जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

आफै बच्नुस्, तपाईलाई कसैले बचाउँदैन

हिजोमात्र कालिमाटी तरकारी बजारमा लागेको आगोले ६ जनाको ज्यान लियो । करोडौंको क्षति भयो । तर सञ्चारमाध्यम एउटा पार्टी विशेषको गाली सम्मेलन (अर्को पार्टीलाई सम्पुर्ण दोष खन्याएर आफु पन्छिने सर्वोत्तम उपाय) को प्रत्यक्ष प्रसारणमा मग्न छन् । हामी त्यसमै भुलेका छौं । हिजोको आगलागीका बारेमा केही बहस तथा चिन्तन भएका छैनन् । र, हुदैनन् पनि । हिजो फागुन महिनाको २० गते काठमाण्डौमा भएको आगलागीको वास्तविक कारण हालसम्म पत्ता लागेको छैन । यो केही विशेष कारणले भएको हुन सक्छ ।

तर अब फागुन, चैत्र र बैशाखमा देशभरका ठाउँहरुमा लाग्ने आगलागीका सम्भावित कारणहरु भने त्यति विशेष हुदैनन् । पोहोरका बर्ष झै यस बर्ष पनि धेरैले आगोमा परेर ज्यान गुमाउँनु पर्ने छ । थोरैमात्र जनचेतना विस्तार गर्ने हो भने र राज्य चनाखो हुने हो भने त्यस्ता सम्भावित खतरा टार्न सक्ने वा क्षति न्युनिकरण गर्न सक्ने स्थिती बन्नेछ । तर यहाँ कसलाई छ त्यसको खाँचो । मिडियालाई दुर्घटनाको लाइभ देखाउँन पाए पुग्यो, कर्मचारीलाई छानविन आयोगमा बस्नु छ, सरकार र सरकारी निकाय ? भो कुरै नगरौं ।


हिजो भएको घटनामा एकछिन विचार गरौं । हिजो लगभग १० बजे आगलागी सुरु भएको थियो । तर प्रहरी पुग्यो आधा घण्टा पछाडी मात्र । राजधानी, जहाँ सुरक्षाकर्मीको घनत्व यत्ति धेरै छ, मा त यस्तो हालत छ भने तपाईको घर कहाँ छ ? अनुभवी र तालिम प्राप्त उद्दारकर्ता कहिलेसम्ममा आईपुग्लान् ?
फेरि दमकलको हालत पनि हिजै देखियो । दन्दनी बलिरहेको आगो त्यसै छाडेर पानी सकिएर भएका रुघ्ण दमकलहरु पनि फर्किन बाध्य भए । अझ कालिमाटी त सजिलै दमकल पुग्न सक्ने स्थानमा थियो । असनका गल्लीहरुमा र घट्टेकुलोका भित्री टोलहरुमा आगलागी भए रामनाम जप्नुको विकल्प के होला र ?

एक त राम्रा दमकलहरु छैनन्, अर्को पानीको प्रयाप्त स्रोत छैन । त्यसमाथी दमकल तथा एम्बुलेन्स सजिलै पुग्न सक्ने बाटाहरु छैनन् । यो काठमाण्डौको मात्र समस्या होइन, पुर्वतयारी र सावधानी नहुँदा देशभर नै यही समस्या छ । कहिँ बाटोको समस्या, कहिँ पानीको समस्या त कहिँ तालिम प्राप्त उद्दारकर्मीको समस्या ।
तर घटनाको २४ घन्टा नबित्दै बिर्सने हामीहरु आफुलाई नपरी चेत्दैनौं । हामीलाई चनाखो भएर धनजन जोगाउँनु भन्दा खुलामञ्चमा अर्कालाई गाली गर्न बितेको छ । कुनै दल वा पार्टी वा संगठनले कहिले होसियार आगलागी हुन सक्छ है भनेर साबधान गराएको सुनेको छैन । संगठनहरु त काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागेका छन् । होस गरौं । परेर चेत्नलाई आफै बाँकी नहोइएला कि !
यसैले आफुलाई थाहा भएका सावधानीका उपाय अपनाऔं । कुनै पनि हालतमा आगो तथा आगोजन्य वस्तुसँग वेवास्ता नगरौं । बाँच्नका लागि त्यति गर्नै पर्छ । देश भर नै कहीँ पनि आगलागीका लागि कुनै पनि निकाय तयार अवश्थामा छैन । तपाई आफै तयार रहनु पर्छ ।
नोट : तस्विरहरु गुगलबाट सर्च गरिएका हुन् । स्रोत खुलाउँन नसकेकोमा क्षमाप्रार्थी छु ।

2 comments:

विकाश मिश्र said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो यो हाम्रो वास्तविकता हो । हामी आफैले जोगिनु पर्छ । अरुका लागि त हाम्रो जीवन मात्र उपयोग गर्नका लागि मात्र हो । होस गरौ‌ ।

मीना said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सहि कुरा हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।