जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जेपी गुप्ताका 'आँपे' कुरा सर्वोच्चले पत्यायो/पत्याएन ?

उनले निकै बर्ष अगाडी विशेष अदालतबाट सफाई पाइसकेका थिए । सर्वोच्चमा उनको मुद्दा अड्किएको पनि बर्षौँ भइसकेको थियो । फैसला भइहाल्ने भन्दै भाका सरेको देख्दा गुप्ताको विरुद्धमा फैसला होला भन्ने आधार निकै साँघुरो हुँदै थियो । अझ उनी बहालवाला मन्त्री थिए, मधेसी मोर्चाका शसक्त र प्रभावशाली नेता पनि । तर एकाएक उनले मधेससँग काठमाण्डौंको सम्बन्ध टुट्न सक्ने धम्की दिए । सोसल साइटमा सुरु भयो गुप्ताको धम्की विरुद्ध मोर्चाबन्दी । उनका विरुद्धको प्रमाण खोज्ने क्रमसँगै सार्वजनिक भएको थियो, उनले आँपको बिक्रीबाट सात लाख कमाएको भनेर दिएको आम्दानीको स्रोत विवरण । यही अपत्यारिलो दलिलविरुद्ध लाग्यो सोसल साइट । तल तस्विर हेर्नुहोस् । यो तस्विर फेसबुकबाट साभार गरिएको हो । 
यो तस्विर सोसल साइटमा सेयर र लाइक गरिरहदा सबैको मनमा एउटै प्रश्न थियो, डेढ कठ्ठाको आँप बेचेर कसैले ७ लाख कमाएँ भन्दा पत्याउँला सर्वोच्चले ? आज जेपी गुप्ताका विरुद्धमा त फैसला भयो । सर्वोच्चले उनलाई डेढ बर्ष कैद र ८४ लाख जरिवाना असुल गर्नु भनेर आदेश त दियो । तर उनले पेश गरेको डेढ कठ्ठाबाट ७ लाख कमाएँ भन्ने कुरा चै सर्वोच्चले पत्यायो/पत्याएन ? हेर्न भित्र आउँनुहोस्



सर्वोच्चले आँप बिक्रीको आयस्ता बारे गरेको फैसला (जस्ताको त्यस्तै)
आँप विक्रीबाट प्राप्त भएको भनी प्रतिवादीले जिकीर लिएको पुरै रु.७,३५,०००।– लाई आय कायम गरेको विशेष अदालतको फैसला पनि त्रुटिपूर्ण रहेको भन्ने वादी पक्षको पुनरावेदन जिकीर देखिन्छ । यस सम्बन्धमा प्रतिवादीले अनुसन्धानको क्रममा गरेको वयान साथ पेश गरेको आम्दानी विवरणमा आँप विक्रीबाट रु.७,३५,०००। आय पाएको भन्ने उल्लेख गरेको पाइन्छ । त्यस्तै अदालतमा भएको बयानमा सप्तरी धर्मपुर गा.वि.स. को आर्दश टोलमा रहेको पैत्रिक बँगैचा र सोही गा.वि.स. वडा नं.८ मा रहेको पैत्रिक सम्पत्तिको ४ विगाहा बंगैचाको आँप विक्रीबाट २०४८ सालदेखि २०५९ साल सम्म रु. ७,३५,०००।– आय प्राप्त गरेको भन्ने जिकिर लिएको देखिन्छ ।

प्रतिवादीले अनुसन्धानको क्रममा नै लिएको सो जिकीरका सम्बन्धमा बादी पक्षबाट ठोस अनुसन्धान गरी अन्यथा प्रमाणित गर्न सकेको पनि पाइँदैन । उक्त वयान जिकीरको समर्थनमा प्रतिवादी पक्षबाट सप्तरी, धरमपुर गा.वि.स. वडा नं. १ को कि.नं. ५३८ र ६३९ को ०–७–६ जग्गामा ५ वटा आँपका रुख र सोही वडा नं. ८(ग) कि.नं. ६० को ज.वि. ११–१४–१८ मा २१४ वटा आँपका रुख भएको बुझिएको भन्ने सम्बन्धित गा.वि.स.को मिति २०५९।१२।६ को सिफारिश पत्र पेश गरेको देखिन आउँछ । कि.नं. ६० को जग्गाको श्रेस्तामा पर्ति जनिएको देखिँदा त्यस्तो जग्गामा आँप खेति रहेको अनुमान गर्नु स्वाभाविक नै हुने भई गा.वि.स.को उक्त पत्रबाट आँपको बँगैचाको अवस्थिति प्रमाणित भएको मान्नुपर्ने हुन्छ ।

प्रतिवादीले जिल्ला कृषि विकास कार्यालय सप्तरीबाट आँपको उत्पादन र दररेटका सम्बन्धमा दिएको जानकारी पत्र समेत प्रमाण स्वरुप पेश गरेको देखिन्छ । यसको विपरित वादी पक्षले सो जग्गामा आँपको बगैचा नै थिएन भन्ने कुरा पुष्टि गर्न सकेको समेत नदेखिएबाट आँप विक्रीबाट भएको भनिएको आयस्तालाई पनि आयमा समावेश गरेको विशेष अदालतको फैसला अन्यथा देखिँदैन । तर संगोलको पैत्रिक जग्गामा आँप खेती रहेको भन्ने हुँदा माथि कृषि आयका सम्बन्धमा ग्रहण गरिएको आधार बमोजिम नै आँप तर्फको आय कायम हुनुपर्ने देखिएकोले सम्पूर्ण आँप विक्रीको आय प्रतिवादीले पाएको ठहर गरेको विशेष अदालतको फैसला नमिली चार भागको १ भाग अर्थात रु.१,८३,७५०।– सम्म आँप विक्री तर्फको आय कायम हुन्छ । (स्रोत)


जेपी गुप्ताले पेश गरेको तथा विशेष अदालतले मान्यता दिएको सम्पतिको अन्य स्रोतहरु सर्वोच्चले यसरी सच्याएको छ ।

3 comments:

मनोज गिरी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धन्न अदालत छ र यस्ता घुसखोरहरु तह लाग्छन् । यीनका आँपे कुरा तर पत्याएछ अदालतले ।।

विनोद said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालमा फाँसीको सजाय हुनु पर्ने । जसले यस्ता कुकार्य गछ । लगेर टाँगी हाल्ने । अनि तह लाग्थे यस्ता घुसखोर र अपराधी ।

तर के गर्नु । कानुन लेख्ने यीनै चोर हुन् अनि भोली आफै परिएला भनेर पहिले नै डिस्काउन्टसम्मको कानुन बनाएका रै छन् ।

mandip acharya said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

patyaunelai k garnu ra khai.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।