जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

“शान्ति ! शान्ति !! शान्ति !!!”


भोक लाग्यो,
मैले भात माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
मसँग पाखुरी छ,
मैले जमिन माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
म बिरामी छु,
मैले औषधी माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
म अज्ञानी छु,
मैले शिक्षा माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
म यो देशको नागरिक,
मैले आफ्नो अधिकार माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”

म काठमाडौंको मान्छे

 -कर्मठ सुवेदी

म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ,
यहाँ पहिरोले मलाई केहि लर्छादैन,
भूकम्पले पनि साना टहरा भत्काउलान्
मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु
बाचेँको अभिनय गर्दै थियौ,
म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे,
तिमी जब भोकले रन्थनेर,
कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै,
म लाईन लागेर पाँथतारे होटलको पार्टीमा
गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे,
तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर
हेरी रहेका मेरो बाबुको Mood On गर्न
गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले,
तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि
ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा,
म मेरी प्रीयासँग मखमली ओछ्यानमा
योवन साट्दै गरेको हुन्थें,
तिमी तेल किन्न नसकी
ओभानो तरकारी खाँदा
म Petrol को लाईन बस्नु पर्याे
भनि गुनासो गर्दै थिएँ,
तिमी एक भारी दाउराको लागि
तीन कोश हिड्दा म
गाडीमा झुण्डेर
यात्रा गर्नुको पीडा पोख्दै थिएँ ।
तिमीलाई याद होला,
तिमी जहाँ आफूलाई नेपाली भनी
विरताको गीत गाउँदै हिड्थ्यौ,
त्यहाँ जब भारतीय झण्डा गाडियो,
तिमी आफ्नो राष्ट्रियता खोज्दै
मेरो शहर पसेका थियौ,

स्पष्टिकरण


-गणेश कार्की
एकोहोरो बातले पर्छार्छौ भने
धित नमरुञ्जेल
आकाशबाट चट्टानमा पछार मलाई
दुखोस् यो तन
र,म बुझ्न सकुँ
म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु
धित मरिसके पछि पनि
पुषको ठिहीमा
हिउँले पुर मलाई
र, पखालियोस् सारा धब्बाहरु/दागहरु

के गर्छौ ?
तिम्रो रहरले मेरो बाध्यता रोक्न सकेन
तिम्रो इच्छाले मेरो परिस्थिती फेर्न सकेन
दुख्नु नै थियो – दुखिरहेछु
हार्नु नै थियो – हारिरहेछु

एउटा ज्ञ को अन्त्य


-गणेश कार्की
मैले पहिले नै लेखेको थिए र कही अगाड़ी ब्लगमा पनि post गरे तर फेरी यसको महत्व बढेको जस्तो लाग्यो. कुलमंडल खां ( कवितामा ‘क’ ) बाट सुरु भएको राजतन्त्र ज्ञानेन्द्र ( कवितामा ‘ज्ञ’) मा हामीले सक्यौ तर फेरी टाउको उठाउन खोज्दैछ,
बाबु छोरा बोलिदे न
यो अन्धकार रातमा
एउटा दियो बालिदे न
किन ? तँ निदाउँन लागिस् कि क्या हो ?
किन ? तैले दिक्क मानिस् कि क्या हो ?
तेरो मसालको आगो अझै निभिसकेको छैन
तेरो छातीको घाउ अझै निख्रिसकेको छैन
छोरा तँ युद्ध सकिएको भ्रममा परिस् कि क्या हो ?
भन्छस् नि तँ त
क ख हरु सबै ज्ञ मा गएर सकिए
पापहरु सबै धुरीमा उक्लेर कराए
तर बाबु के उ अब चुपचाप बस्ला र ?

अहँ म पत्याउदिन
यसका दुइ शताव्दि भन्दा पुरानो दा¥हा
यत्ति सजिलै कहाँ फाल्न मान्छ र ?
तेरो, मेरो, उसको रगत टन्न चुसेर
हाम्रै छातीमा नाँच्ने बानी कहाँ छाड्न मान्छ र ?
होस् गर बाबु होस् गर ।
मलाई डर लाग्छ
उसका दा¥हाले पहिले जस्तै कोही निर्दाेष नमरोस्
मलाई डर लाग्छ
उसका नंग्राले पहिले जस्तै कसैको छाती नफोरोस्
बाबु ढिला हुन लाग्यो
उसलाई केरकार गर्ने
खुकुरीमा साँध लगाउने

मृत इश्वर

-गणेश कार्की
इश्वर बाचुन्जेल
यत्र-तत्र घुमिरह्यो
अनेक ठक्कर खाएर
सयों भुमरिमा रुमल्लिएर
कहाँ-कहाँ मात्र पुगेन इश्वर
के-के मात्र भोगेन इश्वरले
जीवनको बृत बनाउन
कुन-कुन बाटो मात्र हिडेन इश्वर
जब समयलाई उछिन्न सकेन
जब जीवनको बृत बनेन
मृत इश्वर धेरै दिनसम्म
सड़क किनार ढलिराह्यो


चाहे तिमी मान या नमान
इश्वरको पनि आयु हुन्छ
तिमी जसरी नै जन्मन्छ
अनि,
भयानक मृत्यु मर्दछ
मान्छे,
इश्वरको लाश माथि चढेर भाषण दिन्छ
इश्वर अमर छ
इश्वर अजर छ
इश्वर यत्र-तत्र-सर्बत्र छ
अनि,
मान्छेले इश्वरको चिहान बनाउछ
र,

प्रश्न सहअस्तित्वको


-गणेश कार्की
म को हुँ ?
तिमी जस्तो हो कि होईन ?
यो देश,
जसलाई तिमी आफ्नो भन्छौ
यो मेरो चाहीँ हो कि होईन ?
आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ

मेचीमा तिम्रो रगत बग्दा
कालीमा मेरो पनि रगत बग्दैथियो
आगोमा तिम्रो पाउ पर्दा
मेरो शरिर पनि जल्दैथियो
जति तिमीले सह्यौ,
त्यती नै मैले भोगेको छु ।
जति तिमीले देख्यौ,
त्यती नै मैले सहेको छु ।
फेरि किन तिम्रो लागि मेरो बलिदानले अर्थ लिएन ?
मलाई आज अर्थ चाहिन्छ ।

तिमी बरु आमाको काखमा लुट्पुटियौ
मैले यही माटोलाई आमा मानें,
यसैमा लडिबुडि खेलें,
यसैमा निदाएँ,
यसैमा ब्यूँझिए,
यसैमा उभिएको आफुलाई चिनें,

मेरो सन्सार पनि तिम्रै जस्तो छ


-गणेश कार्की
हो साथि
म अहिले भूतकालमा बाचिरहेको छु
तिमीले अस्ति देखेको सन्सार
म आज देख्दैछु
तिमीले हिजो भोगेको जीवन
मैले भोलि भोग्न पाए
म एक्काइसौ शताब्दी टेकेको मान्नेछु
म आजभोली
यो बाटो नपुगेको सभ्यतामा
बासि अखवारका पन्ना बाट
ताजा समाचारहरु छान्दैछु

तिम्रो र मेरो जीवनमा
यत्ति फरक म सोच्न सक्दिन
किन तिमि उचाइमा छौ
किन म धर्तीमा छु ?
किन तिमि त्यस्ता भयौ
किन म यस्तो छु ?
तिमीले पसिना बगाउदा
मैले रगत बगाए
तिमीले माटो छुदा
मैले ढुंगा पल्टाए
तर आज
तिमि इन्टरनेट को फूलबारीमा छौ
र ,
ब्लोगिंग खेल्दैछौ