जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'घुस, भष्ट्राचार र अपराधका मुद्दामा फसाईदैछ मधेसीलाई ।'

रातो राहदानीको दुरुपयोगमा भटाभट सभासदहरु पक्राउ परे । खासमा उनीहरुले राहदानी दुरुपयोग मात्र गरेका होइनन् । बिक्री नै गरेका थिए । सभासदको नामको रातो कुटनीतिक राहदानीमा अरु कसैले फोटो टासेर विदेश गइरहेका थिए । पक्राउ पर्नेमा अधिकतम सँख्या मधेसी मुलका सभासदको थियो । उनीहरुले बक्न थाले, 'मधेसी भएकाले फसाईएको हो । षड्यन्त्र भयो ।' सामाजिक सञ्जालका साइटहरुमा पनि यस्ता मुद्दाहरुले ढाकिन थाले ।



त्यतिमात्र होइन, पूर्वमन्त्री रहिसकेका सद्भावना आनन्दीदेवीका अध्यक्ष श्यामसुन्दर गुप्ता पवन सांघाइको अपहरणमा संलग्न रहेको भनि सप्रमाण पक्राउ परे । भर्खरै सूचना तथा सञ्चारमन्त्री रहिरहेको समयमा जेपी गुप्ता भष्ट्राचारको मुद्दामा जेल परे । उनीहरुले जेल जाँदै गर्दा मधेसी भएकैले फसाईएको आरोप लगाउँन भ्याए । अझ आन्दोलनको ध्वाँससम्म दिए । आजै मात्र वन राज्यमन्त्रीका पिए नागेन्द्र यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परे । रंगेहात नै पक्राउ पर्दा पनि उनले मधेसी भएकैले षड्यन्त्र भएको गुड्डी दिए ।


वन राज्यमन्त्रीका पिएले रारा राष्ट्रिय निकुञ्जको अधिग्रहणमा परेको जग्गाको मुआब्जा मन्त्रीस्तरीय निर्णय गराएर चाँडै दिलाउने भन्दै उनले स्थानीय बासिन्दाबाट ३५ रुपैयाँका दरले घुस लिएका रहेछन् । सोही घुसको रकम पेश्की वापत ५० हजार लिदै गर्दा उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । सुरुमा गल्ती भइगयो माफ पाउँ भनिरहेका उनी एकैछिन पछि षड्यन्त्र भयो भन्न थालेछन् ।
रंगेहात पक्राउ परेपछि वनराज्यमन्त्रीका पिए यादव । तस्विर (साभार : नागरिकन्युज)
प्रश्न उठ्छ, साँच्चै के मधेसी भएकाले नै कारवाहीमा परेका हुन् त यीनीहरु ? वा केही नलागे पछि राजनीतिक रंग दिन खोजेका मात्र हुन् ? यदि पुर्वाग्रह त्यागेर जवाफ दिने हो भने प्रश्न कुनै जटिल होइन । सबैलाई थाहा छ, यी माथि उल्लेखित विवरणहरुको वास्तविकता के हो ?
पक्राउ पछि जेल लगिदै श्यामसुन्दर गुप्ता (तस्विर साभार: कान्तिपुर)

मनोगत विश्लेषण छोडेर विगत हेर्ने हो भने प्रष्ट थाहा हुन्छ,अपराधका मुद्दामा कुनै जात बिशेषले छुट पाएको छैन । भष्ट्राचारको मुद्दामा जेल सजाय काटिरहेका पूर्वमन्त्री चिरन्जीवी वाग्ले मधेसका होइनन् । भर्खरै सुडान घोटलामा जेल परेकाहरु पो कहाँ मधेसी थिए र ?
तस्विर साभार : फेसबुक

अपराधीको कुनै जात हुँदैन, न कुनै धर्म हुन्छ । तिनीहरुको जात अपराधी मात्र हो र धर्म अपराध । यसैले आरोप प्रमाणित भएर जेल परेका अपराधीहरुलाई कुनै जात बिशेष मानेर पक्षपोषण नगरौँ । हाम्रो मान्छेको होइन, राम्रो मान्छेको वकालत गरौं ।

2 comments:

बृषा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मधेसीलाई फसाइएकै हो । यो कुरामा मेरो पनि सहमति छ । तर नक्कली मुद्दा बनाएर फसाइएको हो भन्ने चै म मान्दिन । तिनीहरुलाई तिनीहरुको करनी अनुसार नै फसाइएको हो ।

कमला लकान्द्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जो चोर उसकै ठुलो स्वर ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।