जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस् - भावना पोख्नुहोस्

यी बालक पशुपतिनाथको मन्दिरमा श्रदालुहरुले चढाएको पैसा टिप्दैछन् ।
आज तस्विर हेरेर कविता लेख्ने चुनौतिस्वरुप यही तस्विर राखेको छु । कोशिस गर्नुहोस् है ।


2 comments:

मुरली प्रसाद ओझा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

चिसो पानी
फागुनको बेला
एक दुई पैसाको लोभ
पानीमा हेलिदै
फोहोरमा जेलिदै
हिडेको म बच्चो ।

म टिप्छु पैसा
लाशबाट
तपाईका हातबाट
गाली र घृणाको खातबाट ।

मेरो अधिकारको कुरा गरेर
महल बनाए रे कसैले
यही राजधानीमा
तर म
उस्तै छु
किन ?
मेरो प्रश्न तपाईलाई ।

म सोच्न भ्याउँदिन
तपाई सोचिदिनुहोस् मेरो लागि ।
किनकी
चिसो पानी
फागुनको बेला
एक दुई पैसाको लोभ
पानीमा हेलिदै
फोहोरमा जेलिदै
हिडेको म बच्चो ।

milan gautam said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

फोहोर नदि
तर सफा छ पैसा
यसैले टिप्छु ।

यो हाइकु लेखेको छु । प्रकाशित हुने आशामा ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।