आज नेपाल आयल निगमले आफ्नो स्थापनाको ४१ बर्ष पुरा भई ४२ औं बर्षमा प्रवेश गरेकोमा बार्षिकोत्सव मनाएको छ । बितेका ४१ बर्षमा आयल निगमले कति घाटाको कारोबार गर्यो र त्यसको कारण के हो भन्ने बिषयमा कति खोजिनिती भयो त्यसको खोजखबर त ट्यांकरका ट्यांकर तेल खाएर डकार्नेहरुलाई मात्र थाहा होला । तर आज आयल निगमकै प्रतिबद्धतामा प्रकाशित भए अनुसार अहिले मात्र पनि आयल निगमले २१ अर्ब भन्दा बढी घाटा ब्यहोरिरहेको रहेछ । र, मासिक घाटा नै १ अर्ब ५० करोड भन्दा माथि छ रे ।
उसले भनेको छ, यो अनपेक्षित घाटा हो । उसका लागि अनपेक्षित नै होला तर जहाँसम्म हामीले आयल निगमको व्यवश्थापन देखेका र भोगेका छौ हाम्रा लागि भने यो अपेक्षित नै हो । यतिका घाटा बेहोरिरहेको निगमले आफ्नो बार्षिकोत्सव गोहीका आँशु झार्दै मनाएको छ । आज पत्रपत्रिकामा प्रकाशित प्रतिबद्धतामा हेर्नुहोस् न उसको गोहीको आँशु सहितको बिलौना ।
निगमको रुवाई तल पढ्नुहोस्
उसले प्रकाशित गरेको प्रतिबद्धता पढ्ने हो भने बिचरा भने झै लाग्छ । तर भावनालाई अंकुश लगाएर सोच्ने हो भने उसको रुवाई गोहीको आँशुभन्दा पर केही पनि होइन । खाली बक्यौता रकम तिर्न नसक्दा बजारका पर्याप्त इन्धन आपूर्ति गर्न नसकिएको भन्दै सरकारसँग अनुदान माग्नु छ । कति चुहावट हुन्छ, हिसाब छैन । भ्रष्टाचारले ग्रस्त छ, तर रोक्ने तर्फ कुनै पहलकदमी छैन । उल्टै अरबौं घाटामा गए पनि कर्मचारीहरुमा बोनस बाड्नु छ । यस्तो ताल गर्ने निगमको रुवाई गोहीको आँशु होइन भनेर त इन्द्रका बाउ चन्द्रले पनि सक्दैनन् ।
आयल निगम घाटामा जाँदा हामी नागरिक चै कहाँ नाफामा छौ र ? हाम्रो पनि त अवश्था यस्तो छ ।

सम्बन्धित ब्लग
प्यास पेट्रोलको
4 comments:
हो । यो आयल निगमको गोही कै आँशु हो ।
अब तेलको कारोबार निजि क्षेत्रलाई दिदा राम्रो हुन्छ । निजी क्षेत्रले पाए यस्तो स्थिती हुँदैन ।
आयल निगमलाई मात्रै दोष दिनु हुँदैन । सर्वसाधारणलाइ गलत जानकारी दिइएको मात्र हो । आयल निगम बिग्रनुमा राजनीतिक कारण नै मुख्य हो । साला सबै कार्यकर्ता भर्ने ठाउँ भएको छ अनि ।
धन्य छ आयल निगम । जति घिचे पनि नअगाउँने । जति बेचे पनि नाफा नकमाउँने तर बोनस बाड्ने । धन्य छ अायल निगम ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।