जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

केही रोमान्टिक गजलहरु भ्यालेन्टाइन्स डे विशेष

तिम्रो लागि केही लेख्नुको मजा नै बेग्लै छ
सपनामा तिमी देख्नुको मजा नै बेग्लै छ ।

एक्लो कोठा र बन्द ढोका, आगमन तिम्रो प्यारो
चिसो खाट र मध्यरात, न्यानोपन तिम्रो प्यारो । पुरा गजलहरु पढ्न भित्र आउँनुहोस्



तिम्रो लागि केही लेख्नुको मजा नै बेग्लै छ
सपनामा तिमी देख्नुको मजा नै बेग्लै छ

बनाएर उपत्यका राँखु कि तिमीलाई
तिमीले संसार छेक्नुको मजा नै बेग्लै छ ।।

किन कष्ट मान्थेँ म ? हाँसी हाँसी सबै भोग्छु
तिम्रो लागि काँडा टेक्नुको मजा नै बेग्लै छ ।

बेहोसी पागलपन हेर तिम्रो मायाको
तिमी भेट्न होस फ्याक्नुको मजा नै बेग्लै छ ।।


एक्लो कोठा र बन्द ढोका, आगमन तिम्रो प्यारो
चिसो खाट र मध्यरात, न्यानोपन तिम्रो प्यारो ।

लिदा नि बोझ बन्ने, लिन नजान्दा, दिन नजान्दा
प्राप्ती अभाव एकनास, समर्पण तिम्रो प्यारो ।।

प्रिय औधी हरेक कुरा, तिमीसँग जोडिएका
सामिप्यता मात्र होइन, रित्तोपन तिम्रो प्यारो ।

गुलाव रोप बगैचामा या झारले ढाकोस् सबै
आकर्षण अविरल, घर आँगन तिम्रो प्यारो ।।

कति बाधा दुँनियाको ? जात, धर्म, कुलको कुरा
राजाको होस् या रंकको, कुलघरान तिम्रो प्यारो ।
-गजलहरु : गणेश कार्की-
तपाईहरुका रोमान्टिक गजलहरु तल कमेन्टमा लेख्नुहोस्

8 comments:

Asmi Gm said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अचारमा तिलको छोप हो कि प्रेम दिवस
बिरामीलाई दादुरे खोप हो कि प्रेम दिवस

बर्साभरिमा एकचोटी हर्सौल्लास मनाउदै
फूलपातीमा पड्काउने तोप हो कि प्रेम दिवस
...
सालैभरी चुम्बकको बिपरित ध्रुव जस्तो
आजैको दिन टासीने चोप हो कि प्रेम दिवस

बा-आमाको मर्जीमा नै बिहे गर्नु पर्ने हामि
नेपालीको सस्कृतिमा लोप हो कि प्रेम दिवस

अनुप राना मगर "स्याङ्जाली" said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

प्रेम दिवस मान्नलाई रानीबन जाउँ है सानु
अंगालोमा बांधिएर चोखो माया लाउँ है सानु ?
.

तिमी पनि पहिलो चोटि म पनि त त्यस्तै परें
जुनि जुनि नछुतिने बाचा कसम खाउँ है सानु ?
.

एकै छिन नदेख्दानि खाली खाली लाग्छ् मुटु
आँखा भित्र बसिकन अंग अंग छाउँ है सानु
.

सुख दुख आफ्नै ठानि बाँडिचुणी लिउला हुन्न
जस्तै दुख परे'नि सुखका गीत गाउँ है सानु ?
.

छुट्टै बस्ति बसाएर अन्तै शहर गैयो भने
दुइचार वटा भान्टाङ् भुन्टुङ् पनि पाउँ है सानु ?

अनुप राना मगर "स्याङ्जाली"
चिन्नेबास - ८
हाल - साउदी अरब

तोरन राई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पार्टी दिए बिशेष दिवसमा खर्च सबै रिन थियो
फाल्गुनको महिना, समय दिउसोको तीन थियो

प्रारम्भमा गजल भन्दै एउटा जोडी प्रस्तुत भयो
सुनीरहु लाग्ने गजल तर अबधी एकै छिन थियो

पिउदै थिए पिउनेहरू, नाच्ने नाचदै थिए
मस्त थिए एकअर्कामा पल कत्ति रङिन थियो

जम्दै थियो पार्टी अरु उपहारहरूको बर्सा संगै
प्रेमिकाको स्पर्समा पुरै शरीर झिन झिन थियो

अन्त्य तीर छुट्यौ सबै समयले नेटो कट्यो
चाहेर पनि भुल्न नसक्ने प्रेमदिवसको दिन थियो

dhungana suraj said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

really nice,

अतित सुब्बा झापा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दुनियाँको सामु प्रेमको नाम टाँसौंला हामी पनी !
समाजले रोके नातामा डाँडा काटौंला हामी पनी!

मानिसको कोलाहलमा लुक्नु छैन शिर झुकाई !
दुख सुखमा दुई मुटु साटी बाँचौंला हामी पनी !!

उराठ बन्थ्यो देउराली पाखा कोइली चरी गाउँदा!
अब रुनु हुन्न फेरी रमाई नाँचौंला हामी पनी !!

यात्रा अलग भए पनी बन्यो नाता अहिले छुट्टै !
संसार बनाएर खुशी बाँडी हासौंला हामी पनी !!

फुल सरी फक्रिएको चुडी गए होला कयौं थुंगा !
सुन्दर यो जवानीको माला गाँसौंला हामी पनी!!

दिलिप राई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आज दिन् त उनिसंगै बस्न पाए हुन्थ्यो }
च्याप्प समाई् अँगालोमा कस्न पाए हुन्थ्यो }2

ह्रिदयको कुना कुना गरी जादु टुना }
नसा नसा चालि भित्रै पस्न पाए हुन्थ्यो }2

बर्षा याम्मा बर्षीदिने दर्के झरी जस्तै }
तिम्रो नै त्यो जवनिमा खस्न पाए हुन्थ्यो }2

गुम्सिएका मन्का कुरा साटासाट गर्दै }
एकान्तमा साँपले झै डस्न पाए हुन्थ्यो }2

काउकुति लगाएर माया जगाएर }
तिम्रै माया जालभित्र फस्न पाए हुन्थ्यो }2

वियोगी काइला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

चौबन्दीको चोली लाउदा कस्ति राम्री टल्किएर !
शिर बन्दी नाके फूली लाई हेर्छे ढल्किएर !!

उन्को आँचल वरीपरी बुट्टे फुल सुनखरी !
जुन्किरी झै ज्योति बाली सुहाएकी झल्किएर !!

छेऊ परी हासेपछि धड़कन बढ्यो मुटुभित्र !
अँगालोमा बाँधू लाग्यो बातै बात्मा पल्किएर !!

आखा भित्र राखे पनि नबिजाउने झै लाग्यो !
झरी ऊ त राखे पछि आँखा बाटै छल्किएर !!

अभागीको रुखो जीवन कहा भाग्य फुल्छ र ?
चल्दा चल्दै पैलाहरू रोकिएछ्न् अल्झिएर !!

bikash said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

www.paniphoto.com malai sarai man paryo aja bata maila dharai thorai kura sikdai gaya.sarba pratham ta hami bideshma rahaka harula fre sms ko subidha dinu bhayko sarai man paryo tas bahak anya bidesh sambhandi taja samchar ani afnai desh ko satya tathya kura directly padhnu pauda sarai khusi lagyo malai lag6a www.paniphoto.com bhabisya ma gayara auta ramro ani sarbasulab sancharko pratam srani ma pugna 6.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।