जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

एक दिन भए पनि मदिरा नपिउने हो कि !


जानकारीको लागि फोटोमा click गर्नुहोस् ।

मदिरापान नेपालको मुख्य सामाजिक समस्या हो भन्दा पनि फरक नपर्ला । बिभिन्न धार्मिक बहाना बनाएर होस् या ‘त्यसै खा’को हो र, पिर परेर पो खा’को त’ या ‘यसो साथीभाइसँगको भेटघाटमा’ भन्दै मदिरा पिएर टिल्ल हुनेको संख्या निकै ठुलो छ । प्रसाद मानेर खाएको भएपनि अथवा मोजमज्जा गर्न वा पिर भुलाउँन मदिराले गर्ने हानीमा रत्तिभर थपघट छैन । मदिरापानको कारणले मर्नेको संख्या पनि निकै ठुलो छ हाम्रो देशमा । यसैले यसलाई सके सम्म बर्जित गर्नु हामी सबैको हितमा देखिन्छ । किनकी हाम्रै छिमेक र परिवारमा पनि धेरैले अनेक कष्ट पाएका छन् मदिरापानको कारणले ।
यसैले मदिरा रहित दिवस मनाउँनका लागि हामी सबैको समर्थन खोजिरहनु भएको छ केहि जागरुक युवाहरुले । समाज परिवर्तनको यो कदममा हामी पनि दुई कदम नै सहि सँगै हिड्ने हो कि !

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।