाम राखेर सार्वजनिक गरेका हुन् । यस बिषयमा बुझ्न खोज्दा उनले मलाई गीतकार बनाएर कृपा गरेको र एल्बमको प्रमोसनमा सहयोग नगरेकोले मेरो नाम नराखेको बताए । मलाई लाग्छ, यो धेरै गीतकारको पिडा हो । मेरो आफ्नै सृजना अर्काको नाममा सार्वजनिक हुँदा पनि मैले गर्न सक्ने प्रभावकारी उपाय छैन ।

सो एल्बममा मेरो मात्र होइन । युवा संगीतकार प्रदीप रानाले उक्त एल्बममा दुई गीतमा संगीत दिएका छन् । तर कोन्मेले एक गीतमा मात्र रानाको नाम उल्लेख गरी अर्कोमा आफ्नै नाम उल्लेख गरेका छन् । क्षणीक आवेग र केही आर्थिक लगानीकै भरमा सिर्जनामाथिको अत्याचारले मलाई गम्भिर, सोचमग्न र मर्माहत बनाएको छ ।


3 comments:

विकाश मिश्र said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लौ यस्तो पनि हुन्छ है । पतित कलाकारहरु ।

बबिता मानन्धर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कोन्मे जस्ता कलाकार रहुञ्जेल नेपाली गीत संगीत कहाँ माथि उठ्छ । सालाहरुलाइ लात हान्दै भगाउँनु पर्ने ।

मदनमोहन न्यौपाने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लेख पढ्दा गीतकारमाथि अन्याय भएकै हो जस्तो लाग्छ । तर प्रमाण नभए पछि लेख अलिक खल्लो झै लाग्छ । कृपया प्रमाण पनि दिए राम्रो हुन्थ्यो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।