जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मधेसीको सेन्टिमेन्ट खोज्दै जेपी गुप्ता जेल गए

कारागार लगिदै गुप्ता (फोटो सौजन्य बिबिसी)
अन्ततः सर्वोच्चको यो फैसलासँगै जेपी गुप्ताको राजनीतिक जिवन सकिएको छ । उनी आज बेलुका लगभग ६ बजेभन्दा अगाडीसम्म मन्त्री रहेका मान्छे हुन् । सर्वोच्चले भष्ट्राचारी ठहर गरेसँगै उनी अपराधी बनेँ र तत्कालै सञ्चारमाध्यमबाट खुल्ला राजिनामा दिए जस्तो गरे । आखिर उनले राजिनामा नदिए पनि अभियोग प्रमाणित भएपछि स्वत: उनी पदबाट हट्नेथिए । अनि, अहिले उनी डिल्लीबजार कारागारमा कैद छन्, त्यो पनि डेढ बर्षको लागि । योसँगै अब उनी मन्त्री हुन वा सार्वजनिक महत्वको पदमा बस्न पाउँदैनन्, उनलाई फौजदारी अभियोग लागेको हो । नेपालको कानुन अनुसार उनी मन्त्री हुन पाउँने यो नै अन्तिम पटक थियो ।


बठ्याई गरेर लाखौं भष्ट्राचार गरेका मान्छे हुन् उनी । र, राजनीतिको खेलमा पनि उनको निकै लामो सुझबुझ छ । यसैले उनलाई अब मन्त्री हुन पाइदैन भन्ने थाहा नभएको त पक्कै पनि होइन । तर पनि उनले जाँदा जाँदै मधेसीको सेन्टिमेन्ट लिने कोशिस गरेका छन् । सायद भोली केही चमत्कार हुने आशमा होलान् उनी । उनले अदालत परिसरबाटै उनीमाथिको सजाय मधेसी जनताको लागि उनले गरेको संघर्षको कारण भएको हो भन्नसम्म भ्याए (थप भित्र भिडियोमा हेर्नुहोस्)। तर उनकै विगतले देखाउँछ उनको मधेसी सेन्टिमेन्ट स्वार्थवशमात्र आएको थियो । निकै बर्ष कांग्रेसमा रहेका उनी मधेस आन्दोलनले निकै गति लिएपछि मात्र मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । र, पुनः स्वार्थवश मधेसी जनअधिकार फोरमलाई टुक्राएका थिए ।


उनले जेल जाँदा जाँदै के भनेँ, तल भिडियोमा हेर्नुहोस्
उनले यस्तो गफ दिए:
पहिलो कुरा त म २०-२५ वर्ष मिडियाका साथीहरुको सम्पर्कमा रहेको थिए । र सर्वोच्च अदालतको यो फैसलाले गर्दा परिस्थितिमा परिवर्तन आएको छ । अब म एउटा राजनीतिक पार्टीको कार्यकर्ताको रुपमा, राजनीतिक पार्टीको नेताको रुपमा सायद तपाईंहरुसँग मेरो यसरी भेटघाट हुनेछैन ।

दोस्रो कुरा आज म तपाईंहरुमार्फत नै मेरो मन्त्रीपदबाट राजीनामाको जानकारी गराउन चाहन्छु । र, म अदालतबाट यो स्थितिमा प्रधानमन्त्रीलाई मेरो राजीनामा प्रेसित गर्न सक्दिन, त्यसकारणले मिडियाबाटै प्रधानमन्त्रीजीलाई जानकारी होस् भन्ने मेरो आग्रह छ ।

तेस्रो कुरा के हो भने यसलाई मैले एउटा संघर्षकोरुपमा लिएको छु । म अदालतका फैसलाको धारा, उपधारामा जान चाहन्न । अदालतले ममाथि कति कति बिगो ठहर्यायो र कति कैद सजाय तोक्यो यसमा म जान चाहन्न । भोलि पर्सी नेपालको अदालतले गरेको यो फैसलाको मुल्याकंन कानुनको क्षेत्रमा काम गर्ने साथीहरुले गर्नुहुनेछ । तर मैले यसलाई यो अर्थमा लिएको छु कि मैले मधेसी जनताको लागि गरेको संघर्ष र मधेसी जनताको आन्दोलनलाई जसरी मैले अगाडी बढाउँने निधो गरेँ । र आज पर्यन्त अगाडी जसरी बढाएँ । त्यसवापत दण्डित गर्ने काम गरेको छ । यो कुरा मैले राजनीतिक व्यक्तित्वको रुपमा अदातलको फैसला सुनेपछि म आफैले अदालतमा प्रकट भएको हुँ ।

म निस्केपछि मैले यो आन्दोलनलाई पुन अगाडी बढाउँने छु । मेरा पार्टीका साथीहरुलाई र मधेसी मोर्चाका साथीहरुलाई मधेसले भावी दिनमा भोग्ने संकटका रुपमा बुझ्न आग्रह गर्दछु । यति भन्दै यहाँहरुबाट बिदा चाहन्छु । धन्यवाद



हाम्रो भन्नु
साभार फेसबुक

2 comments:

प्रेम थपलिया said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भुत्राको मधेसी । यो न मधेसी हो न पहाडी न त हिमाली नै । यो फगत बेकाम्मे फटाहा नेता हो । मधेसी जनताले यस्तालाई साथ दिनु हुदैन ।

बिनिता निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्तैका छन् दिन । हामी मधेसी भनेर गफ देको भरमा जे पनि गर्न सक्छन् हामीले के गर्नु र । मधेसीहरु यस्तालाई समर्थन नगर ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।